प्रवासमा रहेर पनि मातृभूमिमा आइपरेको विपत्तिमा सहयोग गर्ने उद्देश्यसहित गल्कोट समाज जापान, टोकियो क्षेत्रीय समितिले आफ्नो तिज सांगीतिक उत्सवको टिकट तथा दर्शकहरूबाट सङ्कलित सम्पूर्ण रकम रसुवाका बाढीपीडितहरूलाई सहयोग गर्ने घोषणा गरेको छ। गल्कोट समाज जापान टोकियो क्षेत्रीय समितिका अध्यक्ष तथा तिज सांगीतिक उत्सवका सभापति ईश्वर बस्नेतका अनुसार कार्यक्रममा सहभागी दर्शकहरूबाट स्वेच्छाले प्रदान गरिएको ३०,१११ येन र टिकट बिक्रीबाट उठेको ४८८,००० येन गरी कुल ५,१८,१११ जापानी येन रसुवाका बाढीपीडितका लागि हस्तान्तरण गरिने भएको छ। देशमा गएको प्राकृतिक विपत्तिका कारण रसुवा जिल्लामा…
पुरा पढौ