समाज

विजया दशमीको टीका प्रसाद ग्रहण गर्ने उत्तम साइत बिहान ११:०२ बजे

आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।   नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ : ०२ बजेको साइत उत्तम रहेको छ ।  विजयादशमी आफैँमा शुभ दिन भएकाले आज… पुरा पढौ

कालीगण्डकी किनारमाबालुवा चाल्ने मजदुरलाई आएन दशैँ !

गाउँ–शहरमा दशैँ छाइसकेको छ । धेरैलाई दशैँ ‘सपिङ’ गर्न भ्याइनभ्याइ छ । तर कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दशैँ आएको आभाष छैन । दशैँले गाउँ रमाइरहेका बेलामा यहाँका मजदुर भने त्यो रमाइलोको साक्षी बन्न नपाएको अवस्था छ । ‘यसपाली दशैँ यतै बित्ने भयो,’ कास्की मादी गाउँपालिकाकी मिना दर्जीले भने, ‘पैसा नभइ दशैँ कसरी मनाउनु ।’ पिठ्युँमा सात महिने छोरी बोकेर दिनभर बालुवा उठाउने मिनालाई दशैँमा पनि विहान बेलुकाको छाक टार्नेमै चिन्ता छ । त्यसैले यस वर्षको दशैँ कालीगण्डकी किनारमै बित्ने… पुरा पढौ

काभा भलिबल : नेपालको विजयी सुरुवात

काभा पुरुष भलिबल च्यालेन्ज कप २०२३ मा नेपाली राष्ट्रिय भलिबल टोलीले विजयी सुरुवात गरेको छ । श्रीलंकामा सोमबार सुरु भएको च्यालेन्ज कपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशलाई ३–१ ले हराएको छ । पहिलो सेटमा २५–२० ले जितेको नेपालले दोस्रो सेट २०–२५ ले गुमाएको थियो । तेस्रो सेटमा उत्कृष्ट पुनरागनका साथ नेपालले २५–२३ ले र चौथो सेटमा २५–२१ ले जित निकालेको हो । ६ टोलीको सहभागितामा राउन्ड रोविन लिगका आधारमा हुने च्यालेन्ज कपको अंक तालिकामा शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका… पुरा पढौ

रवि सर्वोत्कृष्ट खेलाडी

च्याम्पियन गण्डकी प्रदेशका ओपन स्पाइकर रवि केसी वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन । गण्डकीलाई वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबलमा च्याम्पियन बनाउन रविले प्रतियोगिता भर नै सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेका रविले नगद २० हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा सोमबार भएको उपाधि प्रतिस्प्रर्धामा नेपाल पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बन्न सफल भएको… पुरा पढौ

गण्डकी बन्यो च्याम्पियन, जित्यो ५ लाख

गण्डकी प्रदेश भलिबल संघ वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बन्दै नगद ५ लाख प्राप्त गरेको छ ।काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा सोमबार भएको उपाधि प्रतिस्प्रर्धामा नेपाल पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बन्न सफल भएको हो । पहिलो सेट २५–१७ ले जितेको गण्डकीले दोस्रो सेटामा कमजोर प्रर्दशनका साथ १७–२५ ले नै गुमाएको थियो । प्रतिस्पर्धात्मक तेस्रो सेट गण्डकीले २५–२१ र चौथो सेटमा सुरुवात देखि नै अग्रता लिदै गण्डकीले २५–२२ ले जित्दै च्याम्पियन बन्न… पुरा पढौ

वीरजङ स्मृति भलिबल : गण्डकी प्रदेश र नेपाल पुलिस फाईनलमा

काठमाडौंमा जारी वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा गण्डकी प्रदेश भलिबल संघ र नेपाल पुलिस क्लबले स्थान बनाएका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा आइतबार भएको खेलमा विभागीय नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले फाइनलको यात्रा तय गरेको हो । त्यस्तै तीन भारतीय खेलाडी सम्मिलित धौलागिरी रेष्टुरेन्ट ओसाका जापानलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधिको लागि प्रतिस्प्रर्धा गर्ने भएको हो । पहिलो सेमिफाईनलमा गण्डकीले पहिलो सेट २७–२९ ले गुमाए पनि त्यसपछिको… पुरा पढौ

