रङ्गमंच

अमृत गुरुङ तथा उनको ब्याण्ड नेपथ्यले आउँदो अगस्ट ८ तारिख टोकियोमा कन्सर्ट गर्ने

जापान।लामो समयदेखि नेपाली गीत संगितको क्षेत्रमा सदावहार गायक र ब्याण्डको रुपमा स्थापित अमृत गुरुङ तथा उनको ब्याण्ड नेपथ्यले आउँदो अगस्ट ८ तारिख टोकियोमा कन्सर्ट गर्ने भएको छ। सन २०१८ पछि,पहिलो पटक जापानका डेढ लाख नेपालीहरुसँग सांगीतिक भेट गर्न मानवताको लागि संगीत भन्ने नारा सहित नेपथ्य जापान आउने भएको हो ।नेपथ्यले टोकियोको तोयोसु पिटको सांगितिक अडिटोरियम हलमा कन्सर्ट गर्नेछ। यसपटक टोकियोमा नेपथ्य ब्याण्डलाई भिजोनिया कम्पनीले लिएर आउन लागेको हो।आयोजक कम्पनीका निर्देशक सुभास लामिछाने भने-“अगष्ट ८ तारिख नेपथ्य व्याण्डको कन्सर्ट तय भएको… पुरा पढौ

‘म चन्द्रमा हुँ’ ग़ज़लको चर्चा चुलिदै

केही दिन अघि रिलिज भएको ग़ज़ल ‘म चन्द्रमा हुँ’ चर्चाको शिखरतिर छ । छोटो समयमा संगीत पारखीहरुलाई मोहित पारेको छ । ‘म चन्द्रमा हुँ’ को शब्द, संगीत र स्वर धेरैको मनमा बसेको छ ।ग़ज़ल युटुबको ट्रेडिंगमा रहेको छ । अमेरिका बस्ने बागलुङका सर्जक जिवनदास सुनारले ग़ज़ल लेखे । अनि गायक/ संगीतकार सिडी विजय अधिकारीले संगीत गरे । ग़ज़लकार स्वर समिक्षा अधिकारीले भरिन् । साहित्यकार सुनारले केही दिन अघि यिनै गायिका समिक्षाको अन्तरवार्ता हेरेपछी यो ग़ज़ल जन्मेको हो । उनका उतार… पुरा पढौ

पत्रकार सज्जनको पोखरामा… गीत रिलिज (भिडियो सहित)

बहुप्रतिभाशाली गायक, कलाकार तथा पत्रकार सज्जन कुमार सिंहको नयाँ गित/भीडियो पोखरामा… सार्वजनिक भएको छ । ‘’पोखरामा दुई कुराको भर हुन्न रे एउटा पानीको अर्को नानीको’’ गितको मुल थेगो रहेको छ । पोखराको मौसम जस्तै नानीहरुको भर हुन्न भन्ने भाव प्रति यहाँका केही महिलाले विरोध पनि जनाएका छन् । गितमा भनिएको छ, ‘’एकै छिनमा वादल लाउने एकैछिनमा पानी, पोखराको मौसम जस्तै रैछ तिम्रो बानी ।" पोखराको मौसम र प्रेमलाई बिषयवस्तु बनाएर तयार पारिएको गितको शब्द, संगित सज्जनको छ । गितमा सज्जन… पुरा पढौ

रमाइलो म्यूजिक एक्सप्रेसको तयारी पुरा, भोलि नाकानोमा सांगीतिक कन्सर्ट हुँदै

टोकियोमा आईतबार आयोजना हुने लोकगीत र आधुनीक गीतका लोकप्रिय कलाकारहरुको विशेष सांगीतिक प्रस्तुति रहने रमाइलो म्यूजिक एक्सप्रेस कार्यक्रमको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । चर्चित तथा लोकप्रिय कलाकार बिमलराज क्षेत्री, कुलेन्द्र विश्वकर्मा, गायिका एलिना चौहान र सुस्मिता क्षेत्रीले आईतबार साँझ ६ बजेबाट सुरु हुने रमाइलो म्यूजिक एक्सप्रेसमा आफ्नो प्रस्तुति दिनेछन । आयोजक पर्वत समाज जापानका महासचिव राम प्रसाद बास्तोलाका अनुसार रमाइलो म्यूजिक एक्सप्रेस कार्यक्रममा लोकदोहोरी स्रष्टाहरूलाई गरिनका लागि आवश्यक व्यवस्थापनसहित कार्यक्रमको प्रचारप्रसार, म्यूजिक तथा अन्य आवश्यक व्यवस्थापनका काम… पुरा पढौ

जापानमा सुरु भयो पर्वत समाज जापानको ‘रमाइलो म्युजिक एक्प्रेस’ सांगीतिक कार्यक्रम

पर्वत जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने उद्देश्यका साथ पर्वत समाज जापानद्वारा आयोजना गरिएको ‘रमाइलो म्युजिक एक्प्रेस’ सांगीतिक कार्यक्रम जापानका विभिन्न शहरहरूमा सोमबारदेखि सुरु भएका छन ।नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु बिमलराज क्षेत्री, कुलेन्द्र बिश्वकर्मा, एलिना चौहान र सुस्मिता क्षेत्रीको प्रस्तुति रहने उक्त कार्यक्रम फुकुओकाबाट मंगलबारदेखि सुरुवात भै मे २८ तारिख आईतवार साँझ ६ बजेबाट टोकियोको नाकानो जेरो हलमा र निगातामा जुन ४ तारिख आईतवारका लागि तय गरिएको समाजका प्रवक्ता रबिन शर्माले जानकारी दिए । ‘मंगलबार फुकुओकामा भएको उपस्थितिले… पुरा पढौ

