खेलकुद

घुम्टे युवा परिवार जापानको भलिबल प्रतियोगीताका लागि टाईसिट सार्वजनिक

घुम्टे युवा परिवार जापानद्वारा  आयोजना गरिन लागेको दोस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा १२ समूहले सहभागी जनाउने भएका छन ।टोकियो कामाता स्थित स्पोर्ट्स सेन्टरमा बिहान ९ बजेदेखि सञ्चालन हुने सो प्रतियोगिताको आईतबार सार्वजनिक गरिएको टाईसिट(Fixture) अनुसार १२ समूहलाई समेटिएको खेल संयोजक मनोज केसीले जानकारी दिए । नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि संस्थाले यसपटक दोस्रो संस्करणको रूपमा प्रतियोगिता संचालन गर्न लागेको हो यस वर्ष १२ समूहका बिचमा प्रतियोगिता संचालन हुनेछ… पुरा पढौ

घुम्टे युवा परिवार जापान(क्लब)ले आयोजना गरेको दोस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा टिम सहभागिताका लागि आग्रह

घुम्टे युवा परिवार जापान(क्लब) ले आगामी जुलाई २४ तारिक सोमबार दिन आयोजना गर्न जापानमा दोस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा टिम सहभागिताका लागि आग्रह गरेको छ ।गत वर्षदेखि रनिङ कपको रूपमा प्रतियोगिता संचालन गर्दै आएको क्लबले यस वर्ष आयोजना गरिएको दोस्रो सिल्भर रनिङ कप प्रतियोगिताका लागि जापानमा रहेका भलिबल खेलसंग सम्बन्ध राख्ने खेलाड़ी, क्लब, समूह, समाज र संस्थालाई जुलाई २२ तारिकसम्म टिम दर्ताका लागि अनुरोध गरेको हो ।‘क्लबले आयोजना गर्न लागेको दोस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल… पुरा पढौ

नेपाल एसीसी मेन्स यू–१६ इस्ट जोन कपको च्याम्पियन

काठमाडौं  । बलिङमा अभिषेक तिवारी र ब्याटिङमा नरेन चम्किएपछि फाइनलमा घरेलु टिम मलेसियाविरुद्ध २२१ रनको फराकिलो जित निकाल्दै नेपाल एसीसी मेन्स यू–१६ इस्ट जोन कपको च्याम्पियन बनेको छ ।  मंगलबार मलेसियाको बायुइमास ओभलमा नेपालले प्रस्तुत गरेको २५३ रनको लक्ष्य पछ्याउने क्रममा घरेलु टिम १४.५ ओभरमा ३१ रनमै समेटियो । मलेसियालाई सस्तैमा समेट्न घातक बलिङ गरेका अभिषेकले पाँच विकेट लिए । ६ ओभर बलिङ गरेका अभिषेकले एक मेडन राख्दै सात रन मात्र खर्चिए । सन्तोष यादवले तीन विकेट लिए । तीन… पुरा पढौ

टाइगर ग्रुप अफ पोखरा नेपालको जापानमा शाखा गठन,अध्यक्षमा चन्द्र खत्री

स्वास्थ्य, शिक्षा र खेलकुदको विकासका लागि पोखरामा स्थापना गरिएको टाइगर ग्रुप अफ पोखरा नेपालको जापानमा शाखा गठन गरिएको छ ।मंगलबार जापानको टोकियोमा सम्पन्न प्रथम अधिवेशनले शाखाको संरक्षकमा श्री गुरुङ र चन्द्र खत्रीको अध्यक्षता ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।राष्ट्रिय खेल भलिबल खेलको विकास र सामाजिक क्षेत्रमा कृयाशिल ग्रुपको जापान शाखाको उपाध्यक्षमा नबिन कुमार गुरुङ, सचिबमा भिक्टर ठाडा मगर, कोषाध्यक्षमा पृथ्बी खत्री, चयन भएका छन् ।टाइगर ग्रुपका केन्द्रीय अध्यक्ष नारायण शर्मा र गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङसहितको उपस्थितिमा… पुरा पढौ

सातौँ प्रधानमन्त्री कप भलिबल असार अन्तिम साता हुने

सातौँ प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता असार अन्तिम साता आयोजना हुने भएको छ । नेपाल भलिबल सङ्घले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता असार २३ देखि ३० गतेसम्म हुने जनाएको छ । प्रतियोगितामा सातौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगबाट छनौट भएका पुरुष र महिला टोलीले सहभागिता जनाउने छन् । पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको ए.पि.एफ. क्लब, नेपाल प्रहरी, दावाली मिलन क्लब, केशवलाल स्मृति – प्रतिष्ठान, गण्डकी… पुरा पढौ

