कला / साहित्य

बाढीपीडित सहयोगार्थ ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ २०२६’ टोकियो र ओसाकामा हुँदै

सुदूरपश्चिमेली नेपाली समाज जापानले बाढीपीडितहरूको सहयोगार्थ जापानका विभिन्न शहरमा ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ २०२६’ आयोजना गर्ने भएको छ। कार्यक्रमअन्तर्गत टोकियो र ओसाकामा मुख्य सांस्कृतिक कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढाइएको समाजले जनाएको छ। “हाम्रो संस्कृति, हाम्रो पहिचान — बाढीपीडितका लागि हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रममा सुदूरपश्चिमको मौलिक कला, संस्कृति, भाषा, भेषभूषा र सांगीतिक पहिचानलाई प्रवर्द्धन गर्दै प्राकृतिक विपद्बाट प्रभावित परिवारका लागि सहयोग जुटाउने उद्देश्य राखिएको छ। टोकियोमा कार्यक्रम अक्टोबर ११, २०२६ आइतबार साँझ ५ बजेदेखि… पुरा पढौ

गल्कोट समाज टोकियोको तिज सांगीतिक उत्सवबाट सङ्कलित ५ लाख १८ हजार १११ येन रसुवा बाढीपीडितलाई सहयोग गरिने

प्रवासमा रहेर पनि मातृभूमिमा आइपरेको विपत्तिमा सहयोग गर्ने उद्देश्यसहित गल्कोट समाज जापान, टोकियो क्षेत्रीय समितिले आफ्नो तिज सांगीतिक उत्सवको टिकट तथा दर्शकहरूबाट सङ्कलित सम्पूर्ण रकम रसुवाका बाढीपीडितहरूलाई सहयोग गर्ने घोषणा गरेको छ। गल्कोट समाज जापान टोकियो क्षेत्रीय समितिका अध्यक्ष तथा तिज सांगीतिक उत्सवका सभापति ईश्वर बस्नेतका अनुसार कार्यक्रममा सहभागी दर्शकहरूबाट स्वेच्छाले प्रदान गरिएको ३०,१११ येन र टिकट बिक्रीबाट उठेको ४८८,००० येन गरी कुल ५,१८,१११ जापानी येन रसुवाका बाढीपीडितका लागि हस्तान्तरण गरिने भएको छ। देशमा गएको प्राकृतिक विपत्तिका कारण रसुवा जिल्लामा… पुरा पढौ

अनेसास जापानको ८४औँ शृङ्खला सम्पन्न: अग्रज साहित्यकार सुष्मा ओमातालाई ‘दीर्घ साहित्य साधना सम्मान’ अर्पण

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले टोकियोमा एक विशेष कार्यक्रमको आयोजना गरी आफ्नो ८४औँ नियमित साहित्य शृङ्खला भव्य रूपमा सम्पन्न गरेको छ। अनेसासकी बोर्ड अफ ट्रस्टी सदस्य, अग्रज साहित्यकार एवं सितार वादक सुष्मा शाह ओमाताको ८४औँ वर्ष प्रवेश र संस्थाको ८४औँ शृङ्खलाको दुर्लभ संयोग पारेर उक्त कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा सुष्मा ओमातालाई नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकास तथा विस्तारमा पुर्‍याउनुभएको अनवरत योगदानको उच्च कदर गर्दै ‘अनेसास जापान दीर्घ साहित्य साधना सम्मान २०८३’ अर्पण गरिएको छ। संस्थाका सदस्य… पुरा पढौ

गल्कोट समाज टोकियोको ‘तिज धमाका २०२६’ आगामी सेप्टेम्बर १० मा, राष्ट्रिय कलाकारको विशेष प्रस्तुति रहने

टोकियो, जापान । गल्कोट समाज जापान क्षेत्रीय समिति टोकियोले हरितालिका तिजको अवसरमा आगामी सेप्टेम्बर १० तारिख टोकियोमा भव्य सांस्कृतिक कार्यक्रम 'तिज धमाका २०२६' आयोजना गर्ने भएको छ। संस्थाका अध्यक्ष ईश्वर बस्नेतका अनुसार नेपाली कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने मुख्य ध्येयका साथ कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपालबाट आमन्त्रित लोकदोहोरी तथा तिज गीतका चर्चित राष्ट्रिय कलाकारका साथै जापानमै रहेका स्थानीय कलाकारहरूको विशेष साङ्गीतिक प्रस्तुति रहनेछ। संस्थाले विदेशमा आयोजना गरिने यस्ता कार्यक्रमले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूबीच आपसी सद्भाव… पुरा पढौ

अनेसास जापानको ८३औँ नियमित साहित्य शृङ्खला: कवि अमृता स्मृतिसँग विशेष अन्तरक्रिया र रचना वाचन हुने

टोकियो, जापान – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले आफ्नो नियमित साहित्य शृङ्खलालाई निरन्तरता दिँदै ८३औँ शृङ्खला आयोजना गर्ने भएको छ। यसपटकको कार्यक्रममा विशेष अतिथि र वक्ताका रूपमा अनेसास हवाई च्याप्टरकी अध्यक्ष तथा चर्चित कवि अमृता स्मृति रहनेछिन्। यही आगामी ७ जुन २०२६, आइतबारका दिन आयोजना हुन लागेको यस विशेष कार्यक्रममा कवि अमृता स्मृतिसँगको अन्तरक्रियाका साथै खुला रचना वाचनको समेत कार्यक्रम रहेको छ। साहित्य अनुरागीहरूका लागि सिर्जना सुनाउने र सुन्ने एक गतिलो मञ्चका रूपमा रहने उक्त कार्यक्रममा उपस्थित हुनका… पुरा पढौ

