रुपान्तरण सहितको साझा एनआरएनए बनाउन एसिया प्यासिफिकको संयोजकमा जापानबाट डिपी कंडेलको उम्मेदवारी

-


     जनहित न्युज    
     असाेज १८ गते २०८०


गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए आईसीसी) आगामी कार्यकाल सन २०२३ – २५ मा जापानबाट व्यवसायी तथा एनआरएनए अभियन्ता दण्डपाणी कंडेल (डिपी)ले एसिया प्यासिफिक संयोजक पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नेपाल सरकार, गन्तव्य मुलुकस्थित कूटनीतिक नियोग, दूतावास लगायतसँग सहकार्य गर्ने योजनासहित कँडेलले रुपान्तरण सहितको साझा संस्था,परिवर्तनको लागि मेरो आवश्यकता”-भन्ने नाराका साथ एसिया प्यासेफिक संयोजक पदमा उम्मेद्वारी दिने बताएका हुन् ।
तहगत रुपमा आफ्नो क्षमता,समय र परिस्थिति अनुकुल पदहरुमा रहँदै एनआरएनए तथा समाजिक अभियानमा जुटेका कँडेल सन २०२१-२३ कार्यसमितिमा एसिया प्यासेफिक संयोजकका रुपमा कार्यरत छन् ।
एनआरएनएको असहज अवस्था २०२१-२३ रहेको र त्यसकै उपज म परिस्थितिजन्य अवस्थामा संयोजकको भूमिकामा रहेर सहज वातावरण बनाउन मध्यस्तकर्ताको रूपमा भूमिका खेले । आगामी कार्यकालका लागि दिएको उम्मेदवारीको पुष्टि गर्दै कंडेलले भने- अहिले संयोजक पदमा रहदा एशिया प्यासिफिकमा गैर आवासीय नेपालीको अवस्था र समस्यालाई पहिचान गरेकोले त्यसको योजना बनाई समाधान गर्न कै लागि मेरो उम्मेदवारी हो ।
हाल अघिल्लो पटकको अधिवेशनबाट प्राप्त अवसरले एसिया प्यासेफिक तथा समग्र एनआरएनए तथा त्यस भित्रका गतिविधि र आवश्यकताहरुलाई नजिकबाट बुझ्ने अवसर मिलेकोले आगामी कार्यकालमा आफ्ना योजनाहरु कार्यन्वयन गरि एनआरएनए अभियानमा केहि ठोस उपलब्धी प्रदानका लागि प्रष्ट योजनासहित उम्मेद्वारी दिने कँडेलको भनाई छ ।

सन २००८ देखिनै गैरआवासीय नेपाली संघको अभियानमा जोडिएका कँडेलले २०१० – ११ को एनसिसि जापानको राष्ट्रिय समन्वय परिषद् सदस्य पदबाट जिम्मेवारीमा निर्वाह गर्दै आएका कँडेलले पुनः सन २०११ -१३ कार्यसमितिमा पनि सोहि पदमा दोहोर्याएका थिए । त्यसपछि सन २०१७-१९ को एनआरएनए जापानको कार्यसमितिमा सल्लाहकारका रुपमा सक्रिय रहेका उनि सन २०१९ -२१ आईसीसी सदस्यको निर्विरोध निर्वाचित भएका थिए ।
आसन्न महाधिवेशनबाट पुनः एसिया प्यासेफिक पदमा डेलिगेट्सहरुले विश्वास गरि मतदान दिएर विजयी बनाएमा आफुले ६ बुँदे प्रतिवद्धताहरु पुरा गर्ने दृढता लिएको बताए ।
प्रतिवद्धताहरुः
१.एनआरएनए आईसीसीले अख्तियारी गरेका कार्यक्रमहरु एसिया प्यासिफिक क्षेत्रमा रहेका एनसीसी समक्ष पुर्याइ पूर्ण कार्यन्वयन गर्नेतर्फ काम गर्नेछु।

२.एसिया प्यासिफिक क्षेत्रभित्र रहेका एनसीसीहरुमा कायम समस्याहरुलाई समाधानका उपायहरु बटुली समाधानका लागि कार्यन्वयन गराउनुका साथै आवश्यक जटिल विषयहरुलाई सुचीकृत गरि एनआरएनए मार्फत सम्बन्धित निकायसम्म पुर्याउन पहल गर्नेछु।

३.थाईल्याण्ड र म्यानमारमा रहेका पिएनओ का मागलाई पूर्ण कार्यन्वयनका लागि अहिले सम्बन्धित ठाउँमा कुरा पुर्याइसकेको र अब त्यसलाई पूर्ण कार्यन्वयनका लागि पुनः पहल गर्नेछु।

४.सामाजिक सुरक्षा कोषलाई अझै थप प्रभावकारीरुपमा वास्तविक आवश्यकिय वर्गसम्म पुग्नेगरि कार्यन्वयनमा ल्याउन एसिया क्षेत्रको तर्फबाट पहल गर्नेछु ।

५.एसिया प्यासेफिक क्षेत्रको आफ्नै सचिवालय र बैंक खाता संचालन गरि,एसिया प्यासिफिक फण्ड स्थापना गरि,भइपरी आउने र अति विकट तथा बिपन्न क्षेत्रका शिक्षा र स्वास्थ्यका लागि टेवा पुर्याउन प्रभावकारी पहल गर्नेछु ।

६.अन्त्यमा,विदेशमा हुर्किँदै गरेका दोस्रो पुस्ताका एनआरएनएका रुपमा परिचित बालबालिकाहरुलाई मूलभूमी नेपालको भाषा/कला तथा संस्कृतिबारे आवश्यक ज्ञान प्रदान गरि नेपालसंग जोड्ने विविध प्रभावकारी कार्यक्रमहरु संचालन गर्नेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?