राष्ट्रिय समाचार

ओली खोज्दै जेन जी

जेनजी समुहले कमचलाउ प्रधानमन्त्री लुकेको भन्दै अहिले खोजिरहेको छ । केही समय पहिले पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवालाई उनकै निवासमा पुगेर समुहले कुटपिट गरेको थियो । त्यस लगतै ओलीको खोजि गरिरहेको हो । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडेका छन् । उनले पदबाट राजीनामा दिएको केही समयपछि सरकारी निवास बालुवाटारमा आगजनी र तोडफोड भएको थियो ।त्यसअघि नै ओली बालुवाटार छाडेर राजधानीकै बुढानीलकण्ठ नगरपालिकामा पर्ने शिवपुरी ब्यारेकमा गएको खुलेको छ । सेनाको हेलिकप्टरमार्फत बालुवाटारबाट उनी पत्नीसहित शिवपुरी गएका हुन् । उनलाई… पुरा पढौ

प्रधानसेनापतिले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानसेनापति अशोकराज सिग्देललले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।  जेनजी प्रदर्शन चर्किरहेका बेला नेपाली सेनाका प्रधानसेनापतिले देशवासीका नाममा सम्बोधन गर्नलागेका हुन्।  यसअघि सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाले संयुक्त वक्तव्य जारी गरी जेनजी प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेका थिए।  त्यसलगत्तै सेनाले आफ्नो एकल वक्तव्य जारी गरी सार्वजनिक सम्पत्ति तोडफोड नगर्न अनुरोध गरेको थियो। उक्त अनुरोधलगत्तै प्रधानसेनापतिको… पुरा पढौ

जेन जीद्वारा गलकोटमा प्रर्दशन, नगरपालिकाको होडिङ बोर्ड तोडफोड

जेन जी समुहले गलकोटमा प्रदर्शन तिव्र पारेको छ । जेन जी समुह गलकोटले आज गलकोट नगरपालिकाको कार्यालयको होडिङ बोर्डहरु फाल्ने तथा तोडफोड गरेको छ । समुहले गलकोट नगरपालिका वडा नम्वर ६ मा अवस्थित गलकोट नगरपालिकाको कार्यालयमा गएर कार्यालयको सम्पूर्ण होडिङ बोर्डहरु फाल्ने तथा तोडफोड गरेको हो । गलकोट नगरपालिका वडा नम्वर ३ को हटिया बजारको जिपपार्कदेखी सुरु भएको जेन जीको प्रदर्शन हटिया बजार परिक्रमा गरी गलकोट नगरपालिका वडा नम्वर ६ हुँदै गलकोट नगरपालिका वडा नम्वर ५ हरिचौरमा अवस्थित ईलाका प्रहरी… पुरा पढौ

जेनजीलाई संवादमा आउन राष्ट्रपतिको अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलरत जेनजी पुस्तालाई संयमित भएर वार्तामा आउन अपिल गर्नुभएको छ।उहाँले लोकतन्त्रमा नागरिकले उठाएका माग वार्तार संवादबाट समाधान गर्न सकिने बताउनुभएको छ। राष्ट्रपतिले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सबै नागरिकलाई सहयोग गर्न अनुरोध गर्नुभएको छ।२४ भदौ, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलरत जेनजी पुस्तालाई आपिल गरेका छन् ।‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्तार संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु,’ राष्ट्रपतिले भनेका… पुरा पढौ

नेपाली सेनाले गर्‍यो संयमता अपनाउन अपिल

नेपाली सेनाले देशको परिस्थिति थप जटिल नबनाउन विशेष अनुरोध गरेको छ।  नेपाली सेनाले वक्तव्य जारी गर्दै विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको दायित्व भएकाले विद्यमान परिस्थितिलाई थप जतिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकताmलाई कायम राख्दै संयमित हुन युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको हो।  सेनाले भनेको छ, ‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध… पुरा पढौ

प्रदर्शनपछि जेनजीले मनाउन थाले विजय उत्सव

२४ भदौ, काठमाडौं । सोमबार र मंगलबार दिनभर उग्र प्रदर्शन गरेका जेनजी प्रदर्शनकारीहरूले अहिले विजय उत्सव मनाउन थालेका छन् । सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु गरिएको प्रदर्शन हिंसात्मक बनेपछि सोमबार १९ जनाको मृत्यु भएको थियो । त्यसपछि झनै आक्रोशित भएका जेनजी युवाहरू आज पनि प्रदर्शनमा उत्रिएका थिए । सरकारले लगाएको कर्फ्यू आदेशको वास्तै नगरी अघि बढेका उनीहरूले सिंहदरबारसहित देशका प्रमुख प्रशासनिक कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । अहिले पनि कतिपय ठाउँमा प्रदर्शन रोकिएको छैन । पुरा पढौ

देश तपाईंहरूकै हातमा हो, अब घर फर्किनुस् : बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी पुस्ताका प्रदर्शनकारीलाई खर फर्कन पुन: अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले अब देश नयाँ पुस्ताको हातमा आइसकेको भन्दै अब हुने क्षति सबैको हुने बताएका छन्। ‘देश तपाईंहरुकै हातमा हो। तपाईंहरुले नै बनाउने हो,’ अपिलमा बालेनले भनेका छन्, ‘अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो। अब घर फर्किनुहोस्।’ पुरा पढौ

जेनजीको अपीलः नयाँ सरकारको तयारी भइरहेको छ, सार्वजनिक सम्पत्तिमा थप क्षति नपुर्‍याऊँ

जेनजी आन्दोलनले सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन भन्दै अपील जारी गरेको छ । आन्दोलनको परिणामस्वरूप सरकारले घुँडा टेकिसकेको हुँदा परिस्थितिले नयाँ राजनीतिक निकासको बाटो खोलेको अपीलमा उल्लेख छ । सार्वजनिक अपीलमा भनिएको छ, ‘अब यो देश हाम्रो नेतृत्वमा आएको छ, सार्वजनिक सम्पत्ति हामी सबैको सम्पत्ति हो । त्यसैले आन्दोलनमा संलग्न साथीहरुलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन हार्दिक अनुरोध गर्दछौं ।’ नागरिक सरकार र नयाँ राजनीतिक मार्गनिर्देशनको तयारी भइरहेको पनि अपीलमा उल्लेख गरिएको छ । ‘हाम्रो न्यूनतम अडान सर्वस्वीकार्य व्यक्तिको… पुरा पढौ

जेनजीको कब्जामा सिंहदरबार

देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार जेनजी युवाहरूले कब्जा गरेका छन् । आक्रोशित युवाहरूको समूहले सिंहदरबारको मूल गेट फोडेर भित्र पसेका थिए । अहिले सिंहदबारभित्र थुप्रै युवाहरू प्रदर्शनरत छन् । उनीहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीष नेताविरुद्ध नारावाजी गर्दै आक्रोश पोखिरहेका छन् ।अनियन्त्रित बनेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सिंहदरबारमा पछि हटेको छ । सिंहदरबारको माथिको आकाशमा आगो मुस्लो उडिरहेको देखिन्छ । सिंहदरबारभित्र रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य मन्त्रालय तथा विभागहरूमा आगजनी गरेका छन् । पुरा पढौ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आगजनी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आन्दोलनकारीले आगजनी गरेका छन् । मंगलबार भंगालस्थित निवासमा आगजनी गरेका हुन् ।  “निवासमा आगजनी भएको छ । उहाँलाई सुरक्षित स्थानमा राखिएको छ,” स्वकीय सचिव राजकुमार राईले भने । पुरा पढौ