खेलकुद

घुम्टे युवा परिवार जापानले अक्टोबर २७ मा चौथो सिल्भर रनिङ कप पुरुष भलिबल प्रतियोगिता गर्ने

टोकियो, घुम्टे युवा परिवार जापानले आगामी अक्टोबर २७ तारिक सोमबार दिन जापानमा चौथो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आफ़नो छुट्टै पहिचान स्थापित गरेको क्लबले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, संवर्द्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाईराख्ने उद्देश्यका साथ सो प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष नारायण थापाले बताए । घुम्टे युवा परिवारको स्थापना खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा… पुरा पढौ

काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडरमा अदिती नियुक्त

वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सले मोडल, अदिती बुढाथोकीलाई गुडविल एम्बासडर नियुक्त गरेको छ । काठमाडौंले अदितीलाई गुडबिल एम्बासडर नियुक्त गरेको घोषणा गरेको हो । काठमाडौंमा गुडविल एम्बासडरको रुपमा जोडिन पाउँदा एकदमै खुशी लागेको अदितीले बताइन् । ‘इडब्लुभिएल नेपाली महिला भलिबलका लागि ऐतिहासिक प्रतियोगिता हो । यसमा पनि राजधानीको प्रतिनिधित्व गर्ने टिम काठमाडौं स्पाइकर्समा जोडिन पाउँदा म एकदमै खुशी छु,’ अदितीले भनिन् । अदितीले केही समयअघि लण्डनमा भएको वल्र्ड च्याम्पियन लेजेण्ड लिग (डब्लुसिएल) मा डिजिटल… पुरा पढौ

नर्दन टेरिटोरीसँग नेपाल पराजित

टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँगपराजित भएको छ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा स्ट्राइकले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाउदा ४२ रनले पराजित भएको हो ।नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाउदाँ कुशल भुर्तेल ८, आसिफ शेख ११, कप्तान रोहित पौडेल २३, गुल्सन झा २६, दीपेन्द्रसिंह ऐरी १९, सोमपाल कामी १ रन बनाएर आउट भए । लोकेश बलले रनको खाता नै खोल्न सकेनन् । रुपेश… पुरा पढौ

नेपाललाई वर्ल्ड केन्पोकाई च्याम्पियनसिपमा रजत पदक

जापानको हमामात्सुमा सम्पन्न वर्ल्ड केन्पोकाई च्याम्पियनसिप २०२५ मा नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। अन्तिम दिन, नविन आचार्यले आइआइदो कातामा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जित्दै नेपालको लागि गौरवपूर्ण सफलता दिलाएका हुन्। साथै, प्रशिक्षक नविन आचार्य र नारज बहादुर खड्का (हरि)ले क्रमशः ६औँ डान र ७औँ डानको प्रतिष्ठित परीक्षा उत्तीर्ण गर्दै व्यक्तिगत तहमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेका छन्। नेपाल केन्पोकाई संघले यो उपलब्धिलाई “मेहनत, प्रतिबद्धता र राष्ट्रिय भावनाको प्रतिक” भन्दै टिमका सबै खेलाडी, प्रशिक्षक र अफिसियलहरूलाई बधाई ज्ञापन गरेको… पुरा पढौ

गोसवि मञ्च जापानद्वारा प्रथम खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२५ आयोजना हुने

टोकियो, जापान — “"बिकृति बिसंगति निर्मुल पारौ, संस्कृति संरक्षणमा हातेमालो गरौ" भन्ने मुल नाराका साथ, गोसवि मञ्च जापानले आगामी २०२५ मा प्रथम खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। संस्थाका अध्यक्ष तेजेन्द्र के.सी. का अनुसार, विदेशमा रहेका नेपाली समुदायबीच सामाजिक एकता, खेलप्रतिको रुचि र नेपाली राष्ट्रिय खेल भलिबलको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।प्रतियोगिताबाट संकलित सहयोग रकमले बागलुङ जिल्लाको गलकोट नगरपालिका–३ मा रहेको कोट मैदान आधारभूत विद्यालय र धवलागिरि आधारभूत विद्यालयमा शैक्षिक सामग्री सहयोग, साथै… पुरा पढौ

पिरो स्पोर्ट्स क्लबद्वारा 4A SIDE प्रथम SUMMER CUP भलिबल प्रतियोगिता आयोजना

आउदो २०२५-८-९ तारिक शनिवारका दिन पिरो स्पोर्ट्स क्लबले जापानमा पहिलो पटक 4A SIDE SUMMER CUP भलिबल प्रतियोगिता–2081 आयोजना गर्न लागेको छ। प्रतियोगिता शनिवारका दिन ODAWARA SEISO SPOTRS CENTER को खेलमैदानमा आयोजना हुने क्लबले जानकारी दिएको छ। यस प्रतियोगितामा जापानभरि का विभिन्न स्थानहरूबाट ४ सदस्यीय टिमहरूको सहभागिता रहनेछ। प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ भने खेलाडीको हकमा हरेक टिम समुहमा नेपालको प्रदेश स्तरको प्रतियोगितामा समावेश रहेका १ जना खेलाडी मात्र समावेश गर्न पाईनेछ। जसमा प्रतिस्पर्धा, उत्साह र भाइचारा एकसाथ देखिने अपेक्षा गरिएको… पुरा पढौ

