अनेसास जापानको ८३औँ नियमित साहित्य शृङ्खला: कवि अमृता स्मृतिसँग विशेष अन्तरक्रिया र रचना वाचन हुने

-


     जनहित न्युज    
     जेठ १५ गते २०८३


टोकियो, जापान – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले आफ्नो नियमित साहित्य शृङ्खलालाई निरन्तरता दिँदै ८३औँ शृङ्खला आयोजना गर्ने भएको छ। यसपटकको कार्यक्रममा विशेष अतिथि र वक्ताका रूपमा अनेसास हवाई च्याप्टरकी अध्यक्ष तथा चर्चित कवि अमृता स्मृति रहनेछिन्।

यही आगामी ७ जुन २०२६, आइतबारका दिन आयोजना हुन लागेको यस विशेष कार्यक्रममा कवि अमृता स्मृतिसँगको अन्तरक्रियाका साथै खुला रचना वाचनको समेत कार्यक्रम रहेको छ। साहित्य अनुरागीहरूका लागि सिर्जना सुनाउने र सुन्ने एक गतिलो मञ्चका रूपमा रहने उक्त कार्यक्रममा उपस्थित हुनका लागि आयोजकले सबै साहित्यप्रेमीहरूलाई हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रमको विवरण:

 मिति: ७ जुन २०२६, आइतबार

 समय: दिउँसो १२:३० बजेदेखि

 स्थान: रोयल गार्डन, सिन ओकुबो

कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि अनेसास जापान च्याप्टरका अध्यक्ष आनन्द अधिकारी, कार्यक्रम संयोजक भगवती क्षेत्री र महासचिव मनोज मौसम केसीले सम्पूर्ण जापानवासी नेपाली साहित्यप्रेमीहरूमा गरिमामय उपस्थितिका लागि अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?