राजधानी भित्र यात्रा गर्ने टोकियोवासीहरूलाई सरकारले ट्राभल सब्सिडी दिने

- जापानको टोकियो महानगर सरकारले "प्रति टेबल आठ जनासम्म" रहने नियम हटाउदै

-


     जनहित न्युज    
     जेठ ७ गते २०७९


टोकियो महानगर सरकारले आफ़नो कोभिड-१९ संक्रमणको “अलार्म अवधि” समाप्त गर्दै जापानको राजधानीका रेष्टुरेण्टहरूले कोरोनाभाइरस नियन्त्रण र रोकथामका सघन उपायहरू अवलम्बन गर्नका लागि हालको लागु गरिएको “प्रति टेबल आठ जनासम्म” सम्म मात्र रहने नियमलाई मे २२ पछि हटाउने भएको छ ।
गोल्डेन विक बिदाको पछिको अवधिमा संक्रमण फैलिने जुन अनुमान गरिएको थियो त्यो नभएको,संक्रमणको दर निकै कम रहेको छ लगायतका कारणले गर्दा मे २० मा सम्पन्न महानगरीय सरकारको कोरोनाभाइरस टास्क फोर्सको बैठकले टोकियो महानगर सरकारले आफ़नो “अलार्म अवधि” समाप्त गर्ने निर्णय गरेको गभर्नर युरिको कोइकेले बताईन ।
“अहिलेदेखि हामी आधारभूत रोकथामका उपायहरू अवलम्बन गर्दै संक्रमण समावेश गर्ने चरणमा जान चाहन्छौं।” उनले भनिन-राजधानीको कोभिड-१९ बिरामीको अस्पतालमा शैयाको ओपेन्सी दर झन्डै १५ प्रतिशतमा झरेको र मेडिकलमा तनाव नरहि हेरचाह प्रणाली सहज भएको छ।
महानगरीय सरकारले प्रमाणित गरेका रेष्टुरेण्ट तथा प्रतिष्ठानहरूको लागि प्रति टेबल आठ व्यक्तिको नियम पालना गर्न गरिएको अनुरोध हटाउनेछ, तर गैर-प्रमाणित रेस्टुरेन्टहरूले उनीहरूलाई प्रति टेबल चारमा ग्राहक राख्ने र राती ९ बजेपछि मदिरा सेवा बन्द गर्नेलाई निरन्तर रहने र बासिन्दा र व्यवसायहरूलाई टाढाको काम र भीडको समयमा दुरी कायम सहित पूर्ण आधारभूत संक्रमण रोकथाम उपायहरू पालना आग्रह गर्न भने जारी राखिने निर्णय बैठकमा भएको जापानी समाचार माध्यमहरूले उल्लेख गरेका छन ।
यसैबीच, राजधानी भित्र यात्रा गर्ने टोकियोवासीहरूलाई लक्षित गर्दै महानगरीय सरकारको ट्राभल सब्सिडी कार्यक्रम जुनको अन्त्यसम्ममा आंशिक रूपमा सुचारु गर्ने भएको छ । यस कार्यक्रम अन्तर्गत टोकियो सरकारले तेस्रो कोभिड-१९ खोप लिएकाहरूको लागि आवास र यात्रा खर्चको केही अंश व्यहोर्ने छ । सामाजिक कार्यलाई नियमितता दिन र पर्यटन व्यवसायलाई सक्रिय पार्नको लागि महानगरीय सरकारले केहि दिनमा थप योजनाहरू घोषणा गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?