बडा दशैँ विशेष कार्यक्रमको प्रवेश शुल्क नलाग्ने

- चर्चित गायक तुल्सी सिवाकोटीले बिशेष प्रस्तुती दिने

-


     अनुष्मा पोख्रेल     
     असाेज ६ गते २०८२


स्पेनको वेनिड्रममा हुने बडा दशैँ विशेष कार्यक्रमको प्रवेश शुल्क नलाग्ने भएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति कोष्टाब्लाङ्का र नेपाल समाज एसोसिएसनल बडा दशैँ विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
हामी नेपालीहरुको महान पर्व विजया दशमी २०८२ को पावन अवसरमा शुभकामना आदानप्रदान सहित दशैँ बिशेष कार्यक्रम आयोजना गरिएको एनआरएनए कोष्टाब्लाङ्काले जनाएको छ ।
अक्टोवर २ तारिखमा संचालन हुने कार्यक्रममा निशुल्क प्रवेश गर्ने गरि ब्यवस्था मिलाईएको कार्यक्रम संयोजक नवराज दुवाडीले जानकारी दिनुभयो ।

कोष्टाब्लाङ्का सहयोगी तथा समाजसेवि व्यवसायीहरूको उत्साह जनक सहयोग र समर्थनका कारण बडा दशैं सांस्कृतिक महोत्सवमा सम्पूर्ण सहभागीहरूका लागि प्रवेश निःशुल्क रहने व्यवस्था गरिएको दुवाडीको भनाई छ ।
कार्यक्रमलाई प्रायोजन गरि सहयोग गर्ने ब्यवसायीलाई आयोजकले आभार ब्यक्त गरेको छ ।

उहाँहरुको सहयोगले दशैँमा प्रवासमा रहेका नेपालीलाई जोड्ने माध्यम बनेको एनआरएनए कोष्टाब्लाङ्काका अध्यक्ष बिपिन कुमार बिसीले बताउनुभयो ।
प्रवासमा रहेका नेपालीहरुलाई नेपाली सँस्कृति, परम्परा, चाडपर्वहरुमा एकतावद्ध गदैं सहकार्य गर्ने उद्धेश्यले कार्यक्रम संचालन गर्न लागेको समाजका अध्यक्ष केशर बहादुर थापाको भनाई छ ।

नेपालीपन र मौलिकतालाई पुस्तान्तरण गर्न यस्ता कार्यक्रमले बिशेष भुमिका खेलेको अध्यक्ष थापाको भनाई छ । कार्यक्रममा बिशेष प्रस्तुती चर्चित गायक तुल्सी सिवाकोटीले दिनुहुनेछ ।
कार्यक्रम बडा दशैको दिन साँझ ६ बजेदेखी सूरु गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?