एनआरएनए समाचार

मध्यपूर्वका एनआरएनएसंग उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठले भने-सिपयुक्त श्रमिक उत्पादनका लागि एनआरएनएले सरकारसंग सहकार्य गर्न तयार छ

एनआरएनए आइसीसीको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका रोविन्दप्रसाद श्रेष्ठ गोविन्दले एनआरएनएले श्रमिकका मुद्दामा काम गर्न नेपाललाई श्रम बजारको रूपमा विकसित गराउन पहल गर्नु पर्ने बताएका छन ।मध्यपूर्व क्षेत्रमा बस्ने डेलिगेट्स वा गैर आवासीय नेपालीहरूमाझ आफ्नो पक्षमा समर्थन जुटाउन, योजना बनाउन साथै सल्लाह र सुझाव लिन देश दौड़ाहामा रहेका उपाध्यक्ष पदका प्रत्यासी श्रेष्ठले शनिबार एनआरएनए एनसीसी दुबईले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन ।वैदेशिक रोजगारीकलाई सुरक्षित बनाउन सरकार, गन्तव्य मुलुकस्थित कूटनीतिक नियोग, दूतावास लगायतसँग एनआरएनएले सहकार्य गर्दै विश्व… पुरा पढौ

एनआरएनएको गरिमा र विरासतलाई आगामी नेतृत्वले फर्काउन सकोस, हार्दिक शुभकामना

गैरआवासीय नेपाली संघको आसन्न अधिबेशनमा उमेद्वारको लर्को सबैका लागि अचम्म लाग्दो तर आकर्षक देखिन्छ । यो संस्थाको इतिहासमै सबैभन्दा धेरै उमेद्वार मैदानमा भिड्दैछन । यसो हुनुको कारण यसअघि रोपिएको विऊ उम्रिएको भन्दा सायद फरक नपर्ला । वर्तमान कार्य समितिमा तीन-तीन जना अध्यक्ष सहित दर्जनौ पदाधिकारी छन् । आफू कुन पदको योग्य छु भन्ने हेक्का नराखिकन वा आफू पदमै बस्नुपर्छ भन्ने धारणा राख्दा यो संस्थाले केही बदनामी खेप्नुपर्‍यो। कतिपयले आफ्नो क्षमताभन्दा माथिको पदमा आँखा लगाउँदा यस किसिमको अवस्था आएको पनि महसुस… पुरा पढौ

मध्यपूर्व भोट बैंक मात्र होइनः एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मा

बहराइन । गैरआवासीय नेपाली संघ(एनआरएन)का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा भोट बैंक मात्र नभएको बताएका छन् ।  नेपाली जनसम्पर्क समिति बहराइनले आयोजना गरेको कार्यक्रममा शर्माले गैरआवासीय अभियानमा मध्यपूर्व भन्दा बाहिर बस्ने अभियन्तालाई मध्यपूर्वले सधैँ अरूलाई दिएको यो पटक अरू क्षेत्रमा बस्ने अभियन्ताले दिने समय आएको स्मरण गराए । “मध्यपूर्वलाई सबै चुनाव नभएको बेला पनि सम्झन म सम्मानित सबै एनआरएनका साथीहरूलाई अनुरोध गर्दछु,”शर्माले भने,“मध्यपूर्वले सबै अरूलाई सहयोग गरेको छ,यो पटक अरुले मध्यपूर्वलाई सहयोग गरेर गुन तिर्ने बेला आएको छ… पुरा पढौ

एनआरएनएको अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठ टिम बलियो बनाउँदै, उपाध्यक्ष र महासचिवका उम्मेदवार सहित चुनावी अभियानमा

