गुन्मा प्रिफेक्चरस्थित ओइजुमी माचीमा आउँदो सेप्टेम्बर ६ र ७, २०२५ मा आयोजना हुने “संयुक्त प्रथम नेपाल फेस्टिवल २०२५” भव्य तयारीका साथ अन्तिम चरणमा पुगेको छ। “अनेकतामा एकता, नेपाली कला, संस्कृत र पहिचानलाई विश्व समुदायमाझ चिनाउने हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजना गर्न लागिएको यस महोत्सवलाई अब ९ दिन मात्रै बाँकी रहेको आयोजक समितिले जानकारी गराएको छ। यस फेस्टिवलको उद्देश्य जापानमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सहकार्य, एकता र सामाजिक आत्मीयता विस्तार गर्नुका साथै नेपाली भाषा, कला, संस्कृति, परम्परा र पहिचानलाई…
पुरा पढौ