प्रवास

निउरे समाज जापानको प्रथम अधिवेशन सम्पन्न, खिमानन्द निउरेको अध्यक्षतामा ३० सदस्यीय कार्यसमिति चयन

प्रवासमा रहेका निउरे समुदायबीच आपसी एकता, भाइचारा, सहयोग र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले स्थापित निउरे समाज जापानको प्रथम अधिवेशन टोकियोको सिन–ओकुबोस्थित सोलमारी मुरा हलमा भव्य समारोहबीच सम्पन्न भएको छ। समाजका अध्यक्ष रुद्रमणि निउरेको सभापतित्वमा सम्पन्न अधिवेशनमा जापानका विभिन्न क्षेत्रबाट आएका निउरे समुदायका सदस्यहरूको उल्लेख्य तथा उत्साहजनक सहभागिता रहेको थियो। अधिवेशनले संस्थाको प्रारम्भिक कार्यकालको समीक्षा गर्नुका साथै आगामी सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गरेको छ। कार्यक्रमको प्रारम्भमा बाबुराम निउरेले स्वागत मन्तव्य राखेका थिए भने सचिव मनप्रसाद निउरेले… पुरा पढौ

प्रवास र मातृभूमिको सञ्चार सेतु: टोकियो घोषणा पत्र-२०२६ जारी गर्दै ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन’ सम्पन्न

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको ऐतिहासिक अवसर पारेर जापानको राजधानी टोकियोमा २५ जुलाई २०२६ मा सम्पन्न ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन जापान–२०२६’ ९ बुँदे ‘टोकियो घोषणा पत्र–२०२६’ जारी गर्दै सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको समन्वय तथा नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा सम्पन्न यस महाअभियानले प्रवासी नेपाली पत्रकारिताको भविष्य, व्यावसायिक सुरक्षा र संस्थागत सुदृढीकरणका लागि दूरगामी निर्णयहरू गरेको छ। प्रवासमा नेपाली पत्रकारिताको वृहत् समीक्षा र सहभागिता नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न यस सम्मेलनमा महासंघका… पुरा पढौ

टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुने; प्रवासी पत्रकारितालाई थप सशक्त बनाउन योगदान पुर्याउने आयोजकको तयारी

नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा आगामी जुलाई २५ मा जापानको राजधानी टोकियोमा 'एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६' हुने भएको छ। 'प्रवासी सञ्चारमाध्यममार्फत नेपाल र विश्वलाई जोड्ने' मूल नारासहित हुन लागेको यस सम्मेलनको सहआयोजकका रूपमा महासंघका ११ वटा वैदेशिक शाखाहरू रहेका छन्। टोकियोको चुओ सिटीस्थित 'सेन्ट लुक्स गार्डन टावर' मा आयोजना हुने सो सम्मेलनमा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मासहित केन्द्रीय कार्यसमितिका ३३ जना पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहनेछ। सम्मेलनमा महासंघका ११ वटै वैदेशिक शाखाका अध्यक्ष र प्रतिनिधि, जापानस्थित… पुरा पढौ

गल्कोट समाज टोकियोको ‘तिज धमाका २०२६’ आगामी सेप्टेम्बर १० मा, राष्ट्रिय कलाकारको विशेष प्रस्तुति रहने

टोकियो, जापान । गल्कोट समाज जापान क्षेत्रीय समिति टोकियोले हरितालिका तिजको अवसरमा आगामी सेप्टेम्बर १० तारिख टोकियोमा भव्य सांस्कृतिक कार्यक्रम 'तिज धमाका २०२६' आयोजना गर्ने भएको छ। संस्थाका अध्यक्ष ईश्वर बस्नेतका अनुसार नेपाली कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने मुख्य ध्येयका साथ कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपालबाट आमन्त्रित लोकदोहोरी तथा तिज गीतका चर्चित राष्ट्रिय कलाकारका साथै जापानमै रहेका स्थानीय कलाकारहरूको विशेष साङ्गीतिक प्रस्तुति रहनेछ। संस्थाले विदेशमा आयोजना गरिने यस्ता कार्यक्रमले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूबीच आपसी सद्भाव… पुरा पढौ

गल्कोट समाज जापान नागोया क्षेत्रीय समितिको आठौं अधिवेशनको तयारीका लागि बैठक सम्पन्न

गल्कोट समाज जापान नागोया क्षेत्रीय समितिको आठौं अधिवेशनको तयारिका लागि अन्तिम बैठक सम्पन्न भएको छ। विदेशी भूमिमा रहेर पनि आफ्नो कार्य व्यस्ततासँगै सामाजिक संस्थामा आबद्ध भएर सामाजिक कार्यमा लागि परिरहँदा यस संस्थालाई थप चलायमान र सशक्त बनाउनको लागि अझै प्रभावकारी नयाँ कार्यक्रमहरू अगाडि सार्नुपर्ने र सम्पूर्ण गल्कोटेहरूलाई यस संस्थामा आबद्ध गरी हरेक प्रकारका क्रियाकलापहरुमा सक्रिय सहभागिता जनाउनुपर्ने आवश्यक रहेको संस्थाका संरक्षक मोहन खत्रीले बताउनुभएको छ। संस्थाले गर्ने विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरूले मनोरञ्जन मात्र प्रदान गर्ने होइन् भावनात्मक अनुभव, सद्भाब चेतना,… पुरा पढौ

