सहमति, सहकार्य र एकता, गैर आवासीय नेपालीहरूका बीच आजको आवश्यकताका लागि मेरो उम्मेदवारी हो ।- रोबिन्दप्रसाद श्रेष्ठ (गोविन्द) एनआरएनए उपाध्यक्ष पदका उम्मेदवार

-


     रोबिन्दप्रसाद श्रेष्ठ (गोविन्द)    
     असाेज ८ गते २०८०


“नेपालीका लागि नेपाली” भन्ने मूल उद्देश्यका साथ स्थापना भएको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको यहि १७-१९ अक्टोबर २०२३ का दिन सम्पन्न हुन गैरहेको आशन्न ११ औ महाधिबेशनमा हुने निर्वाचन २०२३-२०२५ कार्यकालको लागि अन्तराष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष पदमा उमेदवारी दिएका वर्तमान कार्यकालका पनि उपाध्यक्ष रहेका रोबिन्दप्रसाद श्रेष्ठ (गोविन्द)संग सम्पादक खगराज गौतमले गरेको कुराकानीको सम्पादित अंश ।

एनआरएनएको अभियानमा तपाईको संलग्नता के कसरी रह्यो रहयो र अघि बढिरहेको छ ?
धन्यवाद यस महत्वपूर्ण कार्यक्रममा मलाई मेरा विचार र एनआरएनएको बारेमा धारणा राख्ने अवसर प्रदान गर्नु भएकोमा सन् २००३ मा एनआरएनए स्थापना भयो, त्यसको ठिक २ वर्ष पश्चात अर्थात् सन् २००५ देखि हालसम्म निरन्तर अहोरात्र रूपमा एनआरएनए जापानको सदस्य हुँदै उपाध्यक्ष, आइसीसी सदस्य, एशिया प्यासिफ़िक उप संयोजक, एशिया प्यासिफ़िक संयोजक, र हाल आइसीसी उपाध्यक्षको रूपमा मैले गर्नुपर्ने गर्नसक्ने ज़िम्मेवारी र भूमिका निर्वाह गर्दै आइरहेको छु । एनआरएनए मार्फत मैले स्वदेश तथा विदेशमा सामाजिक सेवा, मानवीय सेवा र ग़ैर आवासीय नेपालीको हक़को हितका निम्ति नीतिगत निर्णय गराउन र नेपालमा लगानी अभिबृद्दीका लागि मुख्य भूमिकामा रहेर काम गर्दै आइरहेको छु ।


एनआरएनएको ११ औ महाधिवेशन र विश्व सम्मेलनको माहोल तातिरहेकों छ, तपाई त आइसीसीको उपाध्यक्ष पदमा हुनुहुन्छ, यस बीचमा एनआरएनएले गरेका गतिविधि के कस्ता रहेका छन ?
म एनआरएनएको अभियानमा लागिरहदा मेरो त्याग र समर्पणलाई कदर गरेर अग्रज तथा समकालीन र एनआरएनएका अभियन्ताहरूले विभिन्न कालखण्डमा पदीय जिम्मेवारी प्रदान गर्दै आउनु भएकोमा सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्दै यस २०२१-२०२३ कार्यकालको बिशिष्ट परिस्थितिले उपाध्यक्षको ज़िम्मेवारीमा छु । यो कार्यकाल विशेष गरेर एकता सहमति र सहकार्यका लागि मेहनत गर्नुपर्ने बाध्यात्मक अवस्थामा हामी रहेऔ । त्यसका बिचमा मैले सहमति र एकताका लागि निरन्तर लागि रहे र नेतृत्वलाई सहयोग गरिरहे ।
यस कार्यकालमा एनआरएनएले गरेका मुख्य उपलब्धिमा हामीले लामों समयदेखि उठाउदै आएको सामाजिक सुरक्षा कोषलाई नेपाल सरकारले गम्भीरतापूर्वक ल्याइ कार्यान्वयनमा लागेको छ भने गैर आवासीय नेपाली नागरिकताको लागि राजपत्रमा सूचना प्रकाशित भैसकेको छ । लगानी अभिवृद्धिका लागि एनआरएनएले पुलको रूपमा काम गरेको छ । पर्यटन र नेपालको चिनारीलाई मुख्य कार्यका रूपमा राखेर काम गरेका छौ । श्रमिकको मुद्दालाई गहनताका साथ लिएर सिपसहितको श्रमिक हुनु पर्नेमा हामीले जोड़ दिदै आएका छौ । यी र यस्तै नियमित कार्य एनआरएनएले गरिरहेको यहाँ मार्फत सबै सबैमा जानकारी गराउन चाहन्छु ।
आईसिसि उपाध्यक्षमा उमेदवारी घोषणा गर्नु भएकोमा अग्रिम शुभकामना दिदै
तपाई अहिले पनि उपाध्यक्ष पदमा बहाल रहेको अवस्थामा फेरि सोहि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ ? यसको औचित्य पुष्टि गरिदिनु न ?

