फुकुओका /जापान । एनआरएनए जापान क्युस्यु क्षेत्रको संयोजकमा अर्जुन थापा निर्विरोध चयन भएका छन् ।
शनिबार (जुन ५ तारिख)भएको अधिवेशनबाट थापाको नेतृत्वमा सम्पूर्ण कार्यसमिति (२०२१ -२३) निर्विरोध निर्वाचित भएको हो । संयोजक थापा यसअघि को समितिमा सचिव पदमा कृयाशिल थिए ।
त्यस्तै गरि, उपसंयोजकहरुमा भीमबहादुर गुरुङ, विवेक बुढाथोकी, महिला उपसंयोजकमा कमला पाण्डे, सचिवमा कृष्णहरि पाठक, सहसचिवमा सुनील श्रेष्ठ, भीमबहादुर बुढाथोकी, कोषाध्यक्षमा केशवकुमार लामिछाने र सह-कोषाध्यक्षमा रिपु हरि सापकोटा चयन भएका छन् भने सदस्यहरुमा -अमृत भट्ट, प्रदीपकुमार राई, सुवास बहादुर बोहोरा, दिपक बहादुर शाही, महिला सदस्य कृष्णा बस्नेत र विद्यार्थी सदस्य सज्जन सुवेदी चयन भएका छन् ।