एनआरएनए समाचार

मेरा एजेण्डा सबै राजनीतिक दलहरुले स्वीकारेका छन्ः आरके

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार आरके शर्माले आफूले उठाएका एजेण्डाहरुलाई सबै राजनीतिक दलहरुले स्वीकारेको बताएका छन् । उनले आफू कुनै खास राजनीतिक दलको समर्थनमा एनआरएनए अध्यक्षको उम्मेदवार नबनेको भन्दै सबैले स्वीकारेको एजेण्डा बोकेकै कारणले सद्भाव भने सबैको रहेको पष्ट पारे ।‘मेरा एजेण्डा सबै राजनीतिक दलहरुले स्वीकारेका एजण्डा हुन्’, मंगलबार राति विश्वभरका मतदातासँग आयोजित परिचयात्मक जुम बैठकमा उनले भने, ‘म कुनै पनि राजनीतिक दलको समर्थनमा आएको होएन । म सक्रिय राजनीतिक कार्यकर्ता पनि होइन ।’ उनले… पुरा पढौ

आरके शर्माको पक्षमा समर्थन बढ्दै, खुलेर लाग्न थाले अभियन्ताहरु

काठमाडौँ । एनआरएनएको निर्वाचनमा उम्मेदवारी दर्ताको कार्य सम्पन्न भएसँगै चुनावी माहोल ह्वात्तै बढेको छ । अध्यक्षमा चार जनाको उम्मेदवारी पर्दा मध्यपूर्वबाट उम्मेदवार बनेका आरके शर्माको पक्षमा माहोल तातिन थालेको छ । पहिलो पटक मध्यपूर्वबाट नेतृत्वका अवसर आएको भन्दै मध्यपूर्वका डेलिगेट्सहरु एकमत देखिएका छन् भने आरकेलाई नेतृत्व दिनुपर्ने भन्दै युरोप, अमेरिकालगायका क्षेत्रका डेलिगेट्स पनि उत्तिकै सक्रिय देखिन्छ । जसका कारण चुनावमा आरकेको पल्ला भारी देखिएको अभियन्ताहरु बताउँछन् ।उसो त आरकेको टिम समावेशी देखिएको छ भने उनलाई कांग्रेसदेखि कम्युनिस्टसम्मका अभियन्ताहरुले साथ दिएका… पुरा पढौ

‘एनआरएनए डे’ को अवसरमा एनआरएनए जापानद्वारा कार्यक्रम सम्पन्न, विद्यार्थीलाई ‘जापानी स्कूल ब्याग’ वितरण

काठमाडौँ । एनआरएनए डे (एनआरएनए दिवस) को अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नेपालका विभिन्न पालिकामा रहेका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई जापानी स्कूल ब्याग वितरण गरेको छ । राजधानीको इन्द्रेणी स्टुडियोमा आयोजित औपचारिक कार्यक्रममा शुभकामना आदानप्रदानका साथ विभिन्न जिल्लाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला हस्तान्तरण गरिएको हो । एनआरएनए जापानका प्रवक्ता खगराज गौतमका अनुसार विद्यालयहरुलाई स्थानीय तहका जनप्रतिनिधि र अन्य प्रतिनिधिमार्फत झोला हस्तान्तरण गरिएको हो । विभिन्न पालिका मातहतका १२ विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वितरण गर्ने गरी प्राप्त कुल ५००… पुरा पढौ

नेपाली कम्युनिटी लम्रिकद्वारा शुभकामना आदान-प्रदान तथा सांगीतिक कार्यक्रम गर्ने

नेपालीहरुको महान पर्व वडा दशै तथा शुभ दिपावलीको अवसरमा नेपाली कम्युनिटी लम्रिकद्वारा शुभकामना आदान-प्रदान तथा सांगीतिक कार्यक्रम गर्ने भएको छ। नेपाली परम्परा र संस्कृतिको जगेर्ना गर्ने उदेश्य सहित GREAT NATIONAL SOUTH COURT HOTEL को हलमा आयोजना गर्न लागिएको यस कार्यक्रममा पारिवारिक भेटघाट, शुभकामना आदान-प्रदानको साथमा सांगीतिक प्रस्तुति समेत रहने संस्थाका अध्यक्ष प्रेम सापकोटाले जानकारी दिए। हाम्रा अभिभावक साथै हाम्रा साना नानी बाबु सहितको उपस्थिति रहने कार्यक्रममा दशैको सामाजिक र सांस्कृतिक महत्वको विषयमा समेत जानकारी गराउदै जन्मभूमिमा दशै तथा शुभ दीपावली… पुरा पढौ

