एनआरएनए जापानले आठ जनालाई मनोनित गर्दै तोक्यो सुवास लामिछानेलाई प्रवक्तामा

-


     जनहित न्युज    
     पौष १५ गते २०७८


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले आठ जनालाई मनोनित गर्दै आफ़्नो कार्यसमितिलाई पूर्णता दिनुका साथै प्रवक्ता समेत चयन गरेको छ ।
टोकियोस्थित एनआरएनए जापानको कार्यालयमा बिहीवार बसेको बैठकले रिक्त केन्द्रीय सदस्य पदमा अच्युत लोहनी, मनोज श्रेष्ठ, कमल बास्तोला, सचिन आचार्य, कर्साङ् तामाङ्, सुनिता श्रीष मगर (महिला) अजय राना (विद्यार्थी) लाई मनोनित गरेको एनआरएनए जापानका महासचिव सिद्वार्थ श्रेष्ठले जानकारी दिए ।
बैठकले संघको प्रवक्ताका रूपमा सुवास लामिछानेलाई चयन गरेको छ ।
गत जुलाई ३० तारिकमा सम्पन्न निर्वाचनबाट शिवप्रसाद पौडेलको नेतृत्वमा २०२१-२०२३ कार्यकालको लागि कार्यसमिति निर्वाचित भएको थियो ।

निर्वाचित कार्यसमितिलाई असन्तुष्ट पक्षले आर्थिक बझबुझारथ नगरि समस्या सृजना गरेको र पछिल्ला दिनमा संस्थाका आधिकारिक काग़ज़ातको दुरुपयोग गरि अनावश्यक भ्रम फैलाइएकोले त्यसको कानुनी रूपमा प्रतिवाद गर्नका लागि आवश्यक पहल थालिने बैठकले निर्णय गरेको छ ।
आज सम्पन्न बैठकले संघको १०० दिनको प्रगति प्रतिवेदन महासचिव श्रेष्ठले र यस कार्यकालको आर्थिक प्रगति प्रतिवेदन कोषाध्यक्ष कृष्णप्रसाद गैरेले प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?