प्रवास

जो जापानको तामा नदीमा अस्ताए

बागलुङ – जापानमा छुट्टिको दिन थियो । राजधानी टोकियोको ताचिकावामा बस्ने १४ वर्षीय देवेन पाण्डे र १३ वर्षीय क्रिस पाण्डे फुटबल खेल्न आइतबार नजिकैको पार्कमा पुगे । अभिभावकको अनुमति लिएरै घरबाहिर निस्केका उनीहरु फुटबल खेलेपछि गर्मी छल्न तामा नदीमा गए । केहीछिन त्यहाँ पौडी खेलेर रमाए । दुर्भाग्य त्यहीबीच देवेन र क्रिस नदीको मझधारतिर हुत्तिए । गहिरोमा पुगेपछि पौडिन सकेनन् । तामा नदीले दुवैलाई बगायो । त्यो दृश्य उनीहरुसँगै पौडी खेल्न गएका अर्का ९ वर्षीय बालकले नदी किनारबाट हेरिरहेका थिए… पुरा पढौ

जापानबाट सिकेको ज्ञान, सीप र लगानीलाई आफ़्नो मातृभूमीको विकासमा लगाउन मोना आइसीसीका वरिष्ठ उपाध्यक्ष ददिवल खड्काको आग्रह

सपनाको देश जापानबाट धेरै कुरा सिकेर आफ़्नो व्यवहारिक जीवनमा लागु गर्नका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) का वरिष्ठ उपाध्यक्ष ददिवल खड्काले जापानमा नव आगन्तुक नेपालीहरुलाई आग्रह गरेका छन । आईतबार नागोयाको दियालो रेष्टुरेण्टमा मोना क्षेत्रीय समिति नागोयाको आयोजनामा जापानमा नवप्रवेशीलाई स्वागत र सम्मान कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष खड्काले अध्ययनका लागि आएका विद्यार्थीले पहिलो प्राथमिकता अध्ययनलाई दिन आग्रह गर्दै विकसित मुलुक जापानबाट हामी जस्तो बिकासोन्मुख देशका नागरिकलाई अबसरै अवसर रहेकोले त्यसलाई आत्मसात गरिनु पर्नेमा जोड दिए । गैर आवासीय… पुरा पढौ

थाइल्याण्ड र म्यानमारमाबाट नेपाल पढ्न जाने विद्यार्थीहरूको सहजीकरणका लागि एनआरएनए थाइल्याण्डको शिक्षामन्त्रीलाई आग्रह

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद थाइल्याण्डले शिक्षामन्त्री देवेन्द्र पौडेल सँग अन्तरक्रिया कार्यक्रम गरेको छ । उक्त अन्तरक्रिया कार्यक्रममा थाइल्याण्ड र म्यानमारमा बाट नेपाल पढ्न जाने विद्यार्थीहरूको सहजीकरणको लागि शिक्षामन्त्रीमार्फत पहल गर्न एनआरएनए थाइल्याण्डले शिक्षा मन्त्री समक्ष माग गरेका छन्। अन्तरक्रियालाई सम्बोधन गर्दै शिक्षामन्त्री देवेन्द्र पौडेलले भविष्यमा गर्न सकिने शिक्षा सम्बन्धी कामहरुको नेपाल सरकार समक्ष पहल गर्ने र त्यसको लागि सहज वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । त्रिदेशीय सम्बन्धलाई अझ प्रगाढ बनाउनको लागि शिक्षा नै महत्वपूर्ण पूर्वाधार भएकाले यसकै… पुरा पढौ

जापानमा बाग्लुङ बिंहुका कंडेलको हृदयघातबाट निधन

जापानमा फेरि अर्का एक नेपालीको निधन भएको छ । परिवार सहित जापानको साईतामा प्रान्तको तोकोरोजावामा बस्दै आएको निलकन्ठ कडेलको आईतबार विहान हृदयघात भई मृत्यु भएको हो । श्रीमती र २ छोरीहरु सहित जापानको साईतामा बस्दै आएका ४१ वर्षीय कडेलको आईतबार विहान घरमा बेहोस भएपछि उनको निधन भएको बताईएको छ । कडेलको १४ वर्षीय छोरा भने नेपालमा नै रहँदै आएको नेपाल न्यूज पोष्टले आफ़नो समाचारमा लेखेको छ । बाग्लुङ जिल्ला काठेखोला ६ बिहुँ हटिया ठेगाना भएका कडेल कुक भिषामा बिगत ९… पुरा पढौ

बजेटले गैर आवासीय नेपालीलाई यसरी गर्‍यो सम्बोधन

(जीएनएन) -- नेपाल सरकारले गैर आवासीय नेपालीहरुको लगानी भित्र्याउन कानुन तथा प्रक्रियामा सुधार गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९-८० को बजेट पेश गर्दै उत्पादनमूलक एवं निर्यातजन्य उद्योगमा वैदेशिक लगानी आकर्षण गर्न एवं गैर आवासीय नेपालीको लगानी भित्र्याउन वैदेशिक लगानीसम्बन्धी कानून तथा प्रक्रियामा सुधार गरिने उल्लेख गरे । त्यसैगरी उद्योग स्थापनाको लागि आवश्यक पर्ने जग्गाको हदबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनुका साथै उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा लीजमा दिन सकिने व्यवस्था… पुरा पढौ

