एनआरएनए समाचार

जापानमा नेपाली समुदायका हकहित, सुरक्षा र सहयोगका लागि नेपाली दूतावास र एनआरएनए जापानले मिलेर कार्य गर्ने

जापानमा नेपाली समुदायका हकहित, सुरक्षा र सहयोगका लागि नेपाली दूतावासले एनआरएनए जापानसंग विगतदेखि गर्दै आईरहेको सहकार्यलाई निरन्तरता दिदै मिलेर कार्य गर्न पूर्ण प्रतिबद्ध रहेको जनाएको छ ।जापानका लागि नेपाली राजदूतावास टोकियो जापानले शनिबार एनआरएनए जापानको नवनिर्वाचित राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी र सदस्यहरूको लागि आयोजना गरेको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा राजदूत डा दुर्गाबहादुर सुवेदीले उक्त प्रतिवद्दता व्यक्त गरेका हुन ।एनआरएनए जापान र दूतावासका बिचको सहकार्य र सुसम्बन्धका कारण जापानस्थित नेपाली समुदाय, विश्वभरका नेपाली माझ र देशमा पनि सकारात्मक सन्देश गएको… पुरा पढौ

नेपाली श्रमिकहरुको हकहितका लागि १० करोड रुपैंयाँ बराबरको कोष खडा गर्ने एनआरएनए अध्यक्षका प्रत्यासी महेश श्रेष्ठको प्रतिबद्धता

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेश कुमार श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकहरुको हकहितका लागि १० करोड रुपैंयाँ बराबरको कोष खडा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मध्यपूर्व र एसियाका देशहरुको भ्रमणका क्रममा कुवेत पुगेका उनले नेपाल सरकार, वैदेशिक रोजगार व्यवसायी संघ र दातृ निकायसंग समन्वय गरी कम्तीमा रु १० करोडको श्रमिक कल्याण कोष खडा गर्ने प्रतिबद्धता जनाएका हुन् । त्यस्तै उनले एनआरएनए राहत कोषमा पाँच लाख रुपैयाँ अनुदान दिने पनि घोषणा गरे । ‘मध्यपूर्व साथै एसियाका… पुरा पढौ

रुपान्तरण सहितको साझा एनआरएनए बनाउन एसिया प्यासिफिकको संयोजकमा जापानबाट डिपी कंडेलको उम्मेदवारी

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए आईसीसी) आगामी कार्यकाल सन २०२३ – २५ मा जापानबाट व्यवसायी तथा एनआरएनए अभियन्ता दण्डपाणी कंडेल (डिपी)ले एसिया प्यासिफिक संयोजक पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नेपाल सरकार, गन्तव्य मुलुकस्थित कूटनीतिक नियोग, दूतावास लगायतसँग सहकार्य गर्ने योजनासहित कँडेलले रुपान्तरण सहितको साझा संस्था,परिवर्तनको लागि मेरो आवश्यकता”-भन्ने नाराका साथ एसिया प्यासेफिक संयोजक पदमा उम्मेद्वारी दिने बताएका हुन् ।तहगत रुपमा आफ्नो क्षमता,समय र परिस्थिति अनुकुल पदहरुमा रहँदै एनआरएनए तथा… पुरा पढौ

भिजन लिएर एनआरएनएको नेतृत्वलाई अगाडि बढेको छुः अध्यक्ष प्रत्यासी आरके शर्मा

माल्टा,गैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामी महाधिवेशनमा अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार (आरके)शर्माले सच्चा भिजनमा हिडेकाले यसपाली नेतृत्वमा पुग्ने विश्वास व्यक्त गरेका छन ।एनआरएनएलाई सहि दिशा र गति दिनको लागि सहि भिजन बोकेर हिंडेको भन्दै यसपाली आफुलाई नेतृत्वमा प्रतिनिधिले चुन्नेमा ढुक्क भएको बताएका हुन । उनी एनआरएनएका वर्तमान उपाध्यक्ष हुन । ‘पैसा, प्रभावले चुनाव जित्छु भनेर कसैले नसोचे हुन्छ’, माल्टाको एमसिदामा बुधवार साँझ आयोजित छ़लफलमा कार्यक्रममा उनले भने, ‘एनआरएनए पवित्र संस्था हो, संस्थालाई विवाद होइन एकताबद्ध बनाउन सच्चा भिजन लिएर चुनावी… पुरा पढौ

एनआरएनए एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले गरिन् उम्मेदवारी घोषणा

