जापानको टोकियोमा सबैभन्दा महंगा नेपाली र्‍यापर दोङको लाईभ प्रस्तुति हुदै

-


     जनहित न्युज    
     मंसिर २१ गते २०८०


गज्जब इन्टरटेन्मन्टको प्रस्तुतिमा सबैभन्दा महंगा नेपाली र्‍यापरको प्रस्तुति रहने गरि नयाँ वर्षमा जापानको टोकियोमा दोङ लाईभ इन टोकियो हुने भएको छ।
र्‍याप सङ्गीतलाई मन पर्ने जापानबासी नेपाली युवालाई लक्षित गरि चर्चित रयापर दोङको लाईभ प्रस्तुति रहने गरि सिञ्जुकु र्‍याप गरिन लागेको आयोजक टिमका सचिन श्रेष्ठले जानकारी दिए।

‘नयाँ वर्ष २०२४ मा र्याप संगीतप्रेमी नेपाली युवालाई लक्षित गरि दोङ लाईभ इन टोकियो गर्न लागेका छौं।’ श्रेष्ठले भने – र्यापको सङ्गीतको वास्तविक तृष्णा मेटाउनका लागि कार्यक्रम सफल हुने भएकोले अहिलेदेखि नै समय मिलाउनका लागि अनुरोध गर्दछु ।

‘दश टाउके रावण’ दोङको चर्चित गीत हो । विदेशमा हुने एक शोमा प्रस्तुति दिएबापत दोङले राम्रै पारिश्रमिक लिने गरेका छन् । स्रोतका आए अनुसार उनले एक सोमा प्रस्तुति दिएबापत ५ हजार अमेरिकी डलर (६ लाख रुपैयाँ भन्दा बढी) लिने गरेका छन । दोङको देश विदेशबाट उच्च डिमान्ड रहेको छ ।

नयाँ वर्ष २०२४ को जनवरी ६ तारिख शनिबारका दिन बेलुका ५ बजेदेखि हुने उक्त कार्यक्रम जापानको टोकियो स्थित व्यस्त र सहज पहुँच भएको क्षेत्र सिन्जुकुको 1-21-1 Kabukicho Second Toa Kaikan Building B1, Shinjuku-ku, Tokyo, Japan मा हुने आयोजकले जानकारी दिएको छ ।
र्‍याप सङ्गीतका चर्चित कलाकार रहेका दोङको प्रस्तुति रहने भएकोले कार्यक्रम सफल रहने विश्वास आयोजक टिमले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?