१० औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन (संगम) मार्च १८ र १९ मा कम्बोडियामा हुने

-


     जनहित न्युज    
     माघ १० गते २०८१


गैर आवासीय नेपाली संघको १० औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन (संगम) आगामी मार्च १८ र १९ मा कम्बोडियामा हुने भएको छ।
दुई दिनसम्म चल्ने सम्मेलनमा एनआरएनएका संस्थापक अध्यक्षसहित पूर्व अध्यक्षहरु,एनआरएनए अग्रज तथा अभियन्तालाई एउटै थलोमा राखेर एनआरएनएमा देखिएको विवादलाई मिलाउने उद्धेश्यमा संगम नाम दिएर १० औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन गर्न लागिएको एसिया प्यासिफिक
एनआरएनएका क्षेत्रीय संयोजक हरिप्रसाद भट्टराईले जानकारी दिए।
हामीहरु टुट्न फुट्न होइन जुट्न आवश्यक छ भन्ने हाम्रो मान्यता हो । त्यसैले विश्वमा रहेका ८० लाख नेपालीको भावानालाई हामीले पुरा गरेर एसिया प्यासिफिकबाट संगमको सन्देश दिने गरि सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्ने गरी तयारी थालेको संयोजक भट्टराईले बताए।
१० औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन (संगम) लाई सफल बनाउनका लागि विभिन्न आयोजक तथा सल्लाहकार समिति गठन गरि व्यवस्थित रुपमा तयारी थालिएको एसिया प्यासिफिक एनआरएनए क्षेत्रीय उप संयोजक दिपक कँडेलले जानकारी दिए।

उप संयोजक कँडेलका अनुसार संयोजक हरिप्रसाद भट्टराईको संयोजकत्वमा १७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । मूल आयोजक समितिको सहसंयोजकमा दिपक कंडेल, बिमल सुबेदी र दिपक कार्की एसिया प्यासिफिक उप संयोजक रहेका छन् भने सदस्यहरुमा अनिता गुरुङ, एसिया प्यासिफिक महिला संयोजक, लालसिह खड्का, अध्यक्ष, क्याम्बोडिया, बिकास बस्नेत, एसिया प्यासिफिक युवा संयोजक, नारायण खड्का,एसिया प्यासिफिक युवा उपसंयोजक, नविन निउरे, अध्यक्ष जापान, गोकर्ण ढकाल, अध्यक्ष हङकङ, राकेश महतो, अध्यक्ष मलेसिया, निर्मल शर्मा, अध्यक्ष चाइना, रुस्तम श्रेष्ठ, अध्यक्ष मकाउ, बुद्धि गुरुङ, अध्यक्ष दक्षिण कोरिया, भबिन्द्र बस्नेत, अध्यक्ष थाइल्यान्ड, प्रभा पराजुली,अध्यक्ष सिङापुर र देबेन्द्र नौलखा, अध्यक्ष म्यानमार रहेका छन्।
सम्मेलनका लागि एनआरएनए आइसिसी अध्यक्ष डा बद्री केसीसहित १३ जनाको सल्लाहकार समिति समेत बनाइएको छ। सल्लाहकारहरुमा रविन शेरचन (रोविन), डा. हेम राज शर्मा, रामशरण सिमखडा, राज रेग्मी, रोजिना प्रधान राइ, उपाध्यक्ष आईसीसी, प्रविन गुरुङ उपमहासचिव आईसीसी, राधिका गुरुङ (टिका) सचिव आईसीसी, सुदन थापा कोषाध्यक्ष आईसीसी, कुमार कार्की, आइसीसी सदस्य थाइल्यान्ड र शंकरबहादुर पौडेल एनआरएनए मलेसिया संस्थापक अध्यक्ष रहेका छन्।
सम्मेलनका आर्थिक व्यवस्थापनका लागि हरिप्रसाद भट्टराईको संयोजकत्वमा अमृता थापा (कञ्चन) सहकोषाध्यक्ष, आइसीसी
लालसिङ खड्का अध्यक्ष, कम्बोडिया, नवीन कुमार विके कोषाध्यक्ष, कम्बोडिया, दिपक कंडेल, एसिया प्यासिफिक उप संयोजक सदस्य रहने गरि एक समिति समेत बनाइएको छ।

त्यसै गरि सम्मेलनको प्राविधिक पक्षमा सहयोग पुर्याउनका लागि
पारसमणि पोखरेल, सचिव आईसीसीको संयोजकत्वमा राजेन्द्र कुमार राउत, प्रमुख कार्यकारी अधिकृत, एनआरएनए, रामप्रसाद पाध्याय सल्लाहकार, एनसीसी कम्बोडिया, शिबराज पराजुली उपाध्यक्ष कम्बोडिया र महेश श्रेष्ठ, आइटी प्रमुख, एनआरएनए सचिवालय सदस्य रहने गरि टेक्निकल कमिटि समेत गठन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?