जापानमा बक्सर अबिरललाई फेरि अर्को सफलता , हिट- ५३ किक बक्सिङ्ग प्रतियोगितामा लगातार चौंथो पटक विजयी

-


     जनहित न्युज    
     वैशाख १७ गते २०८१


कविकिरण न्यौपाने / नागोया, जापानमा बक्सर अबिरललाई फेरि अर्को सफलता प्राप्त भएको छ। शनिवार जापानको नागोया शहरमा भएको हिट ५३ किक बक्सिङ्ग प्रतियोगितामा अबिरल बिजयी भएका हुन् । जापानको नागोया शहरमा परिवार संगै बस्दैं आएका अबिरलले थुप्प्रै अन्तराष्ट्रिय किक बक्सिङ्ग बिजयी हुँदै नेपाल र नेपालीकै पहिचान बनाई रहेका छन्।हिमालयन चितुवाको नामले पनि चिनिने उनि थाइल्याण्डको फुकेट शहरमा मार्च ३० सम्म बिषेश प्रशिक्षण लिएका थिए।खेल झनैं प्रतिस्प्रद्धात्मक हुने हुदाँ अबिरलको मनोवल बढाउन अनि नयाँ सिक्न आफ्नै खर्चबाट थाईल्याण्ड पठाएको अबिरलका बुवा एवं प्रशिक्षक देब घिमिरेले बताए।

अबिरलले खेलको माध्यमबाट बिदेशी भूमिमा पनि नेपाल र नेपाली चिनाई रहेकोमा आफुहरुलाई पनि खुःशी लागेको बताउँदै आ-आफ्नो क्षेत्रबाट अबिरललाई हौसला प्रदान गरिदिनु हुन उनले सबैमा अनुरोध गरेका छन्। जापानमा यति धेरै नेपालीहरु छन्। उनिहरु समाजसेवा भन्दैं खादा र मालामा मात्र दैडिरहन्छन , खेलको माध्यम द्वारा नेपाल र नेपाली चिनाउन यस खालका प्रतियोगिताहरुमा हौसला प्रदान गर्न आउन नेपाली समुदायले कन्जुस्याई गरेको घिमिरे बताउँछन्।

जापानको नागोया शहर स्थित कंग्रेस हलमा अबिरल र जापानको ओसाकाका हिरायामा बिच अप्