एनआरएनए समाचार

गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक क्षेत्रीय समितिले आपत विपत सहयोग कोषको स्थापना गर्ने

गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक क्षेत्रीय समितिले आपत विपत सहयोग कोषको स्थापना गर्ने भएको छ। एसिया प्यासिफिक क्षेत्रको शनिबार एनसिसीका अध्यक्षसहित बसेको बैठकले आगामी दुईवर्षे कार्यकालको मुख्य योजना अन्तर्गत कोष स्थापना गर्ने निर्णय गरेको हो। छिटो र छरितो रूपमा पीडितहरुलाई राहतको महशुस हुने गरी सहयोग प्रदान गर्नको लागि कोषको अपरिहार्यता देखिएकोले एसिया प्यासिफिक क्षेत्रीय समितिको मुख्य कार्ययोजनाका रूपमा राखेर एनसीसीहरुको सहयोग समन्वय र सहकार्यमा कोषको स्थापना गरिने क्षेत्रीय संयोजक हरि भट्टराईले बताएका छन्। बैठकले शुक्रबार पश्चिम नेपालको जाजरकोटलाई केन्द्रविन्दु… पुरा पढौ

भूकम्पमा परेर कम्तीमा १ सय ५७ पुग्यो

पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कम्तीमा १ सय ५७ पुगेको छ । यसमध्ये ९९ जना महिला र ५८ जना पुरुष रहेका छन् । सबैभन्दा धेरै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् । त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले हालसम्म दुई जिल्लामा गरेर १५७ जनाको मृत्यु… पुरा पढौ

एनआरएनए जापानले भूकम्प पिडितको राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गर्ने

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले भूकम्प पिडितको राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गर्ने भएको छ।पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर शुक्रबार राती गएको विनाशकारी भूकम्प पिडितहरुको सहयोगार्थ राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गरिन लागेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए।"यस दुःखद् घडीमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानद्वारा तत्काल भूकम्प प्रभावित क्षेत्रका पिडित नागरिकको लागि राहत स्वरुप जापानी येन १० लाख र एनआरएनए जापान… पुरा पढौ

एनआरएनएको कार्यालयमा झडप, युवासंघको संलग्नतामा पत्रकारमाथि आक्रमण

गैरआवासीय नेपाली संघको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा समानान्तर एनआरएनएका अध्यक्ष आरके शर्मामाथि युवा संघका कार्यकर्ताले दुर्व्यवहार गर्दा तनाव भएको छ। संघको कार्यालय बालुवाटारमा भएको कार्यक्रममा सहभागी हुन पुगेका शर्मामाथि युवा संघका कार्यकर्ताले दुर्व्यवहार गरेको उनी निकट स्रोतले जानकारी दिएको छ । कार्यालयमा भएका आरके शर्मालाई युवा संघका कार्यकर्ताले तत्काल कार्यालय छाडेर बाहिर जान चेतावनी दिएका थिए । त्यसलगत्तै विवाद बढाउन नखोजी शर्मा बाहिरिएको उनी निकट स्रोतले जानकारी दिएको छ । “उहाँमाथि अपशब्द बोल्दै बाहिर जान भनिएपछि उहाँले विवाद बढाउन चाहनुभएन,” स्रोतले… पुरा पढौ

आधिकारिकताको दावी गर्दै आरके शर्मा समूहले दियो परराष्ट्रमा निवेदन

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा आधिकारिकताको दाबी गर्दै अध्यक्ष आरके शर्माले परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन् । अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै बहुसंख्यक समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो ।  सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेश गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरु आधिकारिक रहेको दावी गरेको हो । उक्त निवेदन परराष्ट्रमा  ११२३ नम्बरमा दर्ता गरिएको छ । परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदी सहित पदाधिकारीहरुको नामावली पेश गरिएको… पुरा पढौ

रामकुमारी झाँक्रीको त्यो अभिव्यक्ति र एनआरएनएको ‘नेपाली पारा’

११ औँ महाधिवेशनबाट विभाजित भएसँगै यतिबेला गैरआवासीय नेपाली संघ (एनआरएनए)बारे विभिन्न टिप्पणी भइरहेका छन् । विभाजनअघि नै एनआरएनएको गलत प्रवृत्तिबारे रामकुमारी झाँक्रीको अभिव्यक्ति चर्चित बनेको थियो । गत बुधबार ११ औं महाधिवेशनमा नागरिकता तथा मताधिकार सेसन अन्तर्गत अतिथिको रुपमा बोलाइएका थिए–नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, पूर्व उपसभामुख चित्रलेखा यादव, पूर्व सांसद सूर्य पाठक, नागरिकता टास्क फोर्सका दुर्गा पाठक लगायत । सो क्रममा गैरआवासीय नेपालीहरुलाई राजनीतिक र मताधिकारबाहेकको नेपाली नागरिकता दिने निर्णयविरुद्ध बेलायतका केही एनआरएनएहरुले अभिव्यक्ति दिए । उनीहरुले वंशजको… पुरा पढौ

