गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद थाइल्यान्डको अध्यक्षमा बागलुङ गलकोट नगरपालिका ५ का भबिन्द्र बस्नेत अत्याधिक मतका साथ निर्वाचित भएका छन् ।
जुलाई २५ मा थाइल्यान्डको एनआरएनएमा पहिलो पटक भएको मतदान सहितको निर्वाचनमा बस्नेतले निकटतम प्रतिस्पर्धी रबिन महर्जनले भन्दा ८० प्रतिशत मत प्राप्त गरि एनआरएनए थाइल्यान्डको आगामी २०२१-२०२३ का लागि अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन संयोजक डा. विनोद चापागाई जानकारी दिए ।
‘’नेपाली समुदायको लागि, सन्तुलित, संस्थागत, जवाफदेही र समावेशी एनआरएनए बनाऊनका लागि र संस्थालाई नेपाली समुदायप्रति उत्तरदायी भै अभिभावकीय भूमिका प्रदान गर्न, सस्थाको सौन्दर्य विधि पद्धति र आर्थिक अनुशासन हो भन्ने मान्यतालाई स्थापित गराउनका लागि कार्यकालमा मेरो नेतृत्वको कार्यसमितिले सबै पक्षलाई समेटेर कार्य गर्ने छु’’ नव निर्वाचित अध्यक्ष बस्नेतले भने – म बोल्नु भन्दा पनि काम गरेर देखाउने मान्छे हुँ भन्ने कुरा मेरा विगतका कार्यले पनि प्रश्ट परेका छन । बिगतका दिनहरुमा जसरी समाजको काम गर्न साथ सहयोग र हौसला प्रदान गर्नु भएको थियो त्यसैगरि यस पटक पनि अध्यक्ष पदमा रहि नेपाली समुदायको आविभावकीय भूमिका प्रदान गर्ने मेरो दृढ़ इच्छाशक्तिलाइ हौसला संगै सहयोग गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।
संस्थालाई नेपाली समुदायप्रति उत्तरदायी भै अभिभावकीय भूमिका प्रदान गर्न, सस्थाको सौन्दर्य विधि पद्धति र आर्थिक अनुशासन हो भन्ने मान्यतालाई स्थापित गराउन र समाजमा आफूले गरेको लामो समयसम्मको अनुभवलाइ उपयोग गरि योगदान दिइ निर्वाचनमार्फ़त प्रदान गरेको बिश्वासलाई गुम्न नदिने बस्नेतले प्रतिबद्दता व्यक्त गरेका छन ।
एनआरएनएको अभियानमा लामो समयदेखि सक्रिय बस्नेतलाई थाइल्यान्डबासी नेपाली समुदायको सुख दुःखमा अनवरत साथमा रहेकोले अत्याधिक मतका साथ विजयी हुन सकेको जानकारहरु बताउछन ।
नम्र स्वभाव कामप्रति प्रतिबद्ध नेतृत्वदायी क्षमताका बस्नेतलाई अबको एनआरएनए थाइल्यान्डमार्फत नेपाली समुदायसँग प्रत्यक्ष आफ़नो भूमिका देखाउने अवसर प्राप्त भएकोले सोही अनुसार लाग्नका लागि एनआरएनए अभियानकर्मीहरूले आग्रह गरेका छन ।
अध्यक्ष महासचिव र सचिव पदमा निर्वाचन भएको थियो भने अन्य पदमा निर्विरोध निर्वाचित भएका थिए । जुलाई २५ मा सम्पन्न निर्वाचनबाट महासचिवमा सुवास थापा र सचिवमा श्रीहरि आचार्य निर्वाचित भएका छन ।
आफ़नो थाईल्याण्डको बसाई सँगसंगै एनआरएनएको अभियानमा सक्रियतापूर्वक कार्यसमितिका बिभिन्न पदमा रहेर कार्य गरिसकेका बस्नेतले सामाजिक सेवा गर्नका लागि आधा दर्जन भन्दा बढ़ी संघ संस्थाको ज़िम्मेवार कार्यकारी नेतृत्व पदमा रहेर कार्यसम्पादन गरेका छन।