
जापानले कोरोनाभाइरसको ओमिक्रोन संस्करणको फैलावटलाई रोक्नको लागि नववर्षको शुरुवातसम्म प्रवेश नियमहरू कडाइ गर्ने प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन ।
सरकारले विश्वव्यापी रूपमा फैलिएको ओमिक्रोनलाई जापानमा रोक्नको लागि नयाँ सिइओ भएका विदेशी आगन्तुकहरूलाई प्रतिबन्ध लगाउने र रिइंट्री रहेका जापानी नागरिकहरू र विदेशी बासिन्दाहरूलाई सरकारले तोकिएका सुविधाहरूमा क्वारेन्टाइनमा राख्न आवश्यक पर्ने नियमहरूलाई पालना गराउदै प्रवेश अनुमति दिने कार्यलाई यस वर्षको अन्त्यसम्म जारी राखिने किशिदाले बताए ।
ओमिक्रोन भेरियन्टको थप विवरण नआएसम्म सरकारले यहि नोभेम्बरको ३० मा जारी गरिएको नियमलाई निरन्तरता दिने किशिदाले पत्रकारहरूसँग भने, “हामी वर्षको अन्त्य र नयाँ वर्ष (बिदा) पछिको अवस्था अध्ययन गर्नेछौं र थप कदम चाल्नेछौ ।”
शुक्रबार नै किशिदाले कोरोनाभाइरस खोपको तेस्रो डोजलाई द्रुत गर्ने योजनाको घोषणा गरेका छन।
जापानभरि कोरोनाभाइरस ओमिक्रोन भेरियन्टको संक्रमण उच्च हुनसक्ने रिपोर्ट प्राप्त भैरहेको र समुदायमा फैलिएको आशंकाको बारेमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन । विश्वव्यापी रूपमा अत्यधिक संक्रमणीय र पुन: संक्रमणको उच्च जोखिम भएको रिपोर्ट पनि पाउन लागिएको बताईएको छ।हालसम्म जापानमा ६५ जनामा ओमिक्रोन संक्रमण भएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।