हो महत्वपूर्ण कुरा सोधनु भयो । मैले यस अघि पनी भनी भनिसके की यस कार्यकाल हामी सबैको लागि अलि फरक खालको कार्यकाल रह्यो । एकता सहमति र सहकार्यका निम्ति नै बढी समय खर्चिनु पर्ने बाध्यता रह्यो । त्यसैले मैले सोचका योजना र बनाएका कार्यक्रम यस कार्यकालमा कार्यान्वयन गर्न सम्भव रहेन । अब आउने कार्यकालमा मेरो जीवनको १८ वर्ष यस सम्मानित संस्थामा समर्पित गर्दै एनआरएनएको एक हिस्सा भएकोमा मलाई गर्व छ।
“इमान्दारिता,आर्थिक पारदर्शिता र पदीय जिम्मेवारिता , सक्षम,सबल र साझा एनआरएनए बनाउने मेरो प्रतिवद्दता” ,संस्थागत विकास, युवा सहभागिता सक्षम गौरवशाली र सबैको अपनत्व भएको एनआरएनए बनाउने बनाउने मेरो चाहना छ र त्यसैमा मेरो प्रतिबद्धता समेत यस अवसरमा व्यक्त गर्दछु ।
नेपालमा लगानी अभिवृद्धि, श्रमिकहरूको हक़ हित, सुरक्षित वैदेशिक रोज़गारी र एनआरएनएको सस्थागत विकासमा मेरो भूमिकालाई अझ प्रयोग गर्नका लागि मेरो उम्मेदवारी हो ।

