कोषको सहि व्यवस्थापन र प्रणालीगत लेखाअभिलेख राखी आर्थिक अनियमितता हुन नदिनका लागि एनआरएनए जापानमा शर्माको कोषाध्यक्षमा उम्मेदवारी

-


     जनहित न्युज    
     असार २० गते २०७८


जापान-एनआरएनए जापानमा कोषको सहि व्यवस्थापन र चुस्त दुरुस्त लेखाअभिलेख राखी आर्थिक अनियमितता हुन नदिनका लागि कृष्णप्रसाद शर्माले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन ।
जनस्तरबाट एनआरएनए जापानको कोषका बारेमा पटक पटक गुनासो आइरहने भएकोले व्यवस्थित सिस्टमको विकास गरि सहि लेखा व्यवस्थापन र कोष अभिवृद्धि गरि उचित व्यवस्थापन गर्ने गरि चार बुँदे प्रतिबद्धता सहित २०२१-२०२३ कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन ।
डिपार्टमेंट अफ कमप्युटर साइन्स एण्ड इन्फोर्मेसन टेक्नोलजीमा स्नातक गरेर आफनै व्यवसाय गरि जापानको कान्साईमा रहेका शर्मा एनआरएनएको अभियानमा एक दशकदेखि निरन्तर क्रियाशील रहदै आएका छन ।
कान्साईको सदस्यबाट एनआरएनएको अभियानमा जोड़िएका शर्मा हाल सो क्षेत्रीय समितिका निवर्तमान संयोजक समेत हुन । आफ्नो योग्यता क्षमताको आधारमा एनआरएनए जापानको कोषाध्यक्ष पदमा रही संस्थाको लेखाअभिलेखलाई व्यवस्थित गरि डेटाबेसमार्फ़त तीन तीन महिनामा पब्लिकमा सार्वजनिक गर्ने आफ्नो प्रतिबद्धतामा उल्लेख गरेका छन ।

संस्थाको कोष अभिवृद्धि संगै आर्थिक पारदर्शिताका लागि शर्माले निम्नानुसारको प्रतिबद्धता सामाजिक संजाल मार्फ़त उम्मेदवारी घोषणा गर्दै गरेका छन ।

प्रतिबद्धताहरू:
१) एनआरएनए माथि बेला-बेलामा उठी रहने प्रश्नहरू मध्य मूख्य रूपमा रहेको आर्थिक अनियमितताको प्रश्न नआउनेगरि प्रत्येक तिन-तिन महिनामा कोषलाई डेटाबेस गरि सार्वजनिक गर्नेछु।

२) आवश्यकता अनुरूप सम्भावनाको अध्ययन गरि क्लाउड फंडिङ मार्फत कोष अभिवृद्धि संगै यसको उचित व्यवस्थापन गर्नेछु।

३)कोष अभिवृद्धिका लागि विभिन्न अन्तर्राष्ट्रीय संघ-संस्थासंग सहकार्य गर्नुका साथै आर्थिक व्यवस्थापनका लागि आर्थिक नियमावली बनाई कोषलाई चुस्त दुरुस्त रूपमा अगाडी बढाउने छु।

४)कोषाध्यक्षको जिम्मेवारी वहन गर्दै गर्दा कोष अभिवृद्धि तथा यसलाई पारदर्शी गर्नुका साथै भइपरी आउने समस्याहरूको समाधानका निम्ति संस्थाको विधि विधान र जापानको नियम कानुनको परिधिमा रहेर आफूले जाने बुझेको आधारमा निस्वार्थ सेवा गर्ने छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?