जापानमा नेपाली समुदायका हकहित, सुरक्षा र सहयोगका लागि नेपाली दूतावास र एनआरएनए जापानले मिलेर कार्य गर्ने

जापानमा नेपाली समुदायका हकहित, सुरक्षा र सहयोगका लागि नेपाली दूतावासले एनआरएनए जापानसंग विगतदेखि गर्दै आईरहेको सहकार्यलाई निरन्तरता दिदै मिलेर कार्य गर्न पूर्ण प्रतिबद्ध रहेको जनाएको छ ।जापानका लागि नेपाली राजदूतावास टोकियो जापानले शनिबार एनआरएनए जापानको नवनिर्वाचित राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी र सदस्यहरूको लागि आयोजना गरेको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा राजदूत डा दुर्गाबहादुर सुवेदीले उक्त प्रतिवद्दता व्यक्त गरेका हुन ।एनआरएनए जापान र दूतावासका बिचको सहकार्य र सुसम्बन्धका कारण जापानस्थित नेपाली समुदाय, विश्वभरका नेपाली माझ र देशमा पनि सकारात्मक सन्देश गएको… पुरा पढौ

नेपाली श्रमिकहरुको हकहितका लागि १० करोड रुपैंयाँ बराबरको कोष खडा गर्ने एनआरएनए अध्यक्षका प्रत्यासी महेश श्रेष्ठको प्रतिबद्धता

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेश कुमार श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकहरुको हकहितका लागि १० करोड रुपैंयाँ बराबरको कोष खडा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मध्यपूर्व र एसियाका देशहरुको भ्रमणका क्रममा कुवेत पुगेका उनले नेपाल सरकार, वैदेशिक रोजगार व्यवसायी संघ र दातृ निकायसंग समन्वय गरी कम्तीमा रु १० करोडको श्रमिक कल्याण कोष खडा गर्ने प्रतिबद्धता जनाएका हुन् । त्यस्तै उनले एनआरएनए राहत कोषमा पाँच लाख रुपैयाँ अनुदान दिने पनि घोषणा गरे । ‘मध्यपूर्व साथै एसियाका… पुरा पढौ

रुपान्तरण सहितको साझा एनआरएनए बनाउन एसिया प्यासिफिकको संयोजकमा जापानबाट डिपी कंडेलको उम्मेदवारी

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए आईसीसी) आगामी कार्यकाल सन २०२३ – २५ मा जापानबाट व्यवसायी तथा एनआरएनए अभियन्ता दण्डपाणी कंडेल (डिपी)ले एसिया प्यासिफिक संयोजक पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नेपाल सरकार, गन्तव्य मुलुकस्थित कूटनीतिक नियोग, दूतावास लगायतसँग सहकार्य गर्ने योजनासहित कँडेलले रुपान्तरण सहितको साझा संस्था,परिवर्तनको लागि मेरो आवश्यकता”-भन्ने नाराका साथ एसिया प्यासेफिक संयोजक पदमा उम्मेद्वारी दिने बताएका हुन् ।तहगत रुपमा आफ्नो क्षमता,समय र परिस्थिति अनुकुल पदहरुमा रहँदै एनआरएनए तथा… पुरा पढौ

भिजन लिएर एनआरएनएको नेतृत्वलाई अगाडि बढेको छुः अध्यक्ष प्रत्यासी आरके शर्मा

माल्टा,गैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामी महाधिवेशनमा अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार (आरके)शर्माले सच्चा भिजनमा हिडेकाले यसपाली नेतृत्वमा पुग्ने विश्वास व्यक्त गरेका छन ।एनआरएनएलाई सहि दिशा र गति दिनको लागि सहि भिजन बोकेर हिंडेको भन्दै यसपाली आफुलाई नेतृत्वमा प्रतिनिधिले चुन्नेमा ढुक्क भएको बताएका हुन । उनी एनआरएनएका वर्तमान उपाध्यक्ष हुन । ‘पैसा, प्रभावले चुनाव जित्छु भनेर कसैले नसोचे हुन्छ’, माल्टाको एमसिदामा बुधवार साँझ आयोजित छ़लफलमा कार्यक्रममा उनले भने, ‘एनआरएनए पवित्र संस्था हो, संस्थालाई विवाद होइन एकताबद्ध बनाउन सच्चा भिजन लिएर चुनावी… पुरा पढौ

एनआरएनए एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले गरिन् उम्मेदवारी घोषणा