‘प्रथम गलकोट समाज कप बास्केटबल प्रतियोगिता २०२३’ को उपाधि पुन क्लव जापानले हात पार्‍यो

गलकोट समाज जापानद्वारा आयोजित ‘प्रथम गलकोट समाज कप बास्केटबल प्रतियोगिता २०२३’ को उपाधि पुन क्लव जापानले हात पारेको छ ।आइतबार टोकियोमा सम्पन्न प्रतियोगितमा लाफा जापानलाई पराजित गर्दै पुन क्लबले ३ लाख येन नगदसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको हो ।९ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा द्वितीय हुन सफल भएको लाफा जापानले १ लाख ५० हजार येन नगद र ट्रफी मेडल प्रमाण पत्र प्राप्त गरेको छ। प्रतियोगितामा मस्ट भ्यालुयवल प्लेयर र हाई स्कोर ल्याउनेलाई नगद १० हज़ार… पुरा पढौ

नेदरल्यान्ड्ससँग पराजित हुँदै विश्वकप छनोटबाट बाहिरियो नेपाल

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्ससँग पराजित हुँदै नेपाल समूह चरण बाहिरिएको छ ।   टाकासिंगा स्पोर्टस् क्लबमा नेदरल्यान्ड्ससँग जित्नै पर्ने खेलमा नेपाल ७ विकेटले पराजित भएको हो । प्रतियोगिताको समूह चरणबाट बाहिरिने नेपाल तेस्रो राष्ट्र बनेको छ ।  यस अघि नेपालसँगै समूह ए मा रहेको अमेरिका तथा समूह बी मा रहेको युएई प्रतियोगिताबाट बाहिरीसकेका छन् । नेपाल बाहिरिएसँगै जिम्बावे र वेस्ट इन्डिज पनि सुपर सिक्समा स्थान बनाउन सफल भएका छन् । नेपालले दिएको १ सय ६८… पुरा पढौ

नेपालको चौथो विकेट खस्यो, क्रिज सम्हाल्दै रोहित र कुशल

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालले चौथो विकेटका रुपमा भीम सार्की आउट भएका हुन् । उनको विकेट क्लेइटन फ्लाइडले लिएका हुन् । यससँगै नेपाल दबाबमा परेको छ । नेपालले २० ओभरको समाप्तिमा ४ विकेट गुमाएर ६९ रन मात्रै जोडेको छ । क्रिजमा कप्तान रोहित पौडेल र कुशल मल्ल छन् । पुरा पढौ

नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दैछ ।   ताकाशिंगा स्पोर्ट्स क्लबमा भर्खर सम्पन्न टसमा नेदरल्यान्ड्सका कप्तान स्कर्ट एड्वार्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपालले केहि समयमा ब्याटिङमा मैदान उत्रर्नेछ । दुईवटा खेलमा पराजित तथा एक खेलमा बिजयी नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य नेदरल्यान्ड्सलाई हराएर मात्र पुरा हुने भए पछि नेपाललाई थप दबाब परेको छ । नेदरल्याण्डलाई हराउन नसके नेपाल तीनवटा खेलमा पराजित हुदैँ समूह चरणबाटै… पुरा पढौ

दोस्रो रारा गोल्ड कप फुटसल २०२३ प्रतियोगिताको उपाधि काभ्रेली समाजले हात पार्यो

दोस्रो रारा गोल्ड कप फुटसल २०२३ प्रतियोगिताको उपाधि काभ्रेली समाज जापानले हात पारेको छ ।कर्णाली प्रदेश समाज जापानको आयोजनामा आइतबार टोकियो स्थित हाचियोजीमा सम्पन्न प्रतियोगितामा शिजुओका युनाइटेडलाई पछि पार्दै उपाधि आफ्नो पक्षमा पारेर ५ लाख ५ हजार ५५५ येन नगदसहित मेडल र ट्रफी हात लिएको हो ।स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागि खेलकुद “भन्ने मुल नाराका साथ कर्णाली क्षेत्रको पर्यटन प्रबर्द्धनमा आवश्यक सहयोग पुर्याउनका लागि आयोजित उक्त प्रतियोगितामा जम्मा ३३ टिमको सहभागिता रहेकोमा रनर अपको उपाधि प्राप्त गरेको शिजुओका युनाइटेडले २… पुरा पढौ