गलकोट समाज जापानको वार्षिक साधारण सभा जापानको टोकियोमा हुने

-


     जनहित न्युज    
     भाद्र ८ गते २०८०


जापानमा रहेका सक्रिय सामाजिक संघ सस्था मध्यको गलकोट समाज जापानले वार्षिक साधारण सभा गर्ने भएको छ । 

सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्य गरेर छुट्टै पहिचान बनाएको समाजले आफ्नो स्थापनाकालमै पहिलो पटक आगामी सेप्टेम्बर ५ तारिक बिहान ११ बजेदेखि जापानको टोकियो स्थित सोलामारीको मुरा हलमा वार्षिक साधारण सभा गर्न लागेको महासचिब लक्ष्मण कार्कीले जानकारी दिए । 

विभिन्न पेशा,व्यावसाय, अध्ययन लगायतका लागि जापानभित्र रहेका सम्पूर्ण गलकोटबासी लगायत यस समाजप्रति आस्थावान सम्पूर्ण नेपालीहरुलाई संगठित गर्दै एकापसमा अविच्छिन्न पारस्परिक सम्बन्ध, भातृत्व, सद्भाव, सहयोग र सम्पर्कमा अभिवृद्धि गर्नेगरि स्थापना भएको समाजको साधारण सभाले एक वर्षमा भए गरेका क्रियाकलापको समिक्षा गर्दै आगामी वर्षको लागि योजना तर्जुमा गर्नका लागि फलदायी हुने विश्वास आफूहरूले लिएको अध्यक्ष थापाले बताइन् ।

“हाम्रो गाँउ हाम्रो ठाँउ, हातेमालो गरी समृद्ध गराऔं”भन्ने मुल उदेश्यका साथ सन २००६ सालमा स्थापना भएको गलकोट समाज जापान सामाजिक सेवाका कार्यमा निरन्तर सक्रिय रहदै आएको छ। “ समाजकी अध्यक्ष कालिका थापाले भनिन- “संस्थालाई सस्थागत गराउने प्रयास स्वरूप पहिलो पटक वार्षिक साधारण सभा गर्न लागेका हौ।” 

साधारण सभालाई नीतिगत रूपमा छलफलको फ़ोरम बनाउने सोच रहेको बताउदै महासचिव कार्कीले भने- काम गर्दै गर्दा  आएका नीतिगत समस्याको समाधानका लागि विधानमा केहि संशोधन गरेर जाने छौ । 

गलकोट समाज जापानले सामाजिक सेवाका क्षेत्रमा मानवीय, भौतिक, आर्थिक समन्वयात्मक र एट्भोकेसीका क्षेत्रमा काम गर्दै आइरहेको छ । समाजले यस यस वर्ष मात्र गलकोट नगर अस्पतालमा ३५ लाख बराबरको  ‘अल्ट्रासाउन्ड’ मेसिन, गलकोट वार्ड नम्बर ८, ९ लाई केन्द्रित गरेर एम्बुलेन्स, वार्ड नम्बर १० पाण्डवखानीको स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्री प्रदान गरेको छ । यस अघि पनि समाजले विद्यालय भवन निर्माण, आखा उपचार केन्द्रको भवन निर्माण, तारा गाउपालिकामा एम्बुलेंस, कोरोनाको महामारीमा स्वास्थ्य सामग्री हस्तान्तरण, नेपाल तथा जापानमा अप्ठ्यारोमा परेकालाई आर्थिक सहयोग लगायतका कार्य गर्दै आईरहेको बताइएको छ । 

बार्षिक साधारण सभामा संरक्षक,सल्लाहकार,केन्द्रीय तथा सम्पुर्ण क्षेत्रीय समितिका पदाधिकारी, सदस्यहरु,आजीवन सदस्य,साधारण सदस्य,जापानका बिभिन्न क्षेत्रमा रहेका सम्पुर्ण गल्कोटेहरूलाई उपस्थितिको लागि अनुरोध समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?