सुस्ताएका पर्यटकीय क्षेत्रलाई ब्युझाउन सहयोगी बन्दै टिकटक एप्स

-


     रबिना बोहोरा    
     माघ २४ गते २०७८


पछिल्लो समय नेपालमा टिकटक एप प्रति मानिसहरुको रुची बढ्दै गएको छ । मनोरञ्जनका लागि तथा सूचना समाचारका लागि समेत यो माध्यम प्रभावकारी बन्दै गएको पाइन्छ । यस संगै टिकटकको माध्यमबाट सुस्ताएका पर्यटकीय क्षेत्र, ग्रामिण बस्ती तथा प्राकृतिक सौन्दर्यले भरिपुर्ण क्षेत्रहरुको प्रचार प्रसार संगै पर्यटकको आगमन बृद्धि गर्न पनि फाईदा पुगेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।
प्रतिभा प्रदर्शन गर्न, कलाकारिता, राजनीति देखि व्यक्तिगत समस्याका बिषय पनि टिकटक एप्समा अहिले छरपस्ट देख्न पाइन्छ । अहिले टिकटक सबैको रुचीको बिषय समेत बन्दै गएको छ । बागलुडका टिकटक प्रयोगकर्ता सन्दिप शर्मा पनि यस एपमा धेरै फोटो भिडियो बनाएर राख्छन् । ७२ हजार बढी फलोअर रहेका उनी नेपालका धेरै पर्यटकिय क्षेत्र घुमेर टिकटक भिडियो बनाउछन् । उनले बनाएका बागलुडका कयौँ पर्यटकिय क्षेत्रका भिडियो पनि यस एप्स मार्फत भाइरल बनेका छन् ।
केही नकरात्मक, विवादास्पद बिषयहरु संगै सकरात्मक काम पनि एस टिकटक एप्सबाट भएको देखिन्छ । टिकटकमा अभिनय गरी प्रख्यात भएका धेरै मानिसहरु छन् । तर अभिनय नभई प्राकृतिक सौन्दर्यलाई भिडियोमा कैद गरी बनाएका टिकटकले पनि विभिन्न पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसारमा सघाएको छ । गलकोट नगरपालिका ७ मल्म घर भई कालिका मन्दिर गेटमा व्यवसाय गर्दै आएकी देवी चोखालले टिकटक बनाउन मन्दिर धेरै आउने गरेको बताईन् ।
गण्डकी प्रदेशका जिल्लामा बागलुडको कालिका भगवती मन्दिर, एसियाकै लामो मानिएको बांगेचौर पांग जोड्ने पुल, पन्चकोट, ढोरपाटन, गाजा दह, कुँडुलेमा रहेको शालग्राम संग्राहलय, मुस्ताडको मुक्तिनाथ लगायतका क्षेत्र, म्याग्दीको पुनहिल, ग्रामिण बस्ती, पोखराको फेवाताल, सरांकोट, गुम्बा, टिकटकबाट झनै प्रख्यात बनेका छन् । यस टिकटक एप्समा नै भिडियो हरेर पनि जिल्ला घुम्न आउनेको संख्या पनि विस्तारै बढ्दै गएको स्थानीय व्यवसायीहरु बताउछन् । पर्यटन विकास समिति गण्डकी प्रदेशका महासचिव अर्जुन चोखालले यस एप्सले पर्यटन बिकासमा धेरै मद्दत पुगेकाले दीर्घकालिन योजना बनाउन आवश्यक रहेको बताए ।
कोरोना भाइरस संक्रमणका कारण पर्यटक विहिन बनेका क्षेत्रहरु अहिले क्रमश पर्यटकले भरिभराउ हुन थालेका छन् । टिकटक एप्स संगै फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालले पनि पर्यटकिय क्षेत्रको विकासमा टेवा पुराएकाले नकरात्मक भन्दा बढी सकरात्मक क्रियाकलापहरु राख्न बागलुडका स्थानीय नागरिकहरुले सुझाएका छन् ।डुडेलेक, बुद्धहिल, सहस्रधारा झरना, मचेरे गुफा लगायतका स्थानहरु सामाजिक सञ्जालकै कारण चिनिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?