राष्ट्रिय समाचार

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । आजै बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । चार वर्षीय घिसिङको कार्यकाल आगामी साउन २४ गते सकिँदै थियो। तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो। डेडिकेटेड र ट्रंक लाइनका कारण घिसिङ विवादित बन्दै आएका छन्। उद्योगहरूको लाइन काट्ने विषयमा घिसिङ र सरकारबीच जुहारी चल्दै आएको छ।  पुरा पढौ

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटायो

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए । सरकारसँगको लामो द्वन्द्वपछि ऊर्जा मन्त्रालयले उनलाई पटकपटक ‘पदबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोधेको थियो ।अनलाइन खबरबाट पुरा पढौ

जनताले ‘असली पार्टी त माओवादी नै रहेछ’ भन्ने अनुभव गर्न थालेका छन- माओवादी अध्यक्ष प्रचण्ड

नेपाली जनप्रगतिशील मञ्च जापानले पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन ।आइतबार नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो गैरआवासीय नेपाली (एनआरएन) लाई नागरिकता दिने र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कार्य माओवादी केन्द्र नेतृत्वको सरकारले गरेको तथ्यलाई थप स्थापित गर्न आग्रह गर्दै सो कुरा व्यक्त गरेका हुन् ।जापानमा रहेको मञ्चले विश्व भर रहेका मञ्चहरूलाई थप सक्रिय गराउन र पार्टीले गरेका हरेक… पुरा पढौ

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर छ दशमलव एक म्याग्निच्यूडको भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको छ । खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ । भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिस समेत खुल्ला स्थानमा निस्केका थिए । करिब ७ सेकेन्ड हल्लाएको थियो भूकम्पले … पुरा पढौ

सभामुखलाई प्रचण्डले भने- रविको निलम्बनबारे पुनः मूल्यांकन गरियोस् (सम्बोधनको पूर्णपाठसहित)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई गरिएको निलम्बनबारे सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले सरकारले रविमाथि प्रतिशोध लिनेगरी देशभर दौडाइरहेको जिकिर गरे । ‘म सम्माननीय सभामुखलाई पनि निवेदन गर्न चाहन्छु, अदालतले धरौटीमा छाडेपछि पनि संसद्‍बाट रवि लामिछानेको निलम्बन कति संवैधानिक कति न्यायपूर्ण छ ? यसको पुनः मूल्यांकन गरियोस्,’ उनले भने । उनले अहिले सरकार प्रतिशोध साँध्ने कुरामा बलियो देखिएको, न्यायपालिकालाई नै धम्क्याएर फसाइ छाड्ने कसरतमा… पुरा पढौ

क्वान्टम कम्प्युटिङ: नयाँ युगको प्रविधि

क्वान्टम कम्प्युटिङ आजको समयमा संसारभरि चर्चित विषय बनेको छ। यसले कम्प्युटिङको भविष्यलाई नयाँ दिशा दिने अपेक्षाहरू राखिएको छ । कम्प्युटिङको इतिहासमा दुई प्रमुख युगहरू छन् । एक कन्साभनल कम्प्युटिङ (classical computing) जसले ० र १ मा आधारित रहेर काम गर्छ भने अर्को क्वान्टम कम्प्युटिङ एक नयाँ प्रविधि हो जुन क्वान्टम मेकानिक्सको सिद्धान्तमा आधारित छ । क्वान्टम मेकानिक्स एक शाखा हो जसले परमाणु र अणुको स्तरमा भइ रहेका घटनाहरूलाई अध्ययन गर्छ । यसको प्रयोग गर्दा कम्प्युटरहरू सामान्य कम्प्युटरहरू भन्दा धेरै छिटो… पुरा पढौ

महाकुम्भबाट फर्कंदै गर्दा दुर्घटनामा ज्यान गुमाउने पाँच नेपाली को हुन् ?

जलेश्वर । भारत, उत्तर प्रदेशको प्रयागराजस्थित महाकुम्भ मेलामा स्नान गरेर फर्कने क्रममा दुर्घटनामा परी पाँच नेपालीको मृत्यु भएको छ । महोत्तरीसँगै जोडिएको भारतको मधुवनीमा शनिबार दिउँसो स्कोरपियो दुर्घटनामा परी त्रिवेणीमा स्नान गरेर घर फर्कंदै गरेका पाँचजनाको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ का ६० वर्षीय बालकृष्ण झा, उनकी पत्नी ५० वर्षीया इन्दु देवी, महोत्तरीकै मनरासिश्वा नगरपालिका–२ की ५० वर्षीया मनतारन देवी र उनकी भान्जी धनुषाको गंगुलीकी ३० वर्षीया अर्चना झा हुन् । गाडीका… पुरा पढौ

वैदेशिक रोजगारमा वार्षिक साढे १४ प्रतिशत वृद्धि

काठमाडौं : सरकारले युवालाई स्वदेशमै टिकाउने योजनाअनुरूप विभिन्न नीति अवलम्बन गर्दै आए पनि बर्सेनि वैदेशिक रोजगारमा बाहिरिने युवाको संख्या झन् बढ्दै गएको छ। चालु आर्थिक वर्षको ६ महिनासम्ममा मात्रै ३ लाख ९३ हजार ६७ जना वैदेशिक रोजगारमा गएका छन्। यो कुल संख्यामध्ये नयाँ श्रम स्वीकृति लिएर २ लाख २५ हजार ६ सय २५ र १ लाख ६२ हजार ६ सय २८ पुनः श्रम स्वीकृति लिएर बिदेसिएका छन्। अझ बिदेसिने कुल संख्यामा पुरुषको हिस्सा ८९ प्रतिशत (६० हजार १ सय ५३) छ… पुरा पढौ

‘विदेशको ठाउँ काम गरुञ्जेल मात्र हुँदोरहेछ’

सर्लाहीको लालबन्दी नगरपालिका– १२, डप्कालीका देवराज पौडेल सानै उमेरमा परिवारलाई खुसी दिन वैदेशिक रोजगारीमा गए । खुसी दिन त टाढाको कुरा रोजगारीका क्रममा दुर्घटनामा परेर आधा शरीर नचल्ने भएर स्वदेश फर्किन बाध्य भए । उनी विगत तीन वर्षदेखि ह्विलचियरको सहारामा छन् । घरका एक मात्र सहारा उनको दुर्घटनापछि परिवारको बिचल्ली भएको छ । ७ माघ २०७७ मा उनी वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबिया गएका थिए । २९ पुस २०७८ को राति कामबाट फर्किएपछि उनी साथीसँगै बजार गएका थिए । बजारबाट फर्कने… पुरा पढौ

भल्कोटमा अझै जिवित छ बाइसे चौबीसे राजाका पालामा नाचिने ‘पुतली नाच’

निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ। बाइसे चौबीसे राजाका पालादेखि नाचिदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन्। पुतलीजस्तै बनेर नाचिने यो नाच महँगो पनि मानिन्छ। थरिथरि रङका कपडा पहिरिएरका बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन्। युवा पुस्तामा पुतली नाच संरक्षण गर्ने चासो बढेपछि बर्सेनि नाचको रौनक बढ्दै गएको छ। भल्कोटमा मात्र नाच्ने पुतली नाच उत्कृष्ट मौलिक संस्कृतिका रूपमा लिने गरिन्छ। पुतली नाचसँगै यस दिन कापै नाच, तरबार नाच र पट्टा नाच नाच्ने… पुरा पढौ