नेपाली कम्युनिटी लम्रिकद्वारा शुभकामना आदान-प्रदान तथा सांगीतिक कार्यक्रम गर्ने

-


     जनहित न्युज    
     असाेज २४ गते २०८०


नेपालीहरुको महान पर्व वडा दशै तथा शुभ दिपावलीको अवसरमा नेपाली कम्युनिटी लम्रिकद्वारा शुभकामना आदान-प्रदान तथा सांगीतिक कार्यक्रम गर्ने भएको छ।

नेपाली परम्परा र संस्कृतिको जगेर्ना गर्ने उदेश्य सहित GREAT NATIONAL SOUTH COURT HOTEL को हलमा आयोजना गर्न लागिएको यस कार्यक्रममा पारिवारिक भेटघाट, शुभकामना आदान-प्रदानको साथमा सांगीतिक प्रस्तुति समेत रहने संस्थाका अध्यक्ष प्रेम सापकोटाले जानकारी दिए।

हाम्रा अभिभावक साथै हाम्रा साना नानी बाबु सहितको उपस्थिति रहने कार्यक्रममा दशैको सामाजिक र सांस्कृतिक महत्वको विषयमा समेत जानकारी गराउदै जन्मभूमिमा दशै तथा शुभ दीपावली मनाउदाको झल्को मेटाउने गरि कार्यक्रम हुन लागेको अध्यक्ष सापकोटाले बताए।

कम्युनिटीद्वारा आउदो नोभेम्बर ६ तारिकका दिन ठिक ४:०० बजे देखि आयोजना गरिएको उक्त कार्यक्रममा राष्ट्रिय कलाकार हेमन्त राना र स्थानीय कलाकारको प्रस्तुति रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?