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन्।  एनआरएनए अभियानमा लामो समयदेखि आबद्ध गुरुङले एनआरएनए एसिया प्यासिफिक महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। काठमाडौँमा यही अक्टोबर १७ देखि २० सम्म हुन गैरहेको ११औं अन्तर्राष्ट्रिय महाधिवेशनमा  एसिया प्यासिफिक महिला संयोजक पदमा आफुलाई सहयोग गर्न एनआरएन अभियन्ताहरूलाई गुरुङले अपिल गरेकी छन्। उनले विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पूँजीको परिचालन गर्दै नेपालको विकासमा योगदान गर्ने सोचलाई कार्यान्वयन… पुरा पढौ

श्रमिक मजदुरहरुको सदस्यता शुल्क उठाएर अनावश्यक रुपमा खर्च नगर्ने एनआरएनए अध्यक्षका प्रत्यासी आरके शर्माको प्रतिबद्धता

ग़ैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामीमहाधिवेशनका अध्यक्षका प्रत्याशी राजेन्द्र कुमार (आरके) शर्मालेएनआरएनए भड्किलो बन्दै गएको भन्दै कार्यक्रमहरु तारेहोटलमा नगरी रत्नपार्कमा गर्नुपर्ने प्रस्ताव गरेका छन् । एनआरएनए स्पेनका प्रतिनिधि (डेलिगेट्स)संग बार्सिलोनामा मंगलवार साँझ छलफल गर्दै श्रमिक मजदुरहरुको सदस्यता शुल्क उठाएर अनावश्यक रुपमा खर्च गर्न नहुनेमा जोड दिएका हुन् । ‘परदेशका श्रमिक मजदुरहरुको सदस्यता शुल्क उठाएर अनावश्यक रुपमा खर्च गर्न हुदैन भन्ने पक्षमा म छु’, एनआरएनएका उपाध्यक्ष समेत रहेका शर्माले प्रस्ताव गरें’, ‘एनआरएनएका कार्यक्रमहरु तारे होटलमा हैन रत्नपार्कमा गरौंभन्ने मेरो लाइन छ, म अध्यक्ष भएमा यस्ता भड्किला कार्यक्रमहरुहुने छैनन्, फजुल अनावश्यक खर्च रोक्ने छु ।’ १७ अक्टुवरबाट एनआरएनएको ११ औं महाधिवेशन शुरु हुदैछ ।एनआरएनएलाई मितव्ययी र पारदर्शी बनाउनुका साथै आवश्यकभन्दा अरु क्षेत्रमा खर्च गर्न नहुनेमा आफु सुरुदेखि भएको बताउँदै खाड़ी देखि युरोप अमेरिकाका श्रमिकहरुको हितमा काम गर्नेआफ्नो मुख्य उद्देश्य रहेको दोहोर्याए । महंगा होटलमा लाग्ने खर्च कटाएर सामान्य खर्चमा एनआरएनएका कार्यक्रमहरु गरीश्रमिकको हितको लागि काम गर्नुपर्ने आवश्यकता औंल्याए । शर्माले एनआरएनएलाई एकताबद्ध र सबै परदेशी नेपालीको साझा संस्था बनाउनको लागि अध्यक्षको उम्मेदवारी घोषणागरेर अघि बढेको बताए । ‘एनआरएनएको अध्यक्ष बनेर फ़ोटो झुण्ड्याउन जाँदैछैन, पछिल्लो समयमा विभाजित एनआरएनएलाई एकढिक्का र सबैपरदेशी नेपालीको साझाबनाउन नेतृत्वक दाबी गरेको हुँ आशा छ सबैको साथ पाउने छु ।’ शर्माले भने । एनआरएनए स्पेनका अध्यक्ष पेशल कोइरालाको अध्यक्षतामाभएको कार्यक्रममा एनआरएनए युरोपका उप संयोजक चित्र सुवेदी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा एनआरएनए स्पेनका प्रतिनिधि (डेलिगेट्स) तथा नेपाली समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । अध्यक्षका प्रत्याशी शर्मा शनिवार चेक रिपब्लिक, आइतबार डेनमार्क, सोमवार विहान जर्मनी हुदै साँझ पोर्तुगलका प्रतिनिधि(डेलिगेट्स)संग छलफलमा सहभागि भएर स्पेन पुगेका हुन् । शर्माले कर्मभूमि कतारमा विशाल कार्यक्रम गरि अध्यक्षपदमा उम्मेदवारी घोषणा गरेर अघि बढेका छन् । पुरा पढौ

एनआरएनएमा अध्यक्ष पदका प्रत्यासी महेश श्रेष्ठ मध्यपूर्वको साक्षात्कारबाट उत्साहित

