एनआरएनए समाचार

एनआरएनए आइसीसीको सदस्यमा राम थापा अनिलको उम्मेदवारी

गैर आवासीय नेपाली संघमार्फत विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई नेपालको सस्कृति र संस्कारप्रति आकर्षित गर्ने उद्देश्यका साथ आइसीसी सदस्य पदमामा राम थापा अनिलले उम्मेदवारी घोषणा गरेका छन ।जापानमा रहेर समाजका विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय तथा एनआरएनएको गतिविधिमा २०१५ देखि क्रियाशील अनिलले विदेशमा सिकेको ज्ञान सिप प्रविधि र पूँजीलाई नेपालको विकासमा लगाउने वातावरण सृजना गर्दै एनआरएनएलाई सबैको आशा र बिश्वासको केन्द्र बनाउनका लागि आफूले आइसीसी सदस्य पदमा उम्मेदवारी दिएको बताएका छन ।एनआरएनए जापानको उपाध्यक्ष समेत भएका अनिल निरन्तर रूपमा यस अभियानमा… पुरा पढौ

कान्साइमा क्षेत्रीय समितिमा सफल कार्यकाल सकेका दिलिपको एनआरएनए जापानको केन्द्रीय सदस्यमा उम्मेदवारी

नारामा मात्र होइन व्यवहारमा पनि लागु गर्ने अठोटको अभियानको रूपमा एनआरएनएको अभियानलाई लिएका दिलिप शर्माले एनआरएनए जापानको आगामी कार्यकालको सदस्य पदमा उम्मेदवारी दिएका छन ।मन,बचन कर्मले एकता र सद्भाव जगाउनु पर्छ भन्ने मान्यताका साथ बागलुङ गलकोट जन्म भै हाल चितवनका स्थायी बासिन्दा रहेका दिलिपले एनआरएनएलाई नेपाली समुदायको अबिभावकको रूपमा विकास गराउन आफूले सक्दो प्रयासका लागि सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन ।‘एनआरएनए जापानमा विधि पद्दति नीति नियमको व्यावहारिक रूपमा कार्यान्वयन गराउनका लागि मैले भूमिका खेल्ने छु ।’ सदस्य पदका प्रत्यासी… पुरा पढौ

एनआरएनएलाई “हाम्रो र राम्रो”बनाउन उपाध्यक्ष पदमा देवराज उप्रेतीले उम्मेदवारी 

एनआरएनएलाई सबै नेपालीले “हाम्रो र राम्रो” भन्ने महशुस गर्न सकून् भन्ने बनाउनका लागि एनआरएनए जापानको उपाध्यक्ष पदमा देवराज उप्रेतीले उम्मेदवारी दिएका छन । एनआरएनए सस्थागत विकास र युवा सहभागिताका लागि एक दशक लामो सक्रिय भूमिका निर्वाह गरिसकेका उप्रेतीले एनआरएनए जापानको २०२३-२०२५ कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन ।मौजुदा कार्यसमितिमा सचिव रहेका उप्रेतीले संघलाइ प्रविधि मैत्री बनाएर कार्य गर्न गराउन, प्रवासमा नेपालीहरुको अभिभावकिय भूमिकामा रहेको ब्यवहारिक रुपमानै अनुभुत गराउन तथा युवा पुस्तालाई एनआरएनए जापानका गतिबिधिमा चासो राखी सकारात्मक सहयोग… पुरा पढौ

नेपालको सस्कृतिलाई बिदेशमा परिचित गराउने ध्येयका साथ आईसीसी सदस्य पदमा घिमिरेको उम्मेदवारी