गैर आवासीय नेपाली सङ्घ(एनआरएनए)को ११औँ महाधिवेशन नजिकिँदै जाँदा टिम बलियो बनाउन अध्यक्षका प्रत्याशीहरू सक्रिय भएका छन् । संस्थाको नेतृत्व हत्याउन एकपछि अर्का अध्यक्षका उम्मेदवारले प्रतिबद्धता पत्र सार्वजनिक र औपचारिक रूपमा उम्मेदवारी घोषणा गरे सँगै आफ्नो टिमलाई बलियो बनाउने प्रयास थालेका छन् । एनआरएनएको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा मात्र पाँच जनाको दाबी छ । भदौ २९ मै ललितपुरको हिमालय होटेलमा भव्य समारोहका बिच अध्यक्षको उम्मेदवारी घोषणा गरेका महेशकुमार श्रेष्ठले आफ्नो टिम थप सशक्त र बलियो बनाउँदै लगेका छन् । संस्थाको… पुरा पढौ

बोलीमा भन्दा काममा जोड दिने प्रतिबद्धतासहित एनआरएनए सचिबमा जापानका टंक गैरेले कतारबाट गरे औपचारिक घोषणा(भिडियोसहित)

नेतृत्वमा इमान्दारिता,निर्णयमा पारदर्शिता सक्षम,सबल र साझा एनआरएनए बनाउने योजनासहित एनआरएनए आइसीसीको सह- कोषाध्यक्ष रहेका टंकप्रसाद गैरेले आगामी कार्यकालको लागि सचिव पदमा औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन ।अध्यक्ष पदमा राजेन्द्र कुमार (आरके) शर्माको औपचारिक उम्मेदवारी घोषणा सभा कार्यक्रममा एनआरएनए अभियन्ताहरुलाई साक्षी राख्दै कतारबाट गैरेले औपचारिक रूपमा सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन ।स्मार्ट र वैज्ञानिक एनआरएनए बनाउने, प्रवासी नेपालीहरूलाई एउटै छानामुनी केन्द्रित गर्दै भाइचाराको सम्बन्ध विकास गराई प्रवासमा बस्ने नेपालीहरूको साझा संस्थाको रूपमा विकास गराउने कार्यमा क्रियाशील रहने छु । शुभकामना मन्तव्यसहित… पुरा पढौ

हाम्रो टिमका कसैलाई पनि उप विजेता हुने छुट छैन भन्दै कतार पुगेर जापानका रोविन्दप्रसाद श्रेष्ठ गोविन्दले औपचारिक रूपमा घोषणा गरे एनआरएनएको उपाध्यक्षमा उम्मेदवारी(भिडियोसहित)

संस्थागत विकास, युवा सहभागिता सक्षम गौरवशाली र सबैको अपनत्व भएको एनआरएनए बनाउने योजनासहित रोविन्दप्रसाद श्रेष्ठ गोविन्दले औपचारिक रूपमा उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका छन ।अध्यक्ष पदमा राजेन्द्र कुमार (आरके) शर्माको औपचारिक उम्मेदवारी घोषणा सभा कार्यक्रममा एनआरएनए अभियन्ताहरुलाई साक्षी राख्दै कतारबाट हालका उपाध्यक्ष समेत रहेका श्रेष्ठले औपचारिक रूपमा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन । “एनआरएनएको आसन्न ११औं महाधिवेशन तथा विश्व सम्मेलनमा सबैको साथ, सल्लाह र परामर्शका कारण नै मैले पुनः उपाध्यक्ष पदमा आउँने निर्णय गरेको छु ।औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्दै भने-“विश्वभरिका नेपालीहरुको… पुरा पढौ

२४ महिना २४ बाचा सहित एनआरएनए अध्यक्षमा आरके शर्माले गरे औपचारिक उम्मेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि अध्यक्ष पदमा राजेन्द्र कुमार (आरके) शर्माले उम्मेदवारी घोषणा संगै २४ बुँदे बाचापत्र सार्वजनिक गरेका छन। एनआरएनए अभियन्ताहरुलाई साक्षी राख्दै शर्माले २४ महिनामा २४ काम गर्ने बाचासहित भव्य समारोहकाविच वर्तमान उपाध्यक्ष शर्माले कर्मभूमि कतारबाट बुधबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा ‘गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मुल नारा समेटेर शर्माले २४ महिने (२ वर्षे) कार्यकालमा… पुरा पढौ