आसन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेशकुमार श्रेष्ठ मध्यपूर्वको देश दौड़ाहाबाट उत्साहित भएको बताएका छन । आफ्नो गृह देश जापानका विभिन्न शहरमा पुगेर स्थानीय गैर आवासीय नेपालीहरुसँग साक्षात्कार गर्दा मिलेको सहयोग र सत्भावलाई मध्यपूर्वका एनआरएनए अभियन्ता ग़ैर आवासीय नेपाली र त्यहाको एनसीसीले गरेको माया र दिलाएको बिश्वासले आफ्नो जित सुनिश्चित रहेको अध्यक्षका प्रत्यासी श्रेष्ठले बताए । “एनआरएनएको आगामी कार्यकालका लागि उपाध्यक्ष महासचिब लगायतका उम्मेदवारसहित मैले गरेको मध्यपूर्वको भेटघाट र अन्तरक्रियाले मेरो नेतृत्वलाई सहज… पुरा पढौ

एनआरएनएका क्षेत्रीय समिति मध्यकै उकृष्ट र नमूना योग्य बनाउने योजनाका साथ शिवप्रसाद पौडेलले दिए एसिया प्यासिफ़िक क्षेत्रीय समितिको संयोजकमा उम्मेदवार

“एनआरएनएको समन्वय हुनेछ एनएसीसी आइसीसी बिच प्रभावकारी, उत्तरदायित्व र जवाफदेहितासहितको मेरो उम्मेदवारी” भन्ने विश्वासका साथ शिवप्रसाद पौडेल एशिया प्यासिफ़िक क्षेत्रीय समितिको संयोजक पदमा उम्मेदवारी दिदै मैदानमा होमिएका छन्।दृढ़ संकल्प मेलमिलाप अभिवकत्वले एनआरएनए जापानलाई अब्बल बनाउन सफल रहेको र एसिया प्यासिफ़िक क्षेत्रीय समितिलाई पनि एनआरएनएका क्षेत्रीय समिति मध्यकै उकृष्ट र नमूना योग्य बनाउने संकल्पका साथ संघको आगामी निर्बाचनमा एशिया प्यासिफ़िक क्षेत्रीय संयोजकमा पौडेलले उम्मेदवारी दिने घोषणा गरेका हुन । ‘मैले पूर्वी एशियाबासी नेपालीले चाहना र भावनालाई राम्रोसंग बुझेकोले एनआरएनएमार्फत उनीहरूको सेवामा… पुरा पढौ

सामाजिक अभियन्ताको रूपमा परिचित दिपक कंडेलले जापानबाट डिआरसीमा उम्मेदवारी दिएसंगै एसिया भरि चर्चा परिचर्चा सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दिपक कंडेलले उम्मेद्वारी दिने घोषणा लगत्तै उनको एसिया भरि चर्चा परिचर्चा सुरु भएको छ।कंडेल गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानमा सन् २०१५ मा सदस्यका रूपमा आएर दुई कार्यकाल सदस्य २०१९-२१ मा एसिया प्यासिफिक क्षेत्रीय समितिको युवा संयोजक र हाल सोहि समितिको उप संयोजकमा रहेर काम गरिरहेका छन ।जापानमा क्रियाशील बहुकोट समाज जापानको वरिष्ठ उपाध्यक्ष समेत रहेका युवा व्यावसायी कंडेल जापानमा समाजिक कार्य गर्नेमा परिचित व्यक्ति हुन । एनआरएनएको अभियानमा… पुरा पढौ

एनआरएनए आईसीसीको कोषाध्यक्षमा जापानबाट सुदन थापाको उम्मेदवारी घोषणा

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोषाध्यक्ष पदमा जापानबाट युवा व्यवसायी सुदन थापाले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए आईसीसीको आगामी कार्यकाल २०२३-०२५ का लागि कोषाध्यक्षपदमा थापाले उम्मेदवारी दिने घोषणा गरेका हुन । एनआरएनए जापानका पूर्वअध्यक्ष थापाले कोषाध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् । एनआरएनए आईसीसीको युथकोअर्डिनेटरको जिम्मेवारी समेत समालेका थापाले सबै पक्षलाई समेटेर सन्तुलन मिलाउन कोषाध्यक्षमा उम्मेदवारी दि न लागेको बताउनु भयो । बिगत १६ बर्षदेखि जापानमा व्यापार, व्यवसायी र सामाजिक कार्यमा सक्रिय थापा काम गर्न अब्बल युवाको रुपमा चिनिन्छन… पुरा पढौ