ग़ैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को सदस्य पदमा बिष्णुप्रसाद घिमिरेले उम्मेदवारी दर्ता गराएका छन ।एनआरएनएको अभियानमा लामों समयदेखि सक्रिय घिमिरेले समाज सेवामा निरन्तरता निःस्वार्थ सेवासहित सामुदायिक एकता भन्ने मान्यताका साथ आफूले उक्त पदमा उम्मेदवारी दिएको बताए ।एनआरएनएको अभियानमा क्षेत्रीय समितिदेखि राष्ट्रिय समन्वय परिषद्को सचिवसम्मको जिम्मेवारी सम्हालिसकेका घिमिरेले परिणाम उन्मुख कार्ययोजना कार्यान्वयन गराउनका लागि एनआरएनएको मुख्य नेतृत्वलाई सहयोग पुर्याउन आफ्नो उम्मेदवारी रहेकाले जापानबासी पञ्जीकृत सदस्यलाई मतदानको लागि अनुरोध गरेका छन ।साहित्य लेखन पत्रकारितासंगै जापानको नागोयामा व्यावसाय संचालन गरेर बसेका आइसीसी… पुरा पढौ

एनआरएनए जापान निर्वाचन: कोषाध्यक्ष पदका प्रत्यासी रामबहादुर खड्काले अर्का प्रत्यासी कर्साङ् तामाङलाई सहयोग गर्ने गरि उम्मेदवारी फिर्ता

सहमती, सहकार्य,मेलमिलाप र भाईचारासम्बन्ध स्थापित गर्दै एनआरएनए जापानमा सहमतीय प्रणालीमार्फत नेतृत्व चयनका लागि भन्दै कोषाध्यक्ष पदका प्रत्यासी रामबहादुर खड्काले उम्मेदवारी फिर्ता लिएका छन ।एनआरएनए जापानको आगामी कार्यकालका लागि उक्त पदमा उम्मेदवारी दर्ता गराएका खड्का खड्काले अर्का प्रत्यासी कर्साङ् तामाङलाई सहयोग गर्ने गरि उम्मेदवारी फिर्ता लिएको सामाजिक सन्जालमार्फत जनाएका हुन ।“एनसीसी जापानको २३/२५मा कोषाध्यक्ष पदको उम्मेदवार, सम्पूर्ण अग्रज र मित्रहरूको सुझाब तथा सरसल्लाहबाट सहमती र सहकार्यको मार्गमा जाने निर्णयका साथ यो मात्र अन्तिम पटक नभएको महसूश गरी मेरो पूर्ण साथ र… पुरा पढौ

एनआरएनए जापान निर्वाचन: युवासंयोजक पदका प्रत्यासी राजु भण्डारी सुनिलले उम्मेदवारी फिर्ता लिएसंगै मुक्तिराज रेग्मी निर्विरोध हुने बाटो खुल्यो

एनआरएनए जापानको जुलाई ३० मा हुने निर्वाचनको लागि युवा संयोजकमा उम्मेदवारी दर्ता गराएका राजु भण्डारी सुनिलले उम्मेदवारी फिर्ता लिने भएका छन ।एनआरएनए जापानको मौजुदा केन्द्रीय सदस्य पदमा रहेर सक्रियतापूर्वक कार्य गरेका भण्डारीले सहमती र सहकार्यमार्फत एनआरएनए जापानमा सहमतिको वातावरण सृजना गर्नको लागि आफूले उम्मेदवारी फिर्ता लिएर सो पदका प्रत्यासी मुक्तिराज रेग्मीलाई सहयोग गरेको बताएका हुन । “प्रवासमा रहेर एनआरएनएमार्फत सामाजिक सेवामा क्रियाशील र निरन्तरता दिनका लागि मैले युवा संयोजक पदमा उम्मेदवारी दर्ता गराएको गराएको थिए।“ उम्मेदवारी फिर्ता लिएको बारे जानकारी… पुरा पढौ

एनआरएनए जापानको निर्वाचनमा ३२ पदका लागि चुनावी मैदानमा ६२ जनाले प्रतिस्पर्धा गर्दै( उम्मेदवारको नामावलीसहित)