एनआरएनए आइसीसीको चुनावी माहोललाई केलाउदा र उम्मेदवारी घोषणाको अवस्था हेर्दा अध्यक्षमा धेरै उम्मेदवारी घोषणा भैरहेको देखिन्छ । तपाईको सन्दर्भमा कसको टिममा रहेर आगामी कार्यकालको लागि उपाध्यक्षमा आउने तयारी गर्नु भएको छ की फ़रक ढंगले उपाध्यक्षको तयारीमा लाग्नु भएको छ ?
एनआरएनएको निर्वाचन नजिकिदै गर्दा यसप्रति चासो देखाएर विश्वास गरेर निर्वाचनमा होमिनु आँफैमा सकारात्मक कुरा हो । यसले संस्थाप्रति अपनत्वको भावना विकास गराएर सस्थालाई सुदृढ़ गर्न मदत नै पुर्याउछ ।
कुरा रह्यो देखिएका उम्मेदवार मध्य तपाई कसको टिममा जानु हुन्छ भन्ने बारेमा । त्यो त स्वाभाविक रूपमा नै हुन्छ कि जसको नेतृत्वले आम श्रमिकको पक्षमा काम गर्न सक्छ, एनआरएनएलाई जसले जरोदेखि बुझेर क्रमिक रूपमा नेतृत्वको दाबी गरेको छ, काल्पनिक योजना र कार्यक्रम भ्रम पार्नलाइ होइन की यथार्थ ग्रासरूट बुझेर गैर आवासीय नेपालीको भावनालाई संबोधन गर्ने गरि ल्याइ क्यालेंन्दर सहितको कार्ययोजना प्रस्तुत गर्नसक्छ र व्यावहारिक रूपमा नै कार्यान्वयन हुने योजना प्रस्तुत गर्छ उहाको टिममा रहेर म जानेछु । समग्रमा म यो टिम उ टिम भन्दापनि एनआरएनएको साखलाई उचाइमा पुर्याउने सम्पूर्ण साथीको टिममा रहने छु ।
सबै उम्मेदवारले आफनो र आफ्नो टिमको माहोल धेरै राम्रो छ भन्दछन्। तपाई र तपाईको टिमको माहोल ख़ासमा कस्तो छ वा कस्तो पाइरहनु भएको छ ?
हामी बिश्वका विभिन्न देशमा जादा पाएको विश्वास नै हाम्रो मुख्य आधार हो । विश्वभरका एनएसीसीसंग र डेलिगेट्ससंग निरन्तर सम्पर्क र छलफलमा रहेकोले उहाले गर्नु भएको विश्वास र प्रदान गर्नु भएको ढाड़स नै मेरो जित्ने आधार हो । म कुरामा भन्दा काममा विश्वास गरि त्यही कुरा विगत देखी नै एनआरएनएको अभियन्ताले देखीरहेकों मैले जित्ने जित्नेमा निश्चित नै छु ।

तपाई बिजयी हुनु भएपछि के छन् त तपाईका योजना र एजेण्डाहरू संक्षेपमा बताईदिनुस न ?
मैले अघि पनि भने की मेरो योजना भनेका गैर आवासीय नेपालीका दुख सुखमा संगसंगै हुने नै हुन । त्यसका लागी मातृभूमि प्रतिमा अगाध मायालाई शिरमा राखेर नेपालमा लगानी वृद्धि, सम्पत्ति सुरक्षा, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी तथा गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनमा आवश्यक नेतृत्वदायी भूमिका निर्वाह गर्ने छौ । एनआरएनएको गुमेको प्रतिष्ठालाई पुर्स्थापित गराउने छौ । प्रवासमा सिकेको ज्ञान, सिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा नेपालको आर्थिक सम्बृद्धिका लागि प्रयोग गर्ने योजना र कार्यक्रम कार्यान्वयनको लागि काम गर्ने छौ । वैदेशिक रोजगारमा आएका नेपाली श्रमिकका समस्याहरू नीतिगत रूपमा सम्बोधन गर्न विषेश रूपमा लाग्ने छौ ।

फ़रक प्रसंगमा एनआरएनए त धनि मनिको मात्र संस्था हो उत्तर- विकसित देशका एनआरएनए अभियन्ताले मात्र यसको नेतृत्व गर्न सक्छन भन्ने भाष्य सृजना गरेको पाईन्छ, यस बारे तपाईको धारणा के हो ?
त्यो कुरा सत्य होइन । एकाधलाई हेरेर समग्रताको बिश्लेषण गर्नु उपयुक्त हुँदैन । हामी र हाम्रो टिमलाई हेरेर त्यो असत्य हो भन्ने आम जनमानसमा पुर्याउन चाहन्छौ । हामी श्रमिकसंग एकाकार भएर आईरहेका छौ । श्रमिकका हक़ हितमा नीति तर्जुमामा लागि रहेका छौ । र यसलाई निरन्तरता दिदै दिदैजाने छौ । यति भनिरहदा हामी कसैलाई बायोस गरेर जाने भन्ने होइन सवैलाई समेटेर सबैका भावनाको कदर गर्दै समावेशी र समानुपातिक पद्दतिलाई अंगीकार गरेर काम गर्ने छौ र सुखको पनि एनआरएनए दुखमा पनि एनआरएनए बनाएर जानेछौ ।

