वर्षा सँगैकाे बाढिले ताराखोलामा १ युवक वेपत्ता दजनौ घर जोखिममा

-


     सरिता खत्री    
     असार २३ गते २०७८


अविरल वर्षा सँगैको बाढि पहिरोका कारण ताराखोला गाँउपालिका ३ हिल घुस्मेलीका एक युवक वेपत्ता भएका छन् ।
ताराखोला गाउँपालिका ३ हिल घुस्मेलिका १८ बर्षिय राजेन्द्र कार्कि बाढि पहिरोमा परि सम्पर्क बिहिन रहेको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायब निरीक्षक लक्ष्मण न्यौपानेले जानकारी दिनुभयो ।

बाढीले खोला छेउमा रहेको बाख्रा फार्म बगाउन थालेपछि जोगाउन रातको समयमा बाख्रा फर्ममा बाख्रा जोगाउन जादाँ युवकलाई बगाएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार वेपत्ता युवकको खोजी र उद्धारमा जेसिभिको प्रयोग गरि प्रहरी सहित स्थानीय परिचालन गरिएको छ । वेपत्ता युवक अझै सम्म सम्पर्कमा नआएकोले खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यलय हरिचौरका प्रमुख अर्जुन बम मल्लले जानकारी दिनुभयो ।

घरमाथिबाट आएको बाढीले स्थानीय चन्द्र बहादुर कार्कीको ४१ वटा बाख्रा समेत बगाएको छ । जस मध्ये १२ वटा बाख्रा घाइते अवस्थामा उद्धार गरिएको र २९ वटा बाख्रा मृत अबस्थामा फेला परेको इलाका प्रहरी कार्यलय हरिचौरले जनाएको छ । वर्षाका कारण इदिबाट झरेको पहिरो र बाढिले स्थानीय धुर्ब खत्रीले संचालन गरेको एक रेष्टुरेन्ट समेत बगाएको छ । बाढि पहिरोका कारणका ईदिमा २ घर १ गोठ पहिरोले बगाएको र घर नजिक बाट पहिरो जादा ३ घर परिबार उच्च जोखीममा रहेको ताराखोला गाँउपालिका वडा नं ३ का वडा अध्यक्ष डिल बहादुर बस्नेतले जानकारी दिनुभयो । ताराखोला गाँउपालिका वडा नं ३ रातामाटामा स्थानिय महेन्द्र कार्कीको गोठ पहिरोले बगाउदा गोठमा रहेका १२ वटा बाख्रा मध्ये १० वटा बाख्रा मृत अवस्थामा फेला परेको र अझै २ वटा बाख्रा हराइरहेको बताइएको छ ।
ताराखोला गाँउपालिका वडा नं २ अर्गलमा समेत पहिरोले १ घर पुरिएको छ । त्यस्तै ताराखोला गाँउपालिका वडा नम्वर ३ कै घुस्मेली बैक रोडमा रहेको करिब १ दर्जन घर सहित घुस्मेलीबजार समेत बाढिको उच्च जोखीममा रहेको बस्नेतको भनाई छ ।

ताराखोला गाँउपालिका वडा नम्वर १ को माझखर्क बढनाका स्थानीय गंगा बहादुर मगरको गोठ पहिरोको कारण भत्कीदा गोठमा रहेको १ वटा भैसी २ वटा बाख्रा मरेको वडा अध्यक्ष याम बहादुर श्रीसले जानकारी दिनुभयो ।त्यस्तै ताराखोला गाँउपालिका वडा नम्वर ३ को बराहखोलामा निस्तीखोलामा निर्माणाधीन अबस्थामा रहेको झोलुङ्गे पुल बगाएको स्थानीयले बताएका छन् । स्थानीय शशि रोका र मन बहादुर रोकाको घर नजिक बाट पहिरो जादा उच्च जोखीममा रहेका छन् ।

त्यस्तै छईमटोल नजिक २ सय मिटर पहिरो गएको छ भने निस्तीखोलाको सानो झोलुङ्गे पुल बगाएको स्थानीय जगन्नाथ कडेंलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?