एनआरएनए समाचार

बेनिड्रममा साँस्कृतिक मेला सम्पन्न

युरोपियन मुलुक स्पेनको बेनिड्रममा आईतबार साँस्कृतिक मेला सम्पन्न भएको छ । हिन्दुहरुका महान पर्वहरु बिजया दशमी, तिहार, नेपाल सम्वद छठ तथा ल्होसारको अवसरमा शुभकामना आदानप्रदान सहित साँस्कृतिक मेला सम्पन्न भएको हो । एनआरएनए क्षेत्रीय समिति कोष्टाब्लाङ्का र नेपाल समाज एसोसिएसनको संयुक्त आयोजनामा संचालित साँस्कृतिक मेलामा नेपाली लोक संगीतका चर्चित गायक द्वय मिलन लामा र रबिन लामिछानेले प्रस्तुति दिनुभएको थियो । गायक लामाले तिहारे भाका देउसी भैलो, माछी काँडे डाडैमा घर सार, घरमा पराल बारिमा बन्सो, माझिदाई फोखरा फेवातालको, हङ्कङ आईडिले… पुरा पढौ

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले मनायो ‘२१ औं एनआरएन डे’(फोटो फिचर)

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले सोमबार टोकियोमा बिबिक्यु (पिकनिक) सहित शुभकामना आदान प्रदान गरेर ‘२१ औं एनआरएन डे’ मनाएको छ । एनआरएन डे, नेपालीहरुको महान पर्व बडा दशैं, दीपावली, नेपाल सम्बत, छठ लगायतका ठूला पर्वहरुको उपलक्ष्यमा एनआरएन जापानले बिबिक्यू (पिकनिक) सहितको शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेपाली राजदूतावास टोकियोका उपनियोग प्रमुख हरिहरकान्त पौडेल, एनआरएन आइसीसीका उपाध्यक्ष रोबिन शेरचन, जापान भ्रमणका क्रममा रहेका गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष बाबुराम ज्ञवाली लगायतले एनआरएन… पुरा पढौ

सहमति, सहकार्य र एकता गरौं, गैरआवासीय नेपाली संघलाई बचाऔं

२०२१ अक्टोबरमा सम्पन्न दशौं महाधिवेशन पश्चात गैरआवासीय नेपाली संघ (एनआरएनए) कानूनी दलदलमा फसेको छ । एघारौं महाधिवेशनमा अनलाइन भेरो भोटिङमा अनियमितता भएको विषयले विवाद चर्किंदा अदालती प्रक्रियाबाट पनि अहिलेसम्म निकास निस्किएको छैन । सर्वोच्चको एकपछि अर्को आदेश, परराष्ट्र मन्त्रालयको पत्र र फेरि रिटको श्रृङ्खला चलिरहेको छ । यो सन्दर्भमा सर्वोच्च अदालतका पहिलो र दोस्रो फैसलाका निचोडहरु केके थिए र हाल आरके समूहद्वारा पेश गरिएको सर्वोच्च अदालतमा विचाराधिन मुद्दाको दावी के छ लगायतका विषयमा सबैभन्दा पहिले चर्चा गरौं । संघको १०औं… पुरा पढौ

बेनिड्रममा साँस्कृतिक मेला हुने

युरोपियन मुलुक स्पेनको बेनिड्रममा साँस्कृतिक मेला हुने भएको छ । आगामि अक्टोवर २० तारिक हिन्दुहरुका महान पर्वहरु बिजया दशमी, तिहार, नेपाल सम्वद छठ तथा ल्होसारको अवसरमा शुभकामना आदानप्रदान सहित साँस्कृतिक मेला आयोजना गरिएको हो । एनआरएनए क्षेत्रीय समिति कोष्टाब्लाङ्का र नेपाल समाज एसोसिएसनको संयुक्त आयोजनामा संचालन हुने साँस्कृतिक मेलामा नेपाली लोक संगीतका चर्चित गायक मिलन लामा र रबिन लामिछानेले प्रस्तुति दिनुहुनेछ । एनआरएनए क्षेत्रीय समिति कोष्टाब्लाङ्काका अध्यक्ष सुरेश बज्राचार्यका अनुसार कार्यक्रममा चर्चित कलाकार आगमन सुनिश्चित भएको छ । 'दर्शकको रोजाईका… पुरा पढौ

एनआरएनए जापानको ११ औं साधारण सभा विधान संशोधन गर्दै सम्पन्न

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको ११ औं साधारण सभा संशोधित विधान अनुमोदन गर्दै सोमबार जापानको चिवामा सम्पन्न भएको छ।सम्पन्न साधारण सभाले एनआरएनए जापानको विधान २०२१ को संशोधिनसहितको विधान २०२३ मा समयानुकूल परिमार्जित र संशोधित गर्दै कामकाजी बनाउँदै लैजाने उद्देश्य तयार पारिएको संशोधित विधान मस्यौदालाई अनुमोदन गरेको हो ।साधारण सभाको औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका एनआरएनए आइसिसीका उपाध्यक्ष रोबिन शेरचनले एनआरएनएलाई प्रवासमा रहेका नेपालीहरुको अभिभावकीय संस्थाको रुपमा भूमिका निर्वाह गर्ने गरी आफ्ना गतिविधि र क्रियाकलाप गर्नका लागि… पुरा पढौ