एनआरएनएले काम भन्दा कुरा धेरै गर्छन भन्छन नि ?
त्यो सत्य होईन । त्यसको जवाफ विगतदेखी हामीले गरेका कार्यले दिई रहेकोले अरु धेरै केही भन्न चाहिन । एनआरएनएको मुख्य भूमिका भनेको नै पैरवी गर्ने हो भन्ने कुरालाई सबैले बुझ्न आवश्यक छ ।
तपाई जापानमा रहेर आफ़नो व्यावसायलाई सफल रूपमा अघि बढाइ रहनु भएको छ तर त्यहा रहेका गैर आवासीय नेपालीले तपाईबाट खास के पाए भन्ने जस्तो तपाईलाई लाग्छ ?
उत्तर – हो मेरो कर्म थलो जापान हो यहाँ मेरो रेष्टुरेण्ट लगायतको व्यावसाय छ । यस मार्फत मैले कैयु नेपालीलाई रोज़गार प्रदान गरेको छु ।उनीहरूलाई परेको हरेक अप्ठ्यारोमा सँगै हुने गरेको छु । जस्तै भाषा, रोज़गार, भिषा जस्ता समस्या परेमा म उहाहरूसङै छु त्यसैले जापानमा रहेर यहाँका साथै विश्व भरका नेपालीको दुखमा सँगै हुँदै आइरहेको छु ।

तपाईले पनि धेरै नेपाली लाई जापानमा रोजगारी दिनु भएको बताईन्छ , बिदेशमा रहेका नेपाली श्रमिकको हकहितको निम्ती के गर्नु भएको छ र अब के गर्छु भनेर आश्वस्त पार्न चाहनुहुन्छ ?
मैले माथि पनि भनिसकेको छु । विशेषतः आगामी कार्यकालमा वैदेशिक रोजगारमा आएका नेपाली श्रमिकका समस्याहरू नीतिगत रूपमा सम्बोधन गर्न सरोकारवाला पक्षसंग समन्वय गरि ठोस निष्कर्ष निकाल्न मेरो प्रयत्न हुनेछ ।

वैदेशिक रोजगारीमा जानुपूर्व नै श्रमिकलाई सीपयुक्त बनाउने अभियानलाई कार्यान्वयन गर्ने र अन्तर्राष्ट्रिय श्रम बजारमा दक्ष नेपाली कामदार उत्पादन र श्रम बिक्रीका लागि पहल गर्न आफूले जोड दिने र सोहि खालका कार्यक्रम बनाएर कार्यान्वयन गर्नेमा मेरो भूमिका हुनेछ ।

अन्त्यमा विश्वभर रहेका समग्र गैर आवासीय नेपाली र विशेषतः एनआरएनए महाधिवेशनका प्रतिनिधि( डेलिगेट्स) मतदाता लाई के भन्न चाहनु हुन्छ ?
यस अवसरका लागि तपाईलाई विषेश धन्यवाद । बिगतका अनुभव र भबिष्यका योजनाहरूलाई मुर्तरूप दिई संस्थालाई नेपाल र नेपालीको बृहत हितमा लगाई संघप्रति ब्यापक सहभागिता सहित समाज रूपान्तरणमा मैले उपाध्यक्षको भुमिकामा रहेर काम गर्न चाहनहेकोले अवश्य पनि मत दिएर म लगायत मेरो टिमलाई विजयी गराईदिनु हुन विषेश अपील गर्दछु ।
र अन्तमा नेपालबाट वैदेशिक रोज़गारीसंगै प्रवासमा दोस्रो पुस्ताको जनसंख्या पनि ह्वात्तै बढेकोले यो पुस्तालाई नेपालसंग जोड्नका निम्ति नेपाली मौलिक संस्कृति रीतिरिवाज परम्परालाई उत्सवका रूपमा मनाइने क्यालेन्डरसहितको कार्यक्रम बनाई कार्यान्वयन गर्न लागि पर्ने पनि मेरो मुख्य कार्यभार हुने छ ।
धन्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?