
सामाजिक सेवा, मानवीय सेवा र खेलकुदको क्षेत्रमा जापानमा आफ़नो छुट्टै पहिचान बनाएको बागलुङ ज़िल्ला कै पुरानो संस्था घुम्टे युवा परिवार मल्म अन्तरगत जापान शाखाको दोस्रो साधारण सभा तथा अधिवेशनबाट आगामी कार्यकाल २०२२-२०२४ को लागि दिनेश थापाको अध्यक्षतामा ३५ सदस्यीय नया कार्यसमिति निर्वाचित भएको छ ।

बागलुङ जिल्ला तत्कालिन मल्मको मल्म क्षेत्रबाट विभिन्न पेशा, व्यवसाय, रोजगारी तथा अध्ययनको शिलशिलामा जापानमा रहेकाहरूको उल्लेख्य उपस्थितिमा मंगलबार टोकियोको शिन ओकुवोमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा नारायण थापा, दुर्गा थापा, संग्राम साहानी, प्रशान्त थापा र अरुणा थापा निर्वाचित भएको निर्वाचन संयोजक खगराज गौतमले जानकारी दिए ।
आफ़नो जन्म थलो मल्ममा रहेको घुम्टे युवा परिवारले समाज रूपान्तरण गर्दै युवाहरूमा रचनात्मक कार्य गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको संस्थालाई आफ़नो कर्मथलो जापानबाट पनि बिभिन्न गतिविधि गर्ने उद्देश्यले स्थापित शाखाको सचिवमा तुलबिर थापा सह सचिवमा गंगा थापा र बाबुराम थापा कोषाध्यक्षमा विष्णु थापा, सह कोषाध्यक्षमा दिपक कार्की र पतिराम थापा, खेल संयोजकमा मनोज केसी, खेल सह संयोजकमा पदम थापा र युवा संयोजकमा प्रकाश केसी महिला संयोजकमा कल्पना खड्का निर्वाचित भएको निर्वाचन संयोजक गौतमले बताए ।

गौतमका अनुसार सदस्यहरूमा मनोज थापा, नवीन खड्का, देवि चोख़ाल, मिठु थापा, देव खड्का, हरिसिंह केसी, जीवन खड्का, गगन थापा, यम थापा, प्रकाश थापा, रहेका छन ।
त्यसैगरि सदस्यहरूमा दिपक चोख़ाल, कृष्ण खत्री, प्रकाश कार्की, महेन्द्र थापा, कृष्ण केसी, दिनेश गौतम र कृष्ण खड्का रहेका छन ।
साधारण सभा तथा अधिवेशनको उदघाटन गर्दै संस्थाका संरक्षक तथा प्रवास समन्वय समिति पूर्वी एसियाका संयोजक हर्क थापाले सामाजिक सत्भाव, आपसी एकता, खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्थाले स्थानीय स्तरमा समाजको परिवर्तन र विकासमा मुख्य भूमिका खेलेकोले अब जन्मभूमि र कर्मभूमिमा रहेका हामी मल्मबासीले अन्यहरूका लागि नमूना रूपमा प्रस्तुत हुनुपर्ने बताए ।

कार्यक्रममा सामाजिक अभियन्ता तथा गलकोट समाज जापानकी वरिष्ठ उपाध्यक्ष कालिका थापाले यस शाखाले मानवीय स्वास्थ्य शिक्षा खेलकुदको क्षेत्रमा उल्लेखनीय कार्य गरेकोमा खुशी व्यक्त गर्दै समाजको सकारात्मक रूपान्तरणका क्षेत्र आगामी दिनमा कार्य गर्न अनुरोध गरिन ।
कार्यक्रममा संस्थाका पूर्व सह सचिव तथा संचारकर्मी खगराज गौतमले मल्ममा रहेका मौलिक सांस्कृतिक संरक्षणमा क्लबले पुर्याएको योगदानको चर्चा गर्दै अब त्यहा रहेका ती मौलिक सम्पतिको संरक्षणमा विशेष कार्य गर्ने गरि योजना बनाउन आग्रह गरे ।

कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै संस्थाका पूर्व उपाध्यक्ष सुन्दर खड्काले समाजलाई एकताबद्द रूपमा लैजान सघाउ पुग्नेगरि शाखाका गतिविधि संचालन गर्न आग्रह गरे ।HARMONY INTERNATIONAL SCHOOL का प्रिन्सिपल प्रदिप थापाले मल्मको शैक्षिक विकासमा हामीहरूले गर्नसक्ने योजना तर्जुमा गरेर सहकार्य गर्दै काम गर्न आफू इच्छुक रहेको बताए । कार्यक्रममागलकोट समाज जापान नागोया क्षेत्रीय समितिका अध्यक्ष रामु थापा काजी,पूर्व खेलाडी कृष्ण थापा लगायतले मन्तव्य राखेका थिए ।

शाखालाइ स्थापना गर्दै हरेक प्रकारका अभियानमा सक्रियतापूर्वक साथ सहयोग प्रदान गर्ने सम्पूर्णमा अध्यक्ष दिलबहादुर थापा रामुले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा शाखाको गरिमा बढ़ने गरि र सबैको सक्रिय सहभागिता रहने गरि हरेक गतिविधि संचालन गर्न आग्रह गरे ।

जापान शाखाका सचिव दिनेश थापाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष संग्राम साहानीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष सग्राम साहानीद्वारा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा स्थापनाकालको छोटो अवधिमा शिक्षा, स्वास्थ्य, खेलकुदमा र मानवीय सेवा लगायतका क्षेत्रमा करिब १ करोड बराबरको काम गरेको उल्लेख छ ।
सोही कार्यक्रममा जापान शाखालाई विभिन्न क्षेत्र र अभियानमा सहयोग तथा योगदान गर्ने व्यक्तिहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । अध्यक्ष दिलबहादुर थापा रामुको अध्यक्षतामा सम्पन्न साधारण सभाको संचालन सचिव दिनेश थापा र स्वागत मन्तव्य सह सचिव तुलविर थापाले गरेका थिए ।
संस्थाका सचिव दिनेश थापाद्वारा प्रस्तुत प्रगति प्रतिवेदन