गैर आवासीय नेपाली संघ (एनआरएनए)  ‘फेरि विभाजन’

गैर आवासीय नेपाली संघ (एनआरएनए)  फेरि विभाजन भएको छ । बद्री केसी पक्षले एकपक्षीयरूपमा कार्यसमितिको सपथ ग्रहण गरेको छ भने महेश श्रेष्ठ र आरके शर्मा पक्षले नयाँ कमिटी घोषणा गरेपछि औपचारिक रूपमै विभाजित भएको हो । बिहीबार भएको निर्वाचनमा केसी अध्यक्ष निर्वाचित भएको घोषणा गरिएको थियो । तर, उपाध्यक्षका उम्मेदवार केशव पौडेलले काठमाडौंबाट पाएको मत शुन्य देखाएपछि विवाद सुरु भयो । अरु पनि त्रुटि देखिएको भन्दै अध्यक्षका उम्मेदवारद्धय श्रेष्ठ र शर्मा पक्षले निर्वाचन परीणाम स्वीकार नगर्ने बताए । केसीसहित अध्यक्षहरु… पुरा पढौ

राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनबाट राजेन्द्रकुमार शर्मा(आरके)को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । असोज ३० गतेबाट काठमाडौंमा जारी महाधिवेशनले शर्माको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विहीबार भएको भौतिक उपस्थितिमा साथै अनलाइन मतदानमा अष्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा फेस भेरिफिकेशन पद्धति प्रयोग गरी भएको मतदानका क्रममा गम्भीर त्रुटी देखिएपछि शर्मालाई सर्वसम्मतरुपमा २०२३–२५ का लागि अध्यक्षमा चयन गरिएको हो । २० अक्टोबर २०२३ मध्य राती घोषित निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण देखिएपछि नयाँ प्रक्रियामार्फत अध्यक्षमा… पुरा पढौ

मेरा एजेण्डा सबै राजनीतिक दलहरुले स्वीकारेका छन्ः आरके

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार आरके शर्माले आफूले उठाएका एजेण्डाहरुलाई सबै राजनीतिक दलहरुले स्वीकारेको बताएका छन् । उनले आफू कुनै खास राजनीतिक दलको समर्थनमा एनआरएनए अध्यक्षको उम्मेदवार नबनेको भन्दै सबैले स्वीकारेको एजेण्डा बोकेकै कारणले सद्भाव भने सबैको रहेको पष्ट पारे ।‘मेरा एजेण्डा सबै राजनीतिक दलहरुले स्वीकारेका एजण्डा हुन्’, मंगलबार राति विश्वभरका मतदातासँग आयोजित परिचयात्मक जुम बैठकमा उनले भने, ‘म कुनै पनि राजनीतिक दलको समर्थनमा आएको होएन । म सक्रिय राजनीतिक कार्यकर्ता पनि होइन ।’ उनले… पुरा पढौ

आरके शर्माको पक्षमा समर्थन बढ्दै, खुलेर लाग्न थाले अभियन्ताहरु

काठमाडौँ । एनआरएनएको निर्वाचनमा उम्मेदवारी दर्ताको कार्य सम्पन्न भएसँगै चुनावी माहोल ह्वात्तै बढेको छ । अध्यक्षमा चार जनाको उम्मेदवारी पर्दा मध्यपूर्वबाट उम्मेदवार बनेका आरके शर्माको पक्षमा माहोल तातिन थालेको छ । पहिलो पटक मध्यपूर्वबाट नेतृत्वका अवसर आएको भन्दै मध्यपूर्वका डेलिगेट्सहरु एकमत देखिएका छन् भने आरकेलाई नेतृत्व दिनुपर्ने भन्दै युरोप, अमेरिकालगायका क्षेत्रका डेलिगेट्स पनि उत्तिकै सक्रिय देखिन्छ । जसका कारण चुनावमा आरकेको पल्ला भारी देखिएको अभियन्ताहरु बताउँछन् ।उसो त आरकेको टिम समावेशी देखिएको छ भने उनलाई कांग्रेसदेखि कम्युनिस्टसम्मका अभियन्ताहरुले साथ दिएका… पुरा पढौ