गलकोट समाज जापान कान्तो–टोकियो क्षेत्रीय समितिको आठौ अधिवेशन आगामी जुन ३०मा हुने

“हाम्रो गाउँ, हाम्रो ठाउँ; हातेमालो गरी समृद्ध बनाऔं” भन्ने मूल नाराका साथ जापानमा क्रियाशील गलकोट समाज जापान अन्तर्गतको कान्तो–टोकियो क्षेत्रीय समितिको आठौ अधिवेशन आगामी २०२६ जुन ३० तारिखका दिन आयोजना हुने भएको छ। टोकियोको सिनओकुबोस्थित 'सोलमारी मुरा हल' मा सम्पन्न हुने यस अधिवेशनले आगामी कार्यकाल (२०२६–२८) का लागि नयाँ नेतृत्व चयन गर्नेछ। क्षेत्रीय समितिका अध्यक्ष दिनेश थापाका अनुसार अधिवेशनमा गलकोट नगरपालिका तथा ताराखोला गाउँपालिकाका सबै वडाबाट व्यापक सहभागिता सुनिश्चित गर्दै अपनत्व र एकताको भावनासहित समाजलाई थप सशक्त बनाउने लक्ष्य राखिएको… पुरा पढौ

अनेसास जापानको ८३औँ नियमित साहित्य शृङ्खला: कवि अमृता स्मृतिसँग विशेष अन्तरक्रिया र रचना वाचन हुने

टोकियो, जापान – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले आफ्नो नियमित साहित्य शृङ्खलालाई निरन्तरता दिँदै ८३औँ शृङ्खला आयोजना गर्ने भएको छ। यसपटकको कार्यक्रममा विशेष अतिथि र वक्ताका रूपमा अनेसास हवाई च्याप्टरकी अध्यक्ष तथा चर्चित कवि अमृता स्मृति रहनेछिन्। यही आगामी ७ जुन २०२६, आइतबारका दिन आयोजना हुन लागेको यस विशेष कार्यक्रममा कवि अमृता स्मृतिसँगको अन्तरक्रियाका साथै खुला रचना वाचनको समेत कार्यक्रम रहेको छ। साहित्य अनुरागीहरूका लागि सिर्जना सुनाउने र सुन्ने एक गतिलो मञ्चका रूपमा रहने उक्त कार्यक्रममा उपस्थित हुनका… पुरा पढौ

नागोयामा ‘चौथो नेपाल फेस्टिवल एण्ड एक्सपो २०२६’ को तयारी अन्तिम चरणमा, पत्रकार सम्मेलन सम्पन्न

नागोया, जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, राष्ट्रिय समन्वय परिषद् अन्तर्गत क्षेत्रीय समन्वय परिषद् नागोयाको आयोजनामा आगामी मे ३० देखि जुन १ तारिखसम्म सञ्चालन हुन गइरहेको “चौथो नेपाल फेस्टिवल एण्ड एक्सपो २०२६” को तयारी अन्तिम चरणमा पुगेको छ। यसै सन्दर्भमा कार्यक्रमको विस्तृत जानकारी र हालसम्मको प्रगतिबारे प्रकाश पार्न नागोयामा एक विशेष पत्रकार सम्मेलन सम्पन्न भएको छ। आयोजकका अनुसार पत्रकार सम्मेलनमा फेस्टिवलको मुख्य उद्देश्य, तयारीको अवस्था, विशेष आकर्षण, सांस्कृतिक प्रस्तुति, नेपालको पर्यटन प्रवर्द्धन तथा जापानस्थित नेपाली समुदायको सहभागिताका विषयमा सञ्चारकर्मीहरूलाई… पुरा पढौ

नागोयामा चौथो नेपाल फेस्टिवल एवं एक्सपो २०२६ को तयारी तीव्र, मे ३० बाट सुरु हुने

गैर आवासीय नेपाली संघ नागोयाको आयोजनामा आगामी मे ३० देखि जुन १ सम्म जापानको नागोयामा चौथो नेपाल फेस्टिवल एवं एक्सपो २०२६ रूपमा आयोजना हुने भएको छ। जापानको नागोया शहरस्थित साकायको हिसाया डोरी पार्क (एडियन हिसाया प्लाजा) मा आयोजना हुन लागेको यस फेस्टिभलको तयारीलाई आयोजकले निकै तीव्रता दिएका छन्। एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक योमन देवानका अनुसार नेपाल र नेपालीको पहिचानलाई जापानी समुदायमाझ चिनाउन यो महोत्सव एउटा महत्वपूर्ण अवसर हुनेछ। महोत्सवलाई विशेष बनाउन नेपालका मौलिक पहिचान बोकेका ढिकी, जातो जस्ता परम्परागत… पुरा पढौ

कान्साईमा ‘मन बदलौँ, जीवन बदलिन्छ’ अभियान: ध्यान र उत्प्रेरणाले जोडियो नेपाली मन

बिहुँकोट समाज जापान कान्साईको आयोजनामा ओसाकामा मानसिक स्वास्थ्य र ध्यान सम्बन्धी विशेष प्रेरणादायी कार्यक्रम हिजो भव्य रूपमा सम्पन्न भएको छ जसमा उल्लेख्य नेपालीको सहभागिता रहेको थियो। 'आफ्नो अन्तरआत्मासँग जोडिँदै उज्ज्वल भविष्यतर्फ अघि बढ्दै' भन्ने मूल नाराका साथ ओसाकास्थित अबेनो सिमिन गाकुशु सेन्टरमा सञ्चालित उक्त कार्यक्रममा प्रसिद्ध मानसिक स्वास्थ्य प्रशिक्षक एवं उत्प्रेरक गिरी बहादुर सुनारले प्रशिक्षण दिनुभएको थियो। बिहुँकोट समाज जापान कान्साईद्वारा आयोजित यस सत्रमा सुनारले विद्यार्थी जीवनमा आइपर्ने तनाव व्यवस्थापन, व्यावहारिक आत्मचिन्तन र निर्देशित ध्यानका माध्यमबाट कसरी जीवनमा सकारात्मक परिवर्तन… पुरा पढौ