
जापानले कोरोनाभाइरस महामारीको संक्रमण रोक्न गरेको यात्रा चेतावनीलाई सहज बनाउदै संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा र हङकङ लगायत ३६ वटा देश र क्षेत्रहरूका नागरिकहरूलाई जापान प्रवेशमा गरिएको खुकुलो बनाएको छ साथै जापानी नागरिकहरूलाई ती देश र क्षेत्रहरूमा अनावश्यक यात्राहरू नगर्न गरेको आग्रहलाई बिहिबारदेखि हटाएको छ ।
मन्त्रालयले प्रेस विज्ञप्ति प्रकाशित गर्दै भनेको छ “सम्पूर्ण विश्व भर नयाँ संक्रमण र मृत्युको संख्यामा गिरावट देखिरहेको, गम्भीर लक्षण र मृत्युको जोखिम कम हुँदै गएको देखिन्छ, तसर्थ पूर्ण रूपमा सुरक्षित र सचेत रहि यात्रालाई सहजता गरिएको छ ।”
विदेश मन्त्रालयले थाइल्याण्ड, भियतनाम, सिंगापुर र मलेसियासहितका देशहरूलाई समावेश गर्दै उच्चतम चौथो लेवलबाट तेस्रो-उच्चतम स्तरसम्म र दोस्रो लेवलबाट स्तर १ मा घटाई ती क्षेत्रहरूमा यात्रा सहज गराइएको हो ।जापानी नागरिकहरूलाई “पूर्ण रूपमा सुरक्षित र सचेत रही यात्रा गर्न सल्लाह समेत दिएको छ ।
मध्य पूर्व र अफ्रिकामा सात, युरोपमा छ र ल्याटिन अमेरिकामा दुई गरि १५ राष्ट्रहरू र क्षेत्रहरूका लागि स्तर ३ बाट २ मा झारिएको छ ती देश र क्षेत्रमा यात्रा गर्दा सचेत रहन भनिएको छ ।
यसैबीच, युरोपेली राष्ट्रसहित १०९ देश, एसियाका चीन, दक्षिण कोरिया र भारतलगायतका ३० देश, जर्मनी, फ्रान्स, इटालीलगायत ३५ र क्षेत्रहरू लेभल २ चेतावनी अन्तर्गत रहेका छन् भने एकै समयमा ४१ देशलाई स्तर ३ मा अपरिवर्तित छोडिएको छ ।



