जापानले एयरलाइन्सलाई दैनिक उडान बुकिङको डाटा बुझाउन आग्रह

-


     जनहित न्युज    
     मंसिर १९ गते २०७८


जापानलाई ओमिक्रोन कोरोनाभाइरस संक्रमणबाटलाई बाहिर राख्ने प्रयासलाई थप कडाइ गर्दै यातायात मन्त्रालयले सबै वायु सेवा निगमलाई हरेक दिन अन्तर्राष्ट्रिय उडानहरूको बुकिङ तथ्यांक अनिवार्य पेश गर्न भनेको छ ।
सरकारले यस महिना विदेशबाट आउने यात्रुको संख्या दैनिक ५ हज़ारबाट घटाएर ३,५०० भित्र सिमित बनाएपछि जापान जाने प्रत्येक उडानको रिजर्भेसन संख्या सहित अद्यावधिक जानकारीको लागि अनुरोध गरिएको हो।

केही समयअघिसम्म मन्त्रालयले अन्तर्रा्ष्ट्रिय उडान सञ्चालन गर्ने वायुसेवा कम्पनीलाई हप्तामा एकपटक यस्तो तथ्याङ्क बुझाउन भनेको थियो तर अब माघ ३१ गतेसम्म दैनिक रुपमा बुझाउन भनिएको स्रोतले जनाएको छ ।
नयाँ भेरियन्टको उदयसँगै जापानले सैद्धान्तिक रूपमा संसारभरका विदेशीहरूले सबै नयाँ आगन्तुकहरूलाई प्रतिबन्ध लगाएको छ। तर जापानले सीमित संख्यामा जापानी नागरिक र विदेशी रि-इंट्री र डिपेन्डेन्टलाई दैनिक सीमा प्रयोग गरी देशमा प्रवेश गर्न अनुमति दिएको छ।

डिसेम्बरको अन्त्यसम्ममा जापान जाने उडानका लागि रिजर्भेसनहरू बन्द गर्न मन्त्रालयको आह्वानले गर्दा नयाँ वर्षको बिदामा मनाउन घर फर्कने योजना बनाईरहेका नागरिकहरूमा भ्रम र आक्रोश पैदा गरेको थियो। मन्त्रालयले बिहीबार गरेको सो अनुरोध फिर्ता लिन बाध्य भएको थियो र ३५ सय जना दैनिक भित्रयाउन आरक्षण अनुमति दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?