जीवन आफैमा सुन्दर छ ।
सुन्दर जीवनमा अनेकौं सुन्दर प्रकृति छिन्।
आकाश छ, धर्ती छ ।
फूलहरू छन्,बगैंचा छ।
हिमशृङ्खलाहरू,भिर पहाडहरू छन् ।
नदीनाला, तालहरू अनि झरना छन्।
पशु पंक्षी छन्,बोट बिरूवा अनि जंगल ॥
गाऊँ र त्यहाको निःस्वार्थ जनजीवन,
कर्मठ किसान , आत्मीय संयुक्त परिवार,
संस्कृति अनि परम्परा
खेलकूद , मेला-हाटबजार साथै चाडपर्व
मानवता तथा राष्ट्रीयता
कति हो कति सुन्दर कुराहरू धेरै छन् ।
यिनीहरू भन्दा पनि सुन्दर चिज छ- साथी
“मित्रता”,प्रेम प्यार माया स्नेह करूणा॥
त्यो बाल्यकाल अनि यो युवावस्था पछिको बुढ्यौली
अटूट अटल अमर र सत्य ॥
ख़ुशी हुन ठूला ठूला रहर चाहिदैन।
वस् साना साना पलहरू संगाले पुग्छ।
भोक बिनाको व्यंजनको के अर्थ!
निन्द्रा बिनाको आलिसान महलको के काम!
संस्कार बिनाको शिक्षा वा धन !
अनुभव या संघर्ष बिनाको सफलता !
निष्ठा र आस्था रहितको पूजा !
विश्वास बिनाको सम्बन्ध!
तथापि
सब ढोंगी नै त हो धेरै सबै तपाई हामी ॥
त्यसैले सक्छौ अपेक्षा रहित बन,
सक्दैनौ अरूको आस्था माथि छल् नगर।
बाचुन्जेल मन जल्छ , मरेपछि तन जल्छ ।
आखिर न्यानो अनुभव गर्दै खुशी हुनेहरू त वस्
रमिता हेर्नेहरु राजनीतिक स्वार्थी कार्यकर्ता अनि अन्धभक्तहरू मात्रै हुन्छन् ,झोलेहरू॥
ठक्कर खाएनौ भने सफलताको मूल्य कसरि बुझौला,
गलत मान्छे सँग भेट नभए असल मान्छेलाई कसरी चिनौला॥
म तिमी तपाई अनि हामी