
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्ष पदमा सन्तोष कुँवरले उम्मेदवारी घोषणा गरेका छन् ।
संघको आगामी कार्यकाल २०२५–२०२७ का लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका कुवँर बर्तमान महासचिव समेत हुन् ।
उनले लामो समयदेखि एनआरएनए अष्ट्रेलियामा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन् ।
कुवँरले राज्य समन्वय परिषद्का सचिव, राज्य संयोजक २०१७–२०१९, आईसीसी सदस्य २०१९–२१ र ओसेनिया क्षेत्र उप–संयोजक २०२१–२३ रुपमा समेत काम गरेका थिए ।
करिब एक दशकदेखि संस्था भित्रको यात्रामा आफुले संस्थालाई संस्थागत, प्रविधिमैत्री, आर्थिक पारदर्शी र सरकारी संयोजनमै प्रभावकारी बनाउनेतर्फ उल्लेखनीय योगदान दिएको दाबी गरेका छन् ।
‘विद्यार्थीका रूपमा अष्ट्रेलिया आएको म आज एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदसम्म उम्मेदवारी दिने मोडमा पुगेको छ,’ कुँवरले भने,‘संस्थाको दिगो विकास र श्रोत उपयोगमा मेरो भूमिका स्पष्ट छ।’
उनको एजेन्डामा द्विपक्षीय लगानी, अनुदान संकलन, दोस्रो पुस्ता समावेशीकरण, च्यारिटी पारदर्शिता, उद्यमशिलता प्रवद्र्धन लगायतका विषय प्राथमिकतामा परेका छन् ।
दुई वर्षका कार्ययोजनाहरू समेत तयार पारेको भन्दै उनले नेपाली समुदाय, अग्रज, मित्र र शुभेच्छुकहरूबाट सुझाव, साथ र समर्थनको अपील समेत गरेका छन् ।
एनआरएनए अस्ट्रेलियामा आगामी २६ तारिख नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ।



