
गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दिपक कंडेलले उम्मेद्वारी दिने घोषणा लगत्तै उनको एसिया भरि चर्चा परिचर्चा सुरु भएको छ।
कंडेल गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानमा सन् २०१५ मा सदस्यका रूपमा आएर दुई कार्यकाल सदस्य २०१९-२१ मा एसिया प्यासिफिक क्षेत्रीय समितिको युवा संयोजक र हाल सोहि समितिको उप संयोजकमा रहेर काम गरिरहेका छन ।
जापानमा क्रियाशील बहुकोट समाज जापानको वरिष्ठ उपाध्यक्ष समेत रहेका युवा व्यावसायी कंडेल जापानमा समाजिक कार्य गर्नेमा परिचित व्यक्ति हुन । एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका कंडेल सरल र मिजासिलो स्वभावका एनआरएनए अभियन्ताका रुपमा समेत चिनिन्छन ।
एनआरएनएमा तहगत समन्वयात्मक सहकार्यसहित युवा सहभागिता, सबैको अपनत्व भएको प्रविधि मैत्री दोश्रो पुस्ता समावेश एनआरएनए आजको आवश्यकता लाई कार्यान्वयन गर्नका लागि स्पष्ट योजना र कार्यक्रमसहित उप संयोजक पदमा उम्मेदवारी दिएको बताउने कंडेलले विगतमा आफुले पाएको जिम्मेवारी सफलता साथ पुरा गरेकोले एसिया प्यासिफिकका डेलिगेट्सहरूले भरोसाका साथ मत दिनेमा विश्वस्त छन ।
‘म एशिया प्यासिफिकको युवा संयोजक हुदा प्रवासी नेपालीको दोस्रोर तेस्रो पुस्तालाई नेपालसंग जोड्ने कड़ीको रूपमा रहेको एनआरएनए ग्लोबल वक्तृत्वकला प्रतियोगिता मेरो संयोजकत्वमा सफलता साथ सम्पन्न गरेको छु ।उप संयोजक पदका प्रत्यासी रहेका कंडेलले भने- नयाँ पुस्ताका कलिला किशोरकिशोरीहरुबाट सुरु गरेको पहिलो वक्तृत्वकला प्रतिस्पर्धामा सहभागीहरुको प्रस्तुति सुन्दा र हेर्दा हामीले नै डाहा गर्नुपर्ने अवस्था आईसकेको रहेछ।
हामीले नयाँ पुस्तालाई नेपाल र नेपाली अनि नेपालीका लागि नेपाली भन्ने नाराको अर्थ तथा एनआरएनएमा नसमेटने यस्ता कार्यक्रमले उत्प्रेरित गर्ने भएकोले यस्तै कार्यक्रमलाई नियमितता दिनका लागि आफ्नो उम्मेदवारी भएको दाबी गरे ।
एनआरएनएको मर्म र भावना अनुरुप व्यक्तित्व बिकास समेत आवश्यक रहेको भन्दै पछिल्लो पुस्तालाई नेपालप्रति सामिप्यता र उत्तरदायित्व बहन गर्दै अगाडी बढाउन जोड दिने कंडेल बताए ।
संस्थालाई पारदर्शिता, गतिशील र व्यवस्थित बनाउन आफ्नो क्षमतालाई उपयोग गर्नका लागि एनआरएनएको अभियानमा रहिरहन पदीय जिम्मेवारी आवश्यक भएको भन्दै आफ्नो उम्मेदवारी फगत पद र प्रतिष्ठाको लागि मात्र नभएर एनआरएनएको संस्थागत सुदृढीकरणका लागि भएको भनाई छ ।
कंडेलले भन्छन् ” एसियाका सबै एनआरएनए डेलिगेटसहरुबाट एसिया प्यासिफिक उपसंयोजकमा समर्थन र मतको लागि हार्दिक अनुरोध गर्दछु।अबसर पाएको खन्डमा संस्थामा यो र त्यो नभनि एसिया प्यासिफिक संयोजकको निर्देशनमा उहाका कार्य योजनालाई इमान्दारिताको साथ पुरा गर्ने काममा निरन्तर लाग्नेछु।”
“प्रवासी नेपालीहरूको शारीरिक र मानसिक स्वाथ्य सचेतनालाई ध्यानमा राखेर भौतिक र भर्चुवल रूपमा सचेतनामूलक कार्यक्रम गर्ने आफ्नो अर्को मुख्य कार्यभार हुने उनले बताए ।