इश्वर सिंहको अभिनय र सर्जक चन्द्र खत्रीको नयाँ गीत “माया मारेको ”सार्वजनिक

दुई दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय सर्जक चन्द्र खत्रीको नयाँ गीत “माया मारेको ”सार्वजनिक भएको छ । सर्जक चन्द्र खत्रीको संगीत तथा पिताम्बर चापागाई(पदमपानी) को शब्द रहेको गीतमा ईश्वर सिंह र तारा बि. सीको सुमधुर आवाजमा रहेको गीत चन्द्र खत्री युट्युब च्यानलबाट सार्वजनिक भएको हो । सर्जक खत्रीका ‘सिरमा शिरबन्दी’, ‘सुन कथा’, ‘माया सलल, गयौँ सानु गयौँ बिहेगरी’, ‘चर्कियो दिलको घाउ’ पछिल्लो समयको चर्चामा रहेको गौंथली,जाली मायाको लगायत दर्जनौँ गीतहरु रहेका छन । जापानमा रहेर ब्यवसाय सँगै साँगितिक यात्रामा अनवरत लागिरहनुभएका… पुरा पढौ

जापानी चर्चित मोडल जेसिका मिचिबाटा सिंथेटिक ड्रग राखेको आरोपमा पक्राउ

जापानी प्रहरीले चर्चित मोडल जेसिका मिचिबाटालाई सिंथेटिक ड्रग एमडीएमए राखेको आरोपमा पक्राउ गरेको अनुसन्धानसँग सम्बन्धित अधिकारीहरूले बताएका छन ।  एक परिचितसँग टोकियोको होटलमा बस्दै आएकी ३८ वर्षीया जेसिकालाई MDMA भएको आशंकामा पक्राउ गरिएको छ, ती अधिकारीले बताइको जापानी सञ्चारमाध्यम जिजीप्रेसले जनाएको छ । एक भन्सार अधिकारीले विदेशबाट जापान आइपुगेको प्याकेजमा लुकाइएको लागूऔषध फेला पारेका थिए । टोकियोको महानगरीय प्रहरी विभागका अनुसन्धानकर्ताहरूले प्याकेजको ढुवानी ठेगानामा रहेको होटलमा छापा मार्दा उनीसहित दुई जनालाई पक्राउ गरेको हो। फुकुईको मध्य जापान प्रीफेक्चरको मूल निवासी… पुरा पढौ

प्रकाश दुतराजले १२ तारिक भव्य प्रस्तुति दिने

नेपाली गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाएका प्रकाश दुतराज सांगीतिक प्रस्तुतिका लागि जापान आई पुगेका छन्।गरिब तथा अनाथ बालबालिकाको सहयोग गर्ने उदेश्य लिएर गज्जव ईन्टरटेनमेन्टले आगामी १२ तारिक आईतबारका दिन साझ ६ बजेबाट टोकियोको केन्द्रबिन्दु नाकानो जिरो हलमा सांगीतिक कार्यक्रम गर्न लागेको हो। सांगीतिक क्षेत्रमा एउटै स्वादबाट आजित भएका दर्शकश्रोतलाई दूतराजको नयाँ र फरक शैलीले आर्कषित गरेका छन्। आफ्नै स्वर, अभियनमा समेत फरक स्वादले दुतराजका आफ्ना कोशेलीहरु दर्शक स्रोतामाझ ल्याउने गरेका छन्।विशेष गरि विदेशमा रहेका नेपाली लोक संगीत पारखीहरुका लागि… पुरा पढौ

मौलिक रत्यौली गीत ‘च्याप्प पर्वते माया’ टिकटकमा भाइरल

टिकटकमा अत्याधिक रुचाइएको मौलिक रत्यौली गीत ‘च्याप्प पर्वते माया’ छोटो समयमा चर्चा कमाएको छ । दिपक अधिकारीको शब्दमा तयार भएको गीतलाई प्रवेश पौडेलले भाका संकलन गरेका हुन् । मौलिक गीत मौलिक शैलीमा भिडियो तयार भएको गीतबाट निकै आशा गरिएको गीतका सर्जक दिपक अधिकारी बताउँछन् । प्रवास रहेर गीत संगीतलाई माया गर्ने गायक प्रवेश पौडेल गीत चर्चासँगै दंग छन् । गीतमा टिका सानु, प्रवेश पौडेल र श्याम क्षेत्रीको आवाज रहेको छ । प्रविन थापाले निर्देशन गरेको भिडियोमा दुर्गेश थापा, अर्जुन सापकोटा,… पुरा पढौ

लोकदोहोरी प्रतिष्ठानबाट बाहिरिएको विष्णु खत्रीको घोषणा

गायक विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै उनले आफूले खोल्न लागेको नयाँ संस्थामा हातेमालोका लागि आउन आह्वान समेत गरेका छन् । प्रतिष्ठानको आसन्न महाअधिवेशन र कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै नयाँ संस्था खोल्न लागेको चर्चाबीच पूर्वमहासचिव समेत रहेका खत्रीले संस्थामा नरहेको औपचारिक घोषणा गरेका हुन् । ‘अब कहिल्यै प्रतिष्ठानको ढोका ढकढकाउन नआउने निर्णय गरी आजैको मितिबाट सांगठनिक र भावनात्मक रुपले यस संस्थाको यात्रामा पूर्णबिराम लगाएको कुरा दुःखका साथ अवगत गराउन चाहन्छु,’… पुरा पढौ