खेलकुद

दोस्रो ‘एनआरएनए फुटसल रनिङ कप २०२४’ प्रतियोगितामा ३० टिमको सहभागिता हुने

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आयोजनामा हुने दोस्रो 'एनआरएनए फुटसल रनिङ कप २०२४' प्रतियोगितामा ३० टिमको सहभागिता हुने भएको छ।युवाका लागि खेलकूद भन्ने मान्यताका साथ मार्च ३ तारिख हुने उक्त प्रतियोगिताको लागि जापानभर रहेका फुटसल प्रेमीहरू मध्य टिम दर्ता गराएका टिमहरूको आईतवार एक कार्यक्रमका बिच टाई सिट सार्वजनिक गर्दै उक्त जानकारी गराइएको हो । फुटसल प्रतियोगितामा एनआरएनए जापान अन्तर्गतका ६ वटा क्षेत्रीय समिति सहित ३० टिमको सहभागिता हुने निश्चित भै सोहि आधारमा टाई सिट सार्वजनिक गरिएको 'दोस्रो… पुरा पढौ

दोस्रो ‘एनआरएनए फुटसल रनिङ कप २०२४’ प्रतियोगिताको तयारी तिव्र

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आयोजनामा हुने दोस्रो 'एनआरएनए फुटसल रनिङ कप २०२४' प्रतियोगिताको तयारी तिव्र गतिमा भइरहेको छ।युवाका लागि खेलकूद भन्ने मान्यताका साथ मार्च ३ तारिख हुने उक्त प्रतियोगिताको लागि जापानभर रहेका फुटसल प्रेमीहरूले टिम दर्ता गराउने क्रम जारी रहेको र टिम दर्ताका लागि फेब्रुअरीको २३ तारिखसम्म अन्तिम म्याद राखिएको कार्यक्रमका संयोजक तथा एनआरएनए जापानमा युवा संयोजक मुक्तिराज रेग्मीले जानकारी दिए।संयोजक रेग्मीका अनुसार जापानमा रहेका नेपाली युवाहरुलाई खेलकुदप्रति सक्रिय बनाइराख्न र खेलकुदका माध्यमबाट सामाजिक क्रियाकलापमा संलग्न… पुरा पढौ

जापानलाई हराउदै इरान एशियन कपको सेमिफाइनलमा

काठमाडौँ, २० माघ । इरान एशियन कपको सेमिफाइनलमा पुगेको छ । शनिबार सम्पन्न क्वाटरफाइनल खेलमा इरानले जापानलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । इरानले खेलको ९६औं मिनेटमा पाएको पेनाल्टी गोल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । इरानको जितमा मोहमद मोहेबी र अलिरेजा जहानबख्शले एक एक गोल गरेका थिए । त्यस्तै जापानका लागि हिदेमासा मोरिटाले एक गोल गरेका थिए । अब इरानले सेमिफाइनलमा कतार र उज्बेकिस्तानबीचको विजेतासँग खेल्ने छ । त्यस्तै जापान भने यो हारपछि… पुरा पढौ

मार्च १ मा प्रथम (N.Y.S.C)कप पुरुष भलिबल प्रतियोगिता आयोजना हुँदै

नेपाल युथ स्पोर्टस क्लब (NYSC) जापानले आगामी मार्च १ तारिखका दिन प्रथम (N.Y.S.C)कप पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।नेपाली भुमिमा रहेर भलिबल खेलिरहेका भलिबल खेलाडीहरुलाई खेल मैदानमा हुने दुर्घटना पश्चातको उपचार गर्न तथा दिर्घरोगी भलिबल खेलाडीहरुका लागि उपचारार्थ सहयोग गर्ने उद्देश्यले उक्त भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष बसन्त थापाले जानकारी दिए।आफ्नो स्थापनाकालदेखि नै जापानमा हुने अधिकांश भलिबल प्रतियोगिताहरूमा निरन्तर सहभागिता जनाउदै आएको क्लबले पहिलो पटक खेलाडीहरूको उपचारमा सहयोग पुर्याउनका लागि प्रतियोगिता आयोजना गर्न लागेका हौ अध्यक्ष… पुरा पढौ

बहराइन र दक्षिण कोरिया एशियन कपको नकआउट चरणमा

काठमाडौं, ११ माघ। बहराइन र दक्षिण कोरिया जारी एशियन कपको नकआउट चरणमा पुगेका छन् ।विहिबार सम्पन्न समुह इ अन्तर्गतको खेलमा बहराइनले जोर्डनलाई १-० गोल अन्तरले पराजित गरेपछि समुहमा शिर्ष स्थानमा रहदै नकआउट चरणमा प्रवेश गरेको हो ।त्यस्तै दक्षिण कोरिया प्रतिष्पर्धात्मक खेलमा मलेसियासँग ३-३ गोलको बराबरीमा रोकिएपनि समुहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको छ ।बहराइनको ३ खेलमा ६ अंक भएको छ भने दक्षिण कोरियाको ३ खेलमा ५ अंक भएको छ ।त्यस्तै समुहमा ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा रहेको जोर्डनपनि नकआउट… पुरा पढौ

