
स्पेनको वेनिड्रममा बडा दशैँ विशेष कार्यक्रम हुने भएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति कोष्टाब्लाङ्का र नेपाल समाज एसोसिएसनले बडा दशैँ विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
हामी नेपालीहरुको महान पर्व विजया दशमी २०८२ को पावन अवसरमा शुभकामना आदानप्रदान सहित दशैँ बिशेष कार्यक्रम आयोजना गरिएको एनआरएनए कोष्टाब्लाङ्काले जनाएको छ ।
कार्यक्रम अक्टोवर २ तारिखमा गर्ने निर्णय गरेको एनआरएनए कोष्टाब्लाङ्काका अध्यक्ष बिपिन कुमार बिसीले जानकारी दिनुभयो ।
नेपालीका समस्याहरुको राहत सहयोगका लागि आवश्यक सहयोग गदैं आईरहेको नेपाल समाज तथा एनआरएनए कोष्टाब्लाङ्काले प्रवासमा रहेका नेपालीहरुलाई नेपाली सँस्कृति, परम्परा, चाडपर्वहरुमा एकतावद्ध गदैं सहकार्य गर्ने उद्धेश्यले कार्यक्रम संचालन गर्न लागेको समाजका अध्यक्ष केशर बहादुर थापाको भनाई छ ।
कार्यक्रमको संचालन तथा ब्यवस्थापनको लागि बिभिन्न उपसमिति गठन गरि तयारी सुरु भएको सास्कृतिक कार्यक्रम संयोजक तथा एनआरएनए स्पेनका क्षेत्रीय सचिव नवराज दुवाडीले जानकारी दिनुभयो ।
कार्यक्रमको ब्यवस्थापनको लागि प्रायोजक, कार्यक्रम स्थल, प्रचारप्रसारको काम भैरहेको छ। संयोजक दुवाडीले भन्नुभयो, ‘कार्यक्रममा बिशेष प्रस्तुती चर्चित गायक तुल्सी सिवाकोटीले दिनुहुने छ’ ।
कार्यक्रम बडा दशैँको दिन साँझ ६ बजेदेखी सूरु गरिने आयोजकले जनाएको छ ।