काभा च्याम्पियन्स लिग : काजकिस्तानको झेइक बिरुद्ध हेल्प नेपालको रोमान्चक जित

नेपाली लिग च्याम्पियन टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स च्याम्पियन्स लिगमा आज भएको खेलमा काजकिस्तानको बिरुद्ध रोमान्चक जित निकालेको छ । माल्दिभ्समा जारी च्याम्पियन्स लिगमा काजकिस्तानको झेईक भलिबल बिरुद्ध ३–२ को सेटमा रोमान्चक जित निकाल्दै हेल्प नेपाल स्पोर्टस क्लबले फाईनल यात्रा जिवित बनाएको हो । पहिलो सेट जितेर खेलमा सानदार लय बनाएको हेल्प नेपालले दोस्रो र तेस्रो सेट गुमाएको थियो । नेपालले पहिलो २५–२२ र २५–२३ ले आफ्नो पक्षमा पारेको थियो भने दोस्रो र तेस्रो सेटमा झेईकले २५–१८ र… पुरा पढौ

काभा च्याम्पियन्स लिग : दोस्रो खेलमा हेल्प नेपालको शानदार जित

नेपाली लिग च्याम्पियन टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स च्याम्पियन्स लिगमा लगातार दोस्रो जित निकालेको छ । माल्दिभ्समा जारी च्याम्पियन्स लिगमा शुक्रवार घरेलु टोली क्लब एचडिसीलाई ३–१ को सेटमा पराजित गदैं दोस्रो जित निकालेको हो ।सुरुवाती दुई सेट जितेर खेलमा सानदार लय बनाएको हेल्प नेपालले तेस्रो सेट गुमाएको थियो । नेपालले पहिलो र दोस्रो सेट २५–१९ र २५–२३ ले आफ्नो पक्षमा पारेको थियो भने चौथो सेटमा एचडिसिले २५–१९ ले आफ्नो पक्षमा पारेपछि खेल चौथो सेटमा पुगेको थियो । नेपालले… पुरा पढौ

काभा च्याम्पियन्स लिग : हेल्प नेपालको रोमान्चक जित

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियन्स लिग २०२५ को पहिलो खेलमा हेल्प नेपाल स्पोट्स क्लवले बिजयी सुरुवात गरेको छ । माल्दिभ्सको राजधानी मालेमा जुलाई १७ देखि सुरु भएको प्रतियोगितामा नेपाली टोली हेल्प नेपाल स्पोर्टस क्लबले आफ्नो पहिलो खेलमा घरेलू टोलि माल्दिभ्सको धिवेही सिफाइङ्गेलाई ३–२ को सेटमा पराजित गरेको हो ।कडा प्रतिस्प्रर्धा भएको पहिलो सेट ३३–३१ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले दोस्रो सेट २५–२० मा जित निकाल्यो । माल्दिभ्सको धिवेही सिफाइङ्गे क्लवले तेस्रो सेटमा उत्कृष्ट कम ब्याक गदै २५–२२ र… पुरा पढौ

जापानमा भलिबल प्रतियोगिताको सर्वाधिक राशीको दोस्रो बोहोराफाँट कप सम्पन्न हुँदा नरेठाटी स्पोर्ट्स क्लव जापान विजेता

जापानमा भलिबल प्रतियोगिताको सर्वाधिक राशीको दोस्रो बोहोराफाँट कप सम्पन्न हुँदा नरेठाटी स्पोर्ट्स क्लव जापान विजेता बनेको छ।“खेलकुद, कला, संस्कृतिको संरक्षण, हाम्रो अभियान, समाज रूपान्तरणमा युवाको, सक्रियता हाम्रो पहिचान “ भन्ने नाराका साथ जन्मस्थानका लागि शिक्षा, स्वास्थ्य, खेलकुद , ऐतिहासिक स्थानको संरक्षण साथै खेलमैदान जस्ता पूर्वाधारका क्षेत्रमा विकाशमा सरोकारवाला निकायसँगकाे समन्वयमा सहयोग गर्ने उदेश्यका साथ आयोजित दोस्रो BSJ भलिबल कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२५ बिहीबार सम्पन्न भएको हो ।खेलकुदको माध्यमबाट आपसी सद्धभाव सुमधुर भाईचारा तथा सामाजिक सम्बन्ध निर्माण गरि नेपालको… पुरा पढौ