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन्।  एनआरएनए अभियानमा लामो समयदेखि आबद्ध गुरुङले एनआरएनए एसिया प्यासिफिक महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। काठमाडौँमा यही अक्टोबर १७ देखि २० सम्म हुन गैरहेको ११औं अन्तर्राष्ट्रिय महाधिवेशनमा  एसिया प्यासिफिक महिला संयोजक पदमा आफुलाई सहयोग गर्न एनआरएन अभियन्ताहरूलाई गुरुङले अपिल गरेकी छन्। उनले विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पूँजीको परिचालन गर्दै नेपालको विकासमा योगदान गर्ने सोचलाई कार्यान्वयन… पुरा पढौ

श्रमिक मजदुरहरुको सदस्यता शुल्क उठाएर अनावश्यक रुपमा खर्च नगर्ने एनआरएनए अध्यक्षका प्रत्यासी आरके शर्माको प्रतिबद्धता

ग़ैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामीमहाधिवेशनका अध्यक्षका प्रत्याशी राजेन्द्र कुमार (आरके) शर्मालेएनआरएनए भड्किलो बन्दै गएको भन्दै कार्यक्रमहरु तारेहोटलमा नगरी रत्नपार्कमा गर्नुपर्ने प्रस्ताव गरेका छन् । एनआरएनए स्पेनका प्रतिनिधि (डेलिगेट्स)संग बार्सिलोनामा मंगलवार साँझ छलफल गर्दै श्रमिक मजदुरहरुको सदस्यता शुल्क उठाएर अनावश्यक रुपमा खर्च गर्न नहुनेमा जोड दिएका हुन् । ‘परदेशका श्रमिक मजदुरहरुको सदस्यता शुल्क उठाएर अनावश्यक रुपमा खर्च गर्न हुदैन भन्ने पक्षमा म छु’, एनआरएनएका उपाध्यक्ष समेत रहेका शर्माले प्रस्ताव गरें’, ‘एनआरएनएका कार्यक्रमहरु तारे होटलमा हैन रत्नपार्कमा गरौंभन्ने मेरो लाइन छ, म अध्यक्ष भएमा यस्ता भड्किला कार्यक्रमहरुहुने छैनन्, फजुल अनावश्यक खर्च रोक्ने छु ।’ १७ अक्टुवरबाट एनआरएनएको ११ औं महाधिवेशन शुरु हुदैछ ।एनआरएनएलाई मितव्ययी र पारदर्शी बनाउनुका साथै आवश्यकभन्दा अरु क्षेत्रमा खर्च गर्न नहुनेमा आफु सुरुदेखि भएको बताउँदै खाड़ी देखि युरोप अमेरिकाका श्रमिकहरुको हितमा काम गर्नेआफ्नो मुख्य उद्देश्य रहेको दोहोर्याए । महंगा होटलमा लाग्ने खर्च कटाएर सामान्य खर्चमा एनआरएनएका कार्यक्रमहरु गरीश्रमिकको हितको लागि काम गर्नुपर्ने आवश्यकता औंल्याए । शर्माले एनआरएनएलाई एकताबद्ध र सबै परदेशी नेपालीको साझा संस्था बनाउनको लागि अध्यक्षको उम्मेदवारी घोषणागरेर अघि बढेको बताए । ‘एनआरएनएको अध्यक्ष बनेर फ़ोटो झुण्ड्याउन जाँदैछैन, पछिल्लो समयमा विभाजित एनआरएनएलाई एकढिक्का र सबैपरदेशी नेपालीको साझाबनाउन नेतृत्वक दाबी गरेको हुँ आशा छ सबैको साथ पाउने छु ।’ शर्माले भने । एनआरएनए स्पेनका अध्यक्ष पेशल कोइरालाको अध्यक्षतामाभएको कार्यक्रममा एनआरएनए युरोपका उप संयोजक चित्र सुवेदी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा एनआरएनए स्पेनका प्रतिनिधि (डेलिगेट्स) तथा नेपाली समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । अध्यक्षका प्रत्याशी शर्मा शनिवार चेक रिपब्लिक, आइतबार डेनमार्क, सोमवार विहान जर्मनी हुदै साँझ पोर्तुगलका प्रतिनिधि(डेलिगेट्स)संग छलफलमा सहभागि भएर स्पेन पुगेका हुन् । शर्माले कर्मभूमि कतारमा विशाल कार्यक्रम गरि अध्यक्षपदमा उम्मेदवारी घोषणा गरेर अघि बढेका छन् । पुरा पढौ