रूपन्देही रुद्रपुरकी ३६ वर्षीया इशा थापाको जापानमा निधन

नेपालको रूपन्देही रुद्रपुर घर भई हाल जापानको राजधानी टोकियोस्थित कोइवामा बस्ने एक नेपाली महिलाको निधन भएको छ ।जापानमा परिवार संगै बस्दै आएकी ३६ वर्षीय ईशा थापाको क्यान्सर रोगको उपचारको क्रममा बिहिबार निधन भएको हो । ७ वर्षअघि श्रीमानको डिपेन्डेन भिषामा जापान आएकी थापा हाल एक छोरा र श्रीमान संगै जापानमा बस्दै आएकी थिइन । बिगत ६ वर्ष देखि क्यान्सर जस्तो घातक रोग संग लडि रहेकी स्वर्गीय थापा नेपालमा पेटको क्यान्सरको सफल उपचार पछि जापान आइ नियमित स्वास्थ्य परीक्षण गरिरहेकी थापा… पुरा पढौ

गैरआवासीय नेपालीहरुका लागि नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गर्न एनआरएनए युकेको माग

लण्डन-गैर आवासीय नेपाली संघ बेलायतले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई ज्ञापन पत्र दिंदै गैरआवासीय नेपालीहरुका लागि नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गर्न माग गरेको छ ।हाल बेलायत भ्रमणमा रहेका मन्त्री पौडेललाई आफ्नै कार्यालयमा स्वागत गर्दै संघले एक ज्ञापनमार्फत गैरआवासीय नेपालीहरुलाई नेपालको नागरिकताबाट बन्चित गराउने खालका नेपालको संविधान तथा कानुनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गर्न पनि माग गरेको छ ।अध्यक्ष प्रेम गाहा मगरले मन्त्रीलाई ज्ञापन पत्र हस्तानतरण गरेका हुन् । अध्यक्ष गाहा मगर र उपाध्यक्ष नारायणदत्त कंडेलले हस्ताक्षर गरेको… पुरा पढौ

नागरिकता विधेयक छिट्टै टुंगोमा पु-याउने सरकारको नीति स्वागतयोग्यः आचार्य

लन्डन । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्यले नेपाल सरकारको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममा विचाराधीन नागरिकता विधेयक छिट्टै टुंगोमा पु-याउने उल्लेख भएबाट आफूहरु उत्साहित भएको बताएका छन् । 'यसबाट लामो समयदेखि थाती रहेको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था छिट्टै कार्यान्वयनमा आउने हामीले विश्वास लिएका छौं', आचार्यले एक विज्ञप्तिमार्फत भनेका छन्, 'नीति तथा कार्यक्रममा आधुनिक सूचना प्रविधिको प्रयोग गरी प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाउने र गैरआवासीय नेपाललाई डिजिटल परिचय पत्र… पुरा पढौ

लन्डनमा मनाइयो २५६६ औँ बुद्ध जयन्ति

लण्डन -- लण्डनको ऐतिहासिक ट्राफलगर स्क्वायरमा आइतबार एक भव्य समारोहका बीच २५६६ औँ बुद्ध जयन्ति मनाइएको छ।बुद्ध फाउन्डेशन युके, बेलायतस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ, नेपाल पर्यटन बोर्ड लगायतको सहकार्यमा आयोजित कार्यक्रममा भगवान बुद्ध को शोभा यात्रा निकालिएको थियो। त्यस्तै नेपालको संस्कृति दर्शाउने शेर्पा नाच, मन्जुश्री नाच, लाखे नाच, थारू नाच आदि प्रस्तुत गरिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सगरमाथा, गौतम बुद्ध र पशुपतिनाथले नेपाललाई विश्वभर चिनाएको बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको लुम्बिनी… पुरा पढौ

गैरआवासीय नेपालीका मुद्दा सम्बोधन गर्न संघको आग्रह

लन्डन-- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको नीति तथा कार्यक्रममा गैरआवासीय नेपालीहरुका मुद्दा सम्बोधन गर्न आग्रह गरेको छ।प्रधानमंत्री कार्यालयमा एक ज्ञापनपत्र पठाउदै संघले ८ बुँदे सुझाव दिएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले संघले गैरआवासीय नेपाली नागरिकता, लगानी, वैदेशिक रोजगार, नेपालको पूर्वाधार विकास लगायतका विषयमा ती सुझावहरु पेश गरिएको जनाए ।संघका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सचिवालयमा पठाएको पत्रमा समावेश गरिएका बिषयहरु सम्बोधन भएमा नेपालमा लगानीको वातावरण सुदृढ हुनगई विदेशी मुद्राको संचितिमा… पुरा पढौ