एनआरएनए समाचार

एनआरएनएमा अध्यक्ष पदका प्रत्यासी महेश श्रेष्ठ मध्यपूर्वको साक्षात्कारबाट उत्साहित

आसन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेशकुमार श्रेष्ठ मध्यपूर्वको देश दौड़ाहाबाट उत्साहित भएको बताएका छन । आफ्नो गृह देश जापानका विभिन्न शहरमा पुगेर स्थानीय गैर आवासीय नेपालीहरुसँग साक्षात्कार गर्दा मिलेको सहयोग र सत्भावलाई मध्यपूर्वका एनआरएनए अभियन्ता ग़ैर आवासीय नेपाली र त्यहाको एनसीसीले गरेको माया र दिलाएको बिश्वासले आफ्नो जित सुनिश्चित रहेको अध्यक्षका प्रत्यासी श्रेष्ठले बताए । “एनआरएनएको आगामी कार्यकालका लागि उपाध्यक्ष महासचिब लगायतका उम्मेदवारसहित मैले गरेको मध्यपूर्वको भेटघाट र अन्तरक्रियाले मेरो नेतृत्वलाई सहज… पुरा पढौ

एनआरएनएका क्षेत्रीय समिति मध्यकै उकृष्ट र नमूना योग्य बनाउने योजनाका साथ शिवप्रसाद पौडेलले दिए एसिया प्यासिफ़िक क्षेत्रीय समितिको संयोजकमा उम्मेदवार

“एनआरएनएको समन्वय हुनेछ एनएसीसी आइसीसी बिच प्रभावकारी, उत्तरदायित्व र जवाफदेहितासहितको मेरो उम्मेदवारी” भन्ने विश्वासका साथ शिवप्रसाद पौडेल एशिया प्यासिफ़िक क्षेत्रीय समितिको संयोजक पदमा उम्मेदवारी दिदै मैदानमा होमिएका छन्।दृढ़ संकल्प मेलमिलाप अभिवकत्वले एनआरएनए जापानलाई अब्बल बनाउन सफल रहेको र एसिया प्यासिफ़िक क्षेत्रीय समितिलाई पनि एनआरएनएका क्षेत्रीय समिति मध्यकै उकृष्ट र नमूना योग्य बनाउने संकल्पका साथ संघको आगामी निर्बाचनमा एशिया प्यासिफ़िक क्षेत्रीय संयोजकमा पौडेलले उम्मेदवारी दिने घोषणा गरेका हुन । ‘मैले पूर्वी एशियाबासी नेपालीले चाहना र भावनालाई राम्रोसंग बुझेकोले एनआरएनएमार्फत उनीहरूको सेवामा… पुरा पढौ

सामाजिक अभियन्ताको रूपमा परिचित दिपक कंडेलले जापानबाट डिआरसीमा उम्मेदवारी दिएसंगै एसिया भरि चर्चा परिचर्चा सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दिपक कंडेलले उम्मेद्वारी दिने घोषणा लगत्तै उनको एसिया भरि चर्चा परिचर्चा सुरु भएको छ।कंडेल गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानमा सन् २०१५ मा सदस्यका रूपमा आएर दुई कार्यकाल सदस्य २०१९-२१ मा एसिया प्यासिफिक क्षेत्रीय समितिको युवा संयोजक र हाल सोहि समितिको उप संयोजकमा रहेर काम गरिरहेका छन ।जापानमा क्रियाशील बहुकोट समाज जापानको वरिष्ठ उपाध्यक्ष समेत रहेका युवा व्यावसायी कंडेल जापानमा समाजिक कार्य गर्नेमा परिचित व्यक्ति हुन । एनआरएनएको अभियानमा… पुरा पढौ

एनआरएनए आईसीसीको कोषाध्यक्षमा जापानबाट सुदन थापाको उम्मेदवारी घोषणा

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोषाध्यक्ष पदमा जापानबाट युवा व्यवसायी सुदन थापाले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए आईसीसीको आगामी कार्यकाल २०२३-०२५ का लागि कोषाध्यक्षपदमा थापाले उम्मेदवारी दिने घोषणा गरेका हुन । एनआरएनए जापानका पूर्वअध्यक्ष थापाले कोषाध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् । एनआरएनए आईसीसीको युथकोअर्डिनेटरको जिम्मेवारी समेत समालेका थापाले सबै पक्षलाई समेटेर सन्तुलन मिलाउन कोषाध्यक्षमा उम्मेदवारी दि न लागेको बताउनु भयो । बिगत १६ बर्षदेखि जापानमा व्यापार, व्यवसायी र सामाजिक कार्यमा सक्रिय थापा काम गर्न अब्बल युवाको रुपमा चिनिन्छन… पुरा पढौ

मध्यपूर्वका एनआरएनएसंग उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठले भने-सिपयुक्त श्रमिक उत्पादनका लागि एनआरएनएले सरकारसंग सहकार्य गर्न तयार छ

एनआरएनए आइसीसीको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका रोविन्दप्रसाद श्रेष्ठ गोविन्दले एनआरएनएले श्रमिकका मुद्दामा काम गर्न नेपाललाई श्रम बजारको रूपमा विकसित गराउन पहल गर्नु पर्ने बताएका छन ।मध्यपूर्व क्षेत्रमा बस्ने डेलिगेट्स वा गैर आवासीय नेपालीहरूमाझ आफ्नो पक्षमा समर्थन जुटाउन, योजना बनाउन साथै सल्लाह र सुझाव लिन देश दौड़ाहामा रहेका उपाध्यक्ष पदका प्रत्यासी श्रेष्ठले शनिबार एनआरएनए एनसीसी दुबईले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन ।वैदेशिक रोजगारीकलाई सुरक्षित बनाउन सरकार, गन्तव्य मुलुकस्थित कूटनीतिक नियोग, दूतावास लगायतसँग एनआरएनएले सहकार्य गर्दै विश्व… पुरा पढौ

एनआरएनएको गरिमा र विरासतलाई आगामी नेतृत्वले फर्काउन सकोस, हार्दिक शुभकामना

गैरआवासीय नेपाली संघको आसन्न अधिबेशनमा उमेद्वारको लर्को सबैका लागि अचम्म लाग्दो तर आकर्षक देखिन्छ । यो संस्थाको इतिहासमै सबैभन्दा धेरै उमेद्वार मैदानमा भिड्दैछन । यसो हुनुको कारण यसअघि रोपिएको विऊ उम्रिएको भन्दा सायद फरक नपर्ला । वर्तमान कार्य समितिमा तीन-तीन जना अध्यक्ष सहित दर्जनौ पदाधिकारी छन् । आफू कुन पदको योग्य छु भन्ने हेक्का नराखिकन वा आफू पदमै बस्नुपर्छ भन्ने धारणा राख्दा यो संस्थाले केही बदनामी खेप्नुपर्‍यो। कतिपयले आफ्नो क्षमताभन्दा माथिको पदमा आँखा लगाउँदा यस किसिमको अवस्था आएको पनि महसुस… पुरा पढौ

मध्यपूर्व भोट बैंक मात्र होइनः एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मा

बहराइन । गैरआवासीय नेपाली संघ(एनआरएन)का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा भोट बैंक मात्र नभएको बताएका छन् ।  नेपाली जनसम्पर्क समिति बहराइनले आयोजना गरेको कार्यक्रममा शर्माले गैरआवासीय अभियानमा मध्यपूर्व भन्दा बाहिर बस्ने अभियन्तालाई मध्यपूर्वले सधैँ अरूलाई दिएको यो पटक अरू क्षेत्रमा बस्ने अभियन्ताले दिने समय आएको स्मरण गराए । “मध्यपूर्वलाई सबै चुनाव नभएको बेला पनि सम्झन म सम्मानित सबै एनआरएनका साथीहरूलाई अनुरोध गर्दछु,”शर्माले भने,“मध्यपूर्वले सबै अरूलाई सहयोग गरेको छ,यो पटक अरुले मध्यपूर्वलाई सहयोग गरेर गुन तिर्ने बेला आएको छ… पुरा पढौ

एनआरएनएको अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठ टिम बलियो बनाउँदै, उपाध्यक्ष र महासचिवका उम्मेदवार सहित चुनावी अभियानमा

गैर आवासीय नेपाली सङ्घ(एनआरएनए)को ११औँ महाधिवेशन नजिकिँदै जाँदा टिम बलियो बनाउन अध्यक्षका प्रत्याशीहरू सक्रिय भएका छन् । संस्थाको नेतृत्व हत्याउन एकपछि अर्का अध्यक्षका उम्मेदवारले प्रतिबद्धता पत्र सार्वजनिक र औपचारिक रूपमा उम्मेदवारी घोषणा गरे सँगै आफ्नो टिमलाई बलियो बनाउने प्रयास थालेका छन् । एनआरएनएको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा मात्र पाँच जनाको दाबी छ । भदौ २९ मै ललितपुरको हिमालय होटेलमा भव्य समारोहका बिच अध्यक्षको उम्मेदवारी घोषणा गरेका महेशकुमार श्रेष्ठले आफ्नो टिम थप सशक्त र बलियो बनाउँदै लगेका छन् । संस्थाको… पुरा पढौ

बोलीमा भन्दा काममा जोड दिने प्रतिबद्धतासहित एनआरएनए सचिबमा जापानका टंक गैरेले कतारबाट गरे औपचारिक घोषणा(भिडियोसहित)

नेतृत्वमा इमान्दारिता,निर्णयमा पारदर्शिता सक्षम,सबल र साझा एनआरएनए बनाउने योजनासहित एनआरएनए आइसीसीको सह- कोषाध्यक्ष रहेका टंकप्रसाद गैरेले आगामी कार्यकालको लागि सचिव पदमा औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन ।अध्यक्ष पदमा राजेन्द्र कुमार (आरके) शर्माको औपचारिक उम्मेदवारी घोषणा सभा कार्यक्रममा एनआरएनए अभियन्ताहरुलाई साक्षी राख्दै कतारबाट गैरेले औपचारिक रूपमा सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन ।स्मार्ट र वैज्ञानिक एनआरएनए बनाउने, प्रवासी नेपालीहरूलाई एउटै छानामुनी केन्द्रित गर्दै भाइचाराको सम्बन्ध विकास गराई प्रवासमा बस्ने नेपालीहरूको साझा संस्थाको रूपमा विकास गराउने कार्यमा क्रियाशील रहने छु । शुभकामना मन्तव्यसहित… पुरा पढौ

हाम्रो टिमका कसैलाई पनि उप विजेता हुने छुट छैन भन्दै कतार पुगेर जापानका रोविन्दप्रसाद श्रेष्ठ गोविन्दले औपचारिक रूपमा घोषणा गरे एनआरएनएको उपाध्यक्षमा उम्मेदवारी(भिडियोसहित)

संस्थागत विकास, युवा सहभागिता सक्षम गौरवशाली र सबैको अपनत्व भएको एनआरएनए बनाउने योजनासहित रोविन्दप्रसाद श्रेष्ठ गोविन्दले औपचारिक रूपमा उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका छन ।अध्यक्ष पदमा राजेन्द्र कुमार (आरके) शर्माको औपचारिक उम्मेदवारी घोषणा सभा कार्यक्रममा एनआरएनए अभियन्ताहरुलाई साक्षी राख्दै कतारबाट हालका उपाध्यक्ष समेत रहेका श्रेष्ठले औपचारिक रूपमा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन । “एनआरएनएको आसन्न ११औं महाधिवेशन तथा विश्व सम्मेलनमा सबैको साथ, सल्लाह र परामर्शका कारण नै मैले पुनः उपाध्यक्ष पदमा आउँने निर्णय गरेको छु ।औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्दै भने-“विश्वभरिका नेपालीहरुको… पुरा पढौ