पछिल्लो समय एनआरएनए को दुइ पक्षबीचको झगडाको मिलापत परै जाओस्, तर “काम कुरो एकातिर, कुम्लो बोकी ठीमी तिर ” भनेझैं, एकथरीलाई बेमौसमी चुनाव र अधिवेशनको हतारो छ भने अर्काथरी देश विदेशका गल्ली–गल्लीमा बरालिँदै छरपस्ट भेला हुने धन्दामै रमाइरहेका छन्। विदेशमा रातदिन पसिना बगाएर, बिहान–बेलुका मुख जोर्ने संघर्ष गर्दै प्रवासी नेपालीहरूले एनआरएनए को नाममा पठाएको करोडौं रुपैयाँको कुनै ठोस हिसाब छैन। एनआरएनएको BLD को अवस्था अन्योलमै छ, लाप्राकमा बनेका घरहरू प्रयोगविहीन हुँदै जिर्ण बन्दैछन्। ती संरचनालाई पुनः उपयोगमा ल्याउने कुनै स्पष्ट…
पुरा पढौ