जापानमा नेपाली समुदायभित्र हुने गरेका महिला हिंसा र घरेलु हिंसाको निर्मूलीकरण गर्नको लागि सम्वन्धित निकायहरुसंग समन्वय गरि पिडित पक्षलाई सहयोग प्रदान गर्ने उद्देश्यले एनआरएनए जापानको २०२१-२०२३ कार्यकालको लागि चन्द्रकुमारी केसीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनु भएको छ ।
इमानदार भै निस्वार्थ रूपले सामाजिक कार्यमा आफू लागि रहेकोले अझ नेपाली समुदायसँग नजिक रहेर कार्य गर्नका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताइन ।
सामाजिक क्रियाकलापमा सक्रिय केसी २०१३ बाट गैर आवासीय नेपाली संघ NRNA को सदस्य लिइ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यस संस्थासँग जोडिदै कान्तो टोकियो क्षेत्रको महिला सह संयोजक पदमा रहेर काम गरिसकेकी छन । साथै गलकोट समाज जापानको समेत महिला संयोजक केसीले महिला अधिकारका विषयमा आफुलाइ खरोरूपमा प्रस्तुत गर्दै आइरहेकी छन।
केसीले उम्मेदवारी घोषणा गर्दै गरेको अपिल जस्ताको तस्तै
सम्पुर्ण जापानबासी दाजुभाइ दिदी बहिनीहरुमा मेरो नमस्कार 🙏🏻
नेपालदेखि नै बिभिन्न सामाजिक कार्यमा जोडिएर समाजमा हरेक क्रियाकलापमा सक्रिय सहभागिता जनाउदै आएकी म बिगत केहि बर्ष देखी यता रोजगारको शिलशिलामा जापान मेरो कर्मभूमि हुन पुग्यो र कर्मभूमिमा रहेर पनी सानैदेखिको सहयोगी भावना, सामाजिक मन र आफ्नो देश , आफ्नो जन्मभूमिप्रतिको माया मेरो मनदेखि टाढा हुन सकेन ।
परदेश पसे पछी झन धेरै आफ्नो देश, आफ्नो माटो , आफ्नो गाउँ समाजको माया हुदो रहिछ ।मेरो सामाजिक मन सहयोगी मेरो भावना फेरि जापान आए पछि त्यस्ता धेरै सामाजिक मन भएका समाजसेवी व्यक्तित्वहरु सँग जोडिन पुग्यो । उहाहरुले बिदेशमा नेपाल र नेपालीको लागि गर्दै आउनु भएको सेवामुखी सामाजिक सस्थामा मलाई पनि जोडिएर समाजको लागि केहि योगदान गर्नुपर्छ भन्ने लाग्यो ।र बिभिन्न सामाजिक संस्थामा आबद्द पनी छु । हाल गल्कोट समाज जापानको बर्तमान महिला संयोजक पदमा रहेर काम गर्दै आएकी पनी छु ।
2013 बाट मैले गैर आवासीय नेपाली संघ NRNA को सदस्य लिए र म प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यस संस्थासँग जोडिदै 2019-2021सम्मको लागी कान्तो टोकियो क्षेत्रको महिला सह संयोजक पदमा रहेर काम गरे ।र आगामी दिनका लागि एनआरएनए जापानको आगामी कार्यकाल 2021-2023 का लागि केन्द्रीय सदस्य पदमा उमेदवारी दिएको छु।
मलाई जापानबासी नेपाली दाजुभाइ दिदी बहिनीहरुले आफ्नो अमूल्य मत प्रदान गरि सामाजिक कार्यमा निरन्तरता दिन उत्प्रेरित गरिरहनु हुने छ भन्ने विश्वास लिएकि छु ।
अन्त्यमा एनआरएनए जापानको 2019-2021 सम्म टोकियो क्षेत्रीय कान्तो समितिमा महिला सह संयोजक पदमा रहि काम गर्दै आईरहेकोले आगामी दिनमा संघलाई मेरो अनुभव र क्षमता प्रयोग गरि सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।🙏🏻
चन्द्र कुमारी के. सी.
एनआरएनए जापान 2021-2023 को लागि केन्द्रीय सदस्यको उम्मेदवार