समाज

गलकोट समाज पोखराले बनाउन सुरु गर्यो ’समाजघर’

गलकोट समाज पोखराले एक कार्यक्रम बिच आफ्नो समाजघर निर्माणका लागि जगपुजा( शिलान्यास) सम्पन्न गरेको छ ।पोखराको केन्द्र भाग पर्ने १४ चाउथे रातडांडामा समाजले हालै खरिद गरेको करिव ११ आना जग्गामा स्पोर्ट्स सेन्टर सहितको समाजघर निर्माणका लागि शिलान्यास गरि निर्माणको काम प्रारम्भ गरेको हो । बागलुङको गलकोट क्षेत्रका पोखरामा बसोबास गर्ने पोखरेली गलकोटेहरुको संस्था गलकोट समाज पोखराले करिव २ करोड लगानीमा सो समाजघर बनाउन थालेको हो ।शिलान्यासका लागि घुम्टे पहाडको शिला, दरम र गौदीखोलाको पानी,गाजादहको माटोर ताराखोलाको फ़ुल जगमा राखेर शिल्यास… पुरा पढौ

बालिकामाथि अभद्र व्यवहार गर्ने जापानका चर्चित टिकटकरलाई प्रहरीले पक्राउ गर्यो

नागोया-१६ वर्षीय आफ़नो फलोवरलाई अभद्र व्यवहार गरेको आरोपमा जापान प्रहरीले दुई जना टिकटकरलाई पक्राउ गरेको छ।आइची प्रान्तीय प्रहरीले प्रान्तको बाल संरक्षण र पालनपोषण क़ानून उल्लङ्घन गरेको आरोपमा घर व्यवसाय मालिक २४ वर्षीय युमा हमाडा र २० वर्षीय सोतारो ओजिमालाई शनिबार पक्राउ गरिएको जनाएको छ।पक्राउ परेका संदिग्ध व्यक्तिसँग लोकप्रिय TikTok एकाउण्टहरू थिए जसबाट उनीहरूले महिनामा सयौं हजार येन (धेरै हजार डलर) कमाउँथे। दुवैले आफूमाथि लागेको आरोपलाई स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रहरीसंगको बयानमा आफूहरू टिकटकमा चर्चित रहेकोले आफ्नो यौन इच्छा पूरा… पुरा पढौ

जापानमा १ सय २० वर्ष यता कै सबैभन्दा कम जन्मदर , गतवर्ष मात्र ६ लाख बढि घट्यो जनसंख्या

जापानमा १ सय २० वर्ष यता कै सबैभन्दा कम शिशु जन्मेको सरकारी तथ्याङ्कले देखाएको छ।२०२१ मा रेकर्ड गरिएको तथ्यांक अनुसार गत वर्ष ८ लाख ११ हजार ६०४ शिशुको मात्र जन्म भएको थियो जुन १८९९ यता कै सबैभन्दा कम भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकमा भनिएको हो ।जन्मदरका हिसाबले जापान सन् १८९९ मा फर्किएको छ स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने- सन २०२१ मा कम जन्मेको संख्या रेकर्ड देखियो जुन जनसंख्यामा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट हो । स्वास्थ्य मन्त्रालयले तथ्याङ्क सङ्कलन गर्न थालेपछिको यो… पुरा पढौ

लोटरी चिठ्ठा लुटपाटको प्रयास गरेको भन्दै जापान प्रहरी द्वारा एक नेपाली पक्राऊ

जापानको किताक्युसुको कोकुराकिता-कु मा रहेको चिठ्ठा काउन्टर नजिकैबाट लुट्ने प्रयास गरेको आरोपमा एक नेपालीलाई जापान प्रहरीले पक्राउ गरेको छ ।आरकेबी न्यूजले प्रकाशित र प्रशारित गरेको समाचारका अनुसार पक्राउ पारेका २४ वर्षीय प्रकाश अधिकारी रहेको प्रहरीले बताएको छ । आरोपित अधिकारीले भने आफूले अँगालो हाल्ने प्रयास गरेको तर खाममा रहेको चिठ्ठा लुटपाटको कुनै प्रयास नगरेको भन्दै आरोप अस्वीकार गरेको छन ।समाचारमा जनाईए अनुसार बिहिबार बिहान १० बजेतिर किताक्युसुको कोकुराकिता–कु फुरुसेनबामाची सडक नजिकै रहेको लोटरी किन्ने पसलमा ५८ वर्षीय एक व्यक्तिको ३०… पुरा पढौ

नवनिर्वाचित मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा

भरतपुर महानगरपालिकाका नवनिर्वाचित मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ । शुक्रबार दिउँसो उनी चढेको गाडी दुर्घटनामा परेको हो । उनको टाउकोमा चोट लागेको छ । प्रहरी स्रोतका अनुसार उनी चढेको गाडीको टायर पन्चर हुँदा दुर्घटनामा परेको हो । शुक्रबार दिउँसो गाडी दुर्घटना हुँदा घाइते भएकी उनलाई ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको छ । उनको टाउकोमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ।अहिले उनको टाउकोको सिटी स्क्यान गरिएको र रिपोर्ट आउन बाँकी छ। उनको टाउकोमा चोट लागेपछि लगत्तै सुमेरु अस्पताल… पुरा पढौ

आपत्‌ परेका बेला सजिलै गुहार माग्न सकिने मोबाइलको यो फिचरबारे तपाईंलाई थाहा छ ? 

०७१ मा आयोजना भएको सौन्दर्य प्रतियोगितामा सहभागी भएकी एक युवतीले आयोजकले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन् । आफूलाई पेय पदार्थमा केही मिसाएर दिएकाले आफू अर्धबेहोस भएको र सोही अवस्थामा आफू बलात्कृत भएको उनले बताएकी छन् ।  जोकोहीलाई यस्तो स्थिति निम्तिन सक्छ । त्यस्तो अवस्थामा के गर्ने ? बलात्कारजस्तो घटना नभए पनि अपहरण, कुटपिट वा लुट्ने नियतमा फस्नुभएमा के गर्ने ? अथवा होसमै रहे पनि यस्तो समस्याबाट के गरी बच्ने ? कसलाई पहिला सम्पर्क गर्ने ? कसरी छिटो र धेरैलाई… पुरा पढौ

क्यान्सर पिडित सुनारलाई जापान र अमेरिकामा रहेका गलकोटेले गरे आर्थिक सहयोग

गलकोट नगरपालिका वडा नं २ नरेठाँटी जस्पुरका क्यान्सर पिडित डिल कुमारी सुनारको उपचारको लागि संकलित ६ लाख ८६ हजार ७ सय ७६ रुपैया सहयोग रकम हस्तान्तरण गरिएको छ । गलकोटबाट बैदेशिक रोजगारिको शिलशिलामा जापान तथा अमेरिकामा रहेका सहयोगी मनहरूद्वारा सुनारको उपचारका लागि संकलित सो रकम सुनारलाई हस्तान्तरण गरिएको गलकोट समाज जापान कान्तो क्षेत्रीय समितिका अध्यक्ष रमेशकुमार खत्रीले जानकारी दिए ।नगरपालिका वडा नं २ का वडा अध्यक्ष हिम बहादुर भण्डारीले बिरामी सुनारलाई रकम हस्तान्तरण गर्दै आर्थिक अवस्था कमजोर रहेकी सुनार घातक रोग क्यानसरसँग… पुरा पढौ

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेसँगै फेरि फेरि बढ्यो सवारी साधनको भाडा (भाडादरसहित)

सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेसँगै लामो दूरीका सार्वजनिक यातायातको भाडा फेरि बढेको छ।  यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीमा २.१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.७ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३ प्रतिशतले भाडा वृद्धि भएको छ। वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लो पटक यही जेठ ४ गते भाडादर समायोजन गरिएको थियो । त्यतिबेला डिजेलको मूल्य रु १५३ रहेकामा हाल रु… पुरा पढौ

खोटाङका सजिन्द्र प्रधानको जापानमा उपचारका क्रममा निधन, शव नेपाल पठाउने तयारी

खोटाङ जिल्ला सिम्पानी -२ निवासी हाल जापानको आइची प्रिफेक्चर इन्चिनोमियामा बस्दै आएका २९ सजिन्द्र प्रधानको मृत्यु भएको छ ।एक हप्ता अघि आफ्नै कोठामा सुतेको अवस्थामा स्वास प्रस्वासमा समस्या देखिए पछि अस्पताल लगिएको र उपचार कै क्रममा प्रधानको मंगलबार बिहान ७:३० बजे निधन भएको भएको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य तथा समाजसेवी दिपक कार्कीले जानकारी दिए । विद्यार्थी भिषामा जापान आइ अध्ययन पश्चात हाल हाकेन कम्पनीमा कार्यरत मृतक प्रधान श्रीमति भावना नेपालसंगै जापानमा बसदै आएका थिए । नेपालमा… पुरा पढौ

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । चट्याङ लागेर जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ७ गाल्ढुङका १९ वर्षीय बालचन्द्र विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव निरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । विकको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा ल्याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । चट्याङ लाग्दा ढोरपाटन नगरपालिका वडा नम्बर ७ का १६ वर्षीय बिट्टु विक, १६ वर्षीया लक्ष्मी विक र ७२ वर्षीय पुण्यराम कामी… पुरा पढौ