जापानलाई पराजित गर्दै इराक नकआउट चरणमा

एएफसी एसियन कप फुटबल प्रतियोगितामा उपाधि दाबेदार जापानलाई पराजित गर्दै इराक नकआउट चरणमा स्थान बनाउन सफल भएको छ।  समूह ‘डी’ अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा इराकले जापानलाई २-१ ले पराजित गर्दै लगातार दोस्रो जितका साथ नकआउट चरणमा स्थान बनायो।  कतारको एजुकेसन सिटी स्टेडियममा भएको खेलमा इराकका लागि आयमेन हुसेनले पहिलो हाफमा गरेको २ गोल उसको जितका लागि पर्याप्त बन्यो। जापान खेलको सुरुवातमै इराकसँग पछि परेको थियो। खेलको पाँचौं मिनेटमा नै इराकले अप्रत्याशित रुपमा खेलमा अग्रता लियो। बक्सको बायाँ तर्फबाट आएको क्रस जापान… पुरा पढौ

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद र ३ लाख जरिवाना सुनाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बुधबार उक्त सजाय सुनाएको हो । सन्दीपबाट थप २ लाख रुपैयाँ क्षतिपूर्ति समेत गरी कुल ५ लाख रुपैयाँ भराउने फैसला भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जनाएका छन् । परिवर्तित नाम गौशाला २६ लाई जबरजस्तीकरणी गरेको अभियोगमा सन्दीपलाई दोषी ठहर गरिएको हो ।अब सन्दीपले कारागार चलान नभई उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् । १३ पुसमा जिल्ला… पुरा पढौ

आर्मी च्याम्पीयन

त्रिभुवन आर्मी क्लब बुकी कप २०८० भलिबल प्रतियोगिताको च्याम्पीयन बनेको छ ।हिमालयन म्युजिकल ईभेन्ट म्यानेजमेन्ट प्रालि द्वारा बागलुङको गलकोटमा आयोजित बुकि कप २०८० को उपाधी त्रिभुवन आर्मी क्लवले हात पारेको हो । निकै प्रतिस्पर्धात्मक रुपमा सम्पन्न फाईनलमा बिभागिय टोली त्रिभुवन आर्मी क्लबले बिभागिय टोली नेपाल पुलिस क्लवलाई ३–२ को सेटमा पराजित गदैं उपाधी बिजेता बनेको हो । आर्मीले पुलिसलाई पहिलो, चौथो र पाँचौ सेटमा क्रमशः २७–२५, २७–२५ र १५–६ को अन्तरले पराजित गरेका थियो । बिभागिय क्लव नेपाल पुलिस क्लवले… पुरा पढौ

‘बुकी कप’ भलिबल आइतबारदेखि, विभागीयसहित पाँच टिम सहभागी हुँदै

राष्ट्रियस्तरको ‘बुकी कप’ भलिबल प्रतियोगिता आइतबारदेखि बागलुङको गलकोटमा सुरु हुने भएको छ । पोखराको हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड फिल्मस्को आयोजनामा हुन लागेको प्रतियोगिताको सबै तयारी पूरा भएको जनाइएको छ । प्रतियोगितामा तीन विभागीयसहित पाँच टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक मोहन केसीले बताए । उनका अनुसार त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र गलकोट नगरपालिकाको टिमले प्रतियोगितामा भाग लिनेछ । पहिलोपटक आयोजित सो प्रतियोगितामा प्रथम हुनेले नगद पाँच लाख, दोस्रो हुनेले दुई लाख ५० हजार… पुरा पढौ

तेस्रो मेयर कपको उपाधी बौदीकाली गाउँपालिकालाई

गलकोट नगर खेलकुद विकास समितिको आयोजनामा संचालित तेस्रो मेयर कप खुल्ला अन्तर पालिका स्तरिय पुरुष भलिवल प्रतियोगिता २०८० को उपाधी बौदीकाली गाउँपालिकाले उचाल्न सफल भएको छ । आज भएको फाईनल खेलमा बौदीकाली गाउँपालिकाले गलकोट नगरपालिकालाई ३–२ को सेटमा पराजित गर्दै उपाधी उचाल्न सफल भएको हो । निकै प्रतिष्पर्धात्मक रुपमा सम्पन्न भएको खेलमा गलकोट नगरपालिकालाई बौदीकाली गाउँपालिकाले पहिलो, चौंथो र पाँचौँ सेटमा क्रमशः २५–१७, २५–२२ र १८–१६ ले पराजित गर्दै उपाधी जितेको हो । गलकोट नगरपालिकाले दास्रो र तेस्रो सेटमा २५–१७… पुरा पढौ