एनआरएनए जापानको आगामी कार्यकाल २०२३-२०२५ को ३२ पदका लागि चुनावी मैदानमा ६२ जनाले प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गराएका छन ।निर्वाचन समितिले प्रकाशित गरेको प्रारम्भिक उम्मेदवारी नामावली अनुसार अध्यक्ष एक पदका लागि ४ जना, ५ उपाध्यक्ष एक पदका लागि ८ जना, महिला उपाध्यक्ष एक पदका लागि दुई जना, महासचिव एक पदका लागि तीन जना, सचिव ३ पदका लागि ६ जना, महिला सचिव १ पदको लागि १ जना, कोषाध्यक्ष एक पदका लागि चार जना, सह कोषाध्यक्ष एक पदका लागि दुई जना महिला… पुरा पढौ

एनआरएनएको छविलाई उचाइमा पुर्याउन रामु कंडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी

गैर आवासीय नेपाली संघ जापानमा युवाशक्तिलाई सामाजिक कार्यमा रूपान्तरण गर्ने प्रतिबद्धतामा मेरो सहभागिता भन्ने मान्यताका साथ चितवनका रामु कंडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन । लामों समयदेखि व्यावसाय गर्दै सामाजिक कार्यमा तल्लिन कंडेललेसमाजको मनोविज्ञानलाई आफूले राम्रोसंग बुझेकोले एनआरएनएको छविलाई उचाइमा पुर्याउन र युवापिढी सामाजिक कार्यमा अग्रसर गराउनका लागि सदस्यमा उम्मेदवारी दिएको बताए । ‘मेरो हालसम्मको अनुभवलाई एनआरएनए जापानको कार्यसमितिमा रहेर उपयोग गरि संघलाई जापान स्थित नेपाली समुदायको अभिभावकीय संस्थाको रुपमा विकसित गराउन मैले उम्मेदवारी दिएको हुँ ।’ सदस्य पदका… पुरा पढौ

एनआरएनए आइसीसीमा खेलकुदको प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने एजेण्डासहित गुरुङले दिए

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (आइसिसी) को सदस्य पदमा तत्कालिन पश्चिमाञ्ल क्षेत्रीय भलिबल संघका संस्थापक अध्यक्ष श्री गुरुङ (श्रीभक्त गुरुङ) उम्मेदवारी दिएका छन ।जुलाई ३० तारिक हुन लागेको एनआरएनए जापानको निर्वाचनमार्फ़त आगामी कार्यकाल २०२३–२०२५ का लागि गुरुङ उम्मेदवारी दिएका हुन् ।“खेलकुद,समाज र मुलुकको विकासमा एक ईट्टा थप्ने आफ्नो प्रतिबद्धता” भन्ने मान्यताका साथ आफ्नो उम्मेदवारी दर्ता गराएका गुरुङ लामो समयदेखि जापानमा बसेर खेलकूदका साथै सामाजिक कार्यमा सक्रिय रहेका छन । एनआरएनएलाई प्रवासमा रहेका नेपालीहरूको साझा चौतारी बनाउनका लागि आफूले… पुरा पढौ

एनआरएनए जापान कान्साइ क्षेत्रीय समितिको संयोजकमा नरबहादुर थापाको उम्मेदवारी

नेपालीहरुमा बढ्दै गरेको सामाजिक र संस्थागत विकृति, बिसंगति, बिभाजन भएको भाईचारालाई एकताको सुत्रमा आबद्ध गर्दै संस्थामा जीवन्त खाका कोर्ने उद्देश्यका साथ एनआरएनए जापानको कान्साइ क्षेत्रीय समितिको संयोजकमा नरबहादुर थापाले उम्मेदवारी दिएका छन ।प्रवासमा रहेका नेपालको अविभावकीय संस्था एनआरएनएमा हरेक किसिमका जातजाती, भेषभुषा, संस्कार, संस्कृति भूगोलका नेपाली समुदायको मर्म र भावना आफूले सम्बोधन गरेर जानसक्ने भएकोले कान्साइ क्षेत्रीय समितिको संयोजकमा उम्मेदवारी दिएको थापाले बताए ।एनसीसी जापानसंगै जुलाई ३० तारिक हुने सो क्षेत्रीय समितिको आगामी कार्यकाल २०२३-२५ का लागि निर्वाचनमार्फत नयाँ कार्यसमिति… पुरा पढौ