जापानमा रहेका विदेशी श्रमिकको समस्या सुन्न हट लाइनको व्यवस्था, केहि समस्या पर्यो नेपाली भाषामै कुरा गर्न ०१२०-५३१-४०८ कल गर्नुहोस

जापानमा रहेका विदेशी श्रमिकहरूलाई भाषा लगायतका सहयोग प्रदान गर्नका लागि लेबर एन्ड सोसल सेक्युरिटी एटोर्नी कार्यालयले हट लाइनको व्यवस्था गरेको छ। कार्यालयले जापानमा रहेका विदेशी श्रमिकहरूलाई जापानी भाषाका लागि सहयोगका पुर्याउन लेवर स्ट्यान्डर्ड एडवाइस हट लाइनमा श्रम समस्या सम्बन्धि निःशुल्क परामर्शका टेलिफोन उपलब्ध हुने गराईएको निर्दिष्ट सामाजिक बिमा र श्रम परामर्शदाता काजुओ मियाओकाले एनआरएनए जापानसंगको भेटघाटका क्रममा बताएका हुन । एनआरएनए जापानका अध्यक्ष नविन निउरे, कोबायासी तेचुओसहितको मंगलबार भएको भेटघाटका क्रममा विदेशी नागरिकहरूलाई विशेषतः (नेपाली) लक्षित गरि एनआरएनएसंगको सहकार्यमा सहयोग… पुरा पढौ

सहमति, सहकार्य र एकता, गैर आवासीय नेपालीहरूका बीच आजको आवश्यकताका लागि मेरो उम्मेदवारी हो ।- रोबिन्दप्रसाद श्रेष्ठ (गोविन्द) एनआरएनए उपाध्यक्ष पदका उम्मेदवार

"नेपालीका लागि नेपाली" भन्ने मूल उद्देश्यका साथ स्थापना भएको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको यहि १७-१९ अक्टोबर २०२३ का दिन सम्पन्न हुन गैरहेको आशन्न ११ औ महाधिबेशनमा हुने निर्वाचन २०२३-२०२५ कार्यकालको लागि अन्तराष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष पदमा उमेदवारी दिएका वर्तमान कार्यकालका पनि उपाध्यक्ष रहेका रोबिन्दप्रसाद श्रेष्ठ (गोविन्द)संग सम्पादक खगराज गौतमले गरेको कुराकानीको सम्पादित अंश । एनआरएनएको अभियानमा तपाईको संलग्नता के कसरी रह्यो रहयो र अघि बढिरहेको छ ?धन्यवाद यस महत्वपूर्ण कार्यक्रममा मलाई मेरा विचार र एनआरएनएको बारेमा धारणा… पुरा पढौ

घोषणा सभा अघि एनआरएनए आइसीसीमा अध्यक्ष पदका उम्मेदवार आरके शर्माले पब्लिकसंग मागे सल्लाह र सुझाव

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि अध्यक्ष पदमा उम्मेदवारी दिन कतार निवासी राजेन्द्र कुमार शर्मा(आरके) ले औपचारिक घोषणा सभा गर्ने तयारी गरेका छन । संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले आफ्नो कर्मभूमि कतारको राजधानी दोहामा एक विशेष समारोहका बीच संघको आगामी कार्यकालका लागि नेतृत्व गर्न विशेष कार्ययोजना सहित केही दिनमा नै चुनावी घोषणा सभा गर्न लागेका हुन । शर्माले घोषणा सभामा कार्ययोजनाहरु समेटेर आफ्ना बाचापत्र सार्वजनिक गर्न लागेका छन । विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको… पुरा पढौ