नेपाली कथानक चलचित्र ‘लाखे’ को फुनाबाशी शो नोभेम्बर २७ तारिक (आइतबार) जापानको चिबाको फुनाबाशी हलमा प्रदर्शन हुने भएको छ ।टुकी इण्टरटेनमेण्टको व्यवस्थापनमा प्रदर्शन हुन लागेको ‘लाखे’ को छायाङ्कन र द्वन्द्वको पक्षबाट प्रशंसा बटुलिरहेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकारलगायत कलाकार मुख्य भूमिकामा छन् । सिजन अर्यालको कथा तथा निर्माण रहेको चलचित्रको निर्माता डिपी भण्डारी र गणेश मल्ल ठकुरी हुन् ।…
पुरा पढौ