जापानबाट गायिका बाला दुराको ‘लमजुङे सोल्टिनी’ सार्वजनिक: प्रवासमा बसेर नेपाली लोक संगीतको जगेर्ना

टोकियो, जापान – जापानलाई आफ्नो कर्मथलो बनाउँदै आएकी लोकप्रिय गायिका बाला दुराले नयाँ लोक दोहोरी गीत ‘लमजुङे सोल्टिनी’ को म्युजिक भिडियो बजारमा ल्याएकी छिन्। लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली लोक कला र संस्कृतिको उत्थानमा सक्रिय दुराले आफ्नो पछिल्लो सिर्जना आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन्। वरिष्ठ सर्जक शिव हमालको उत्कृष्ट शब्द र मौसम गुरुङको संगीतमा तयार पारिएको यस गीतमा गायिका दुरालाई गायक मौसम गुरुङले नै स्वरमा साथ दिएका छन्। ‘लमजुङे सोल्टिनी’ मा युवा जोडीबीचको निस्वार्थ प्रेम, सामिप्यता र भावनात्मक… पुरा पढौ

टोकियोमा गुञ्जियो नेपाली कविता: अनेसासको ‘कविता कन्सर्ट’ तेस्रो शृङ्खला भव्य रूपमा सम्पन्न

टोकियो, जापान । प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य र कलाको प्रवर्द्धनमा सक्रिय अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले टोकियोमा 'कविता कन्सर्ट'को तेस्रो शृङ्खला भव्यताका साथ सम्पन्न गरेको छ। आइतबार आयोजित उक्त कार्यक्रममा जापानलाई कर्मथलो बनाएका पाँच सशक्त कवि तथा कवयत्रीहरूका सिर्जनाले हल गुञ्जायमान बनेको थियो। भावना र संवेदनाको त्रिवेणी कन्सर्टमा कविहरू डिजी शर्मा, सुविन न्यौपाने 'कान्जिभाइँ', बलराम उपाध्याय, आदिपुरुष र कवयत्री सविता भण्डारीले आ-आफ्ना उत्कृष्ट कविताहरू वाचन गर्नुभएको थियो। वाचन गरिएका कविताहरूमा माया-प्रेमका कोमल भावनादेखि लिएर देशप्रेम, नेपालको… पुरा पढौ

नागोयामा २८६२ औं सोनाम ल्होछारको अवसरमा वृहत् सांस्कृतिक साँझ हुने, सामाजिक कार्यमा सहयोग जुटाइने

जापान, | नेपाल तामाङ समाज जापान, च्यूबू मिए क्षेत्रीय समिति नागोयाले मन्जुश्री संवत् २८६२ औं सोनाम ल्होछार (त ल्हो) को अवसरमा वृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। 'संसार भरि छरिएर रहेका सम्पूर्ण तामाङहरू एक हौं' भन्ने नाराका साथ आगामी जनवरी ३१ तारिखका दिन नागोयामा यो कार्यक्रम हुन लागेको हो। संस्कृति संरक्षण र सामाजिक उत्तरदायित्व आधुनिकता र पुस्तान्तरणका कारण तामाङ समुदायको मौलिक भाषा, कला र संस्कृति ओझेलमा परिरहेको अवस्थामा प्रवासमा रहेर पनि आफ्नो पहिचान जोगाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको… पुरा पढौ

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

नेपाली मूलका भारतीय गायक एवम् कलाकार प्रशान्त तामाङको निधन भएको छ । तामाङ ‘इन्डियन आइडल’को विजेता भएपछि चर्चामा आएका थिए । उनले नेपालमा गीत र चलचित्रमा काम गरेका थिए ।सन् २००७ मा भारतीय रियालिटी शो ‘इन्डियन आइडल–३’ को विजेता बनेपछि उनको चर्चा चुलिएको थियो । उनले हिन्दी, नेपाली भाषाका दर्जनौँ गीतमा आवाज दिएका थिए । उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’लगायत नेपाली चलचित्रमा अभिनय पनि गरेका थिए । 'तामाङका परिवारले उनको निधन भएको जानकारी दिएका हुन्,' घतानीले भने, 'मुटुको समस्याका कारण प्रसान्तको… पुरा पढौ

जापानमा गुञ्जियो ‘बेहोसपछि होसमा आउँदा’: गलकोट समाजको सांगीतिक श्रृंखलाले छायो नयाँ वर्षको रौनक

टोकियो, जापान । "बेहोसपछि होसमा आउँदा क्या दामी भो..." जब सुगम संगीतका नक्षत्र शिव परियारले टोकियोको हलमा यो गीतको आलाप लिए, तब दर्शकदीर्घामा रहेका सयौँ नेपालीहरूले एकै स्वरमा साथ दिए। नयाँ वर्ष २०२६ को स्वागतार्थ जापानका मुख्य शहरहरू ओसाका, नागोया र टोकियोमा आयोजना गरिएको ‘सांगीतिक श्रृंखला-२०२६’ केबल एउटा सांगीतिक कार्यक्रम मात्र रहेन, यो त प्रवासमा नेपालीपन, परोपकार र एकताको एउटा उत्सव बन्यो। सांगीतिक माहोल र कलाकारको जादु डिसेम्बर ३१ देखि जनवरी २ सम्म जापानका प्रमुख शहरहरूमा नेपाली संगीतका चर्चित हस्तीहरूले… पुरा पढौ