नेताको फेरिएको दैनिकी : ‘राजनीतिमा निस्क्रिय बनेर आरन पेसामा फर्किए छवि’

बेनी । मालिका गाउँपालिका–६ दरबाङका छवि विश्वकर्माको पछिल्लो समय दैनिकी फेरिएको छ । उमेरले पचास वर्ष पार गर्नुभएका उनी राष्ट्रिय जनमोर्चा म्याग्दीको जिल्ला अध्यक्षसमेत हुन । पार्टी राजनीतिमा सक्रिय बन्नुपर्ने उनी अहिले भने आरनको काममा व्यस्त छन । गाउँपालिकाको केन्द्र दरबाङ बजारको भूमेथानमा जग्गा भाडामा लिएर उनले ‘दरबाङ आरन उद्योग’ सञ्चालनमा ल्याउनुभएको छ । बिहानदेखि बेलुकीसम्मको अधिकांश समय विश्वकर्माले आरनमा नै बिताउछन । फलामलाई काट्ने, पगाल्ने, धार लगाउने र कृषि औजार तथा घरेलु हातहतियार बनाउने उनको दैनिकी हो । विसं… पुरा पढौ

विदेशीहरु शान्तिको साथ बस्न सक्ने देश जापान

जापान प्राय सुरक्षित देशको रुपमा चिनिन्छ । जुन २०२० मा जारी गरिएको विश्व शान्ति सूचकांक जापान नवौ स्थानमा छ र प्रमुख विकसित देशहरु मध्धे क्यानाडा पछि दोस्रो उच्च स्थानमा रहेको छ । जापानमा बन्दुक, तरवार जस्ता हातहतियारहरुको नियन्त्रण गर्नको लागि कडा कानून भएकोले कसैले पनि बन्दुक वा तरवार जस्ता हतियार बोकेर हिड्दैनन (अवश्य पनि, कम्मरमा तरवार बोकेका सामुराई पनि हुँदैनन्) । हामीले, जापानमा काम गरेको अनुभव भएका विदेशी नागरिकहरुलाई प्रश्न पत्र र अन्तरवार्ताबाट जापानको जीवनको सन्दर्भमा सोधेका छौं। जापानमा रातीको… पुरा पढौ

बल्ल देखिन थाल्यो गोठभित्रै मोबाइलको टावर

गोठभित्रै बसेको बेला फोन आएपछि वीरबहादुरले खुशी हुँदै बाहिर निस्केर आकाशतिर हेरे। ‘फोन गर्नका लागि दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नुपर्थ्यो, अहिले त घरगोठभित्रै फोनले काम गर्न थालेको छ, हामीहरुलाई जुनी फरिएझैं लागेको छ,’ सात वर्षदेखि मोबाइल चलाउन थालेका निसीखोला गाउँपालिका–५ निसेलढोरका वीरबहादुर घर्तीमगरले भने। यसअघि निसेलढोरमा बस्दा कहिल्यै पनि सहज रूपमा फोन गर्न नपाएका उनलाई आफन्तसँग फोन गर्न परे दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नुपर्थ्यो। आइतबार दिउँसो एक्कासि गोठमै बसेका बेलामा मोबाइलमा म्यासेज आयो। म्यासेज आएको केही बेरमा बेंसीबाट… पुरा पढौ

पशुपतिनाथ मन्दिरको गर्भागृहमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको ठहर

काठमाडौं, १५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको गर्भागृहमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको ठहर गर्दै आरोपितमाथि मुद्दा दायर गरेको छ । आयोगले जलहरी निर्माणमा अनियमितता गरेको आरोपमा तीन जनाबिरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले पशुपति क्षेत्र बिकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलनकुमार थापा र स्टोर किपर अरुणकुमार श्रेष्ठको मिलेमतोमा भ्रष्टाचार भएका निष्कर्ष निकालेको छ । अख्तियारले ढकाल, थापा र श्रेष्ठविरुद्ध १ करोड १७ लाख रुपैयाँ बिगो, त्यति नै जरिवाना र कैद तथा बहालवाला पदाधिकारीबाट अनियमितता भएको कसुरमा ढकाल र… पुरा पढौ