एनआरएनए जापानले नेपालका भूकम्प पिडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोषका लागि २३ लाख रकम हस्तान्तरण

गैर आवासीय नेपाली संघ जापानले भूकम्प पिडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोषका लागि संकलित २३ लाख जापानी येन रकम हस्तान्तरण गरेको छ।गतवर्ष जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प प्रभावित क्षेत्रका बालबालिकाकालाई 'भूकम्प पिडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोष' का लागि संकलित सो रकम शनिबार जापानको टोकियोमा आयोजित सहयोग रकम हस्तान्तरण तथा अन्तरक्रियात्मक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो।एनआरएनए आइसिसीका उपाध्यक्ष रविन शेरचन एनआरएनए जापानका अध्यक्ष नविन निउरेले संयुक्त रुपमा कर्णाली प्रदेश समाजका अध्यक्ष कृष्ण शाहीमार्फत त्यस क्षेत्रका स्थानीय सरकारलाई सो कोष स्थापना… पुरा पढौ

एनआरएनए जापानले जापानमा ‘१४ औं नेपाल फेस्टिवल -२०२४’ गर्ने

जापानमा ‘१४ औं नेपाल फेस्टिभल-२०२४’ आयोजना हुने भएको छ।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान, जापानका लागि नेपाली दुतावास टोकियो जापानको आयोजना तथा विभिन्न संघ संस्थाको सह आयोजनामा आगामी नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन नाकानो सिकिनोमोरी पार्कमा १४ औ नेपाल फेस्टिवल- २०२४ गरिन लागेको एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिवल मुल आयोजक समितिका संयोजक नविन निउरेले जानकारी दिए ।नेपाल र नेपालीको जापानमा पहिचान, नेपालमा पर्यटकीय प्रवर्द्धन, नेपालको कला संस्कृति रीतिरिवाज परम्परालाई प्रवासमा निरन्तरता दिनका साथै मुख्य गरेर नेपाल… पुरा पढौ

जापानको नागोयामा सम्पन्न तेश्रो नेपाल फेस्टिवलको आय-व्यय सार्वजनिक, २६ लाख येन बचत

जापानको नागोयामा सम्पन्न तेश्रो नेपाल फेस्टिवलको आय-व्यय सार्वजनिक गरिएको छ। जुन ८ तारिख शनिबार र ९ तारिख आइतबार नागोयाको आईची प्रिफेक्चरमा सम्पन्न नेपाल फेष्टिबलमा फेस्टिभलमा १ करोड ११ लाख ८६ हजार ३ सय ९३ आर्थिक संकलन भएको छ। त्यस्तै फेस्टिभलमा खर्च ८५ लाख ३९ हजार ५ सय १६ भएको बताईएको छ। फेस्टिभलमा सहयोगी दाताबाट ६८ लाख ६९ हजार ३ सय ९३ र स्टलहरु बाट ४३ लाख १७ हजार संकलन भएको छ। खर्च कटाएत फेस्टिभलको बचत रकम २६ लाख ४६ हजार… पुरा पढौ

नयाँ नेतृत्व चयन गदै बागलुङ समाज पोर्चुगलको तेस्रो अधिवेशन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

पोर्चुगलको राजधानी लिस्वनमा सोमबार नयाँ नेतृत्व चएन गदै बागलुङ समाज पोर्चुगलको तेस्रो अधिवेशन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । अधिवेशनले दिनेश खड्काको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समाजको वरिष्ठ उपाध्यक्षमा बिष्णु भण्डारी र महासचिवमा कृष्ण के.सी. लाई चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षहरुमा भुमिश्वर सापकोटा, जय बहादुर के.सी., महेन्द्र जि.सी., सुवास क्षेत्री, बिनु भण्डारी के.सी.रहनुभएको छ । समाजको सचिवमा जयलाल सुवेदी, मीन गुरुङ, केपि शर्मा र सुबेस शर्मा साथै सह–सचिवमा सुर्य बोहरा र नवीन… पुरा पढौ

चिवामा सेप्टेम्वरमा नेपाल फेष्टिवल हुने

नेपालीहरूको बाक्लो बसोवास रहेको जापानको चिवा क्षेत्रमा नेपाल फेष्टिवल चिवा २०२४ हुने भएको छ। आगामी सेप्टेम्वर २२ आईतबार चिवाको माचुदो शहरमा फेष्टिवल आयोजना हुने भएको गैरआवासीय नेपाली संघ एनआरएनए जापान चिवा क्षेत्रिय समितिका संयोजक समिर खडकाले जानकारी दिनुभयो। यसैबीच मंगलबार चिवा क्षेत्रमा बसोवास गर्ने नेपालीहरूको एक भेलाले राजनबावु सुवेदीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ। भेलामा मुल आयोजक समितिसंगै विभिन्न उपसमितिहरू समेत गठन गरिएको संयोजक खडकाले जानकारी दिनुभयो।नेपाली राजदूतावास जापान, माचुदो सिटी तथा एनआरएनए जापानको विशेष सहयोगमा जापानीहरूमा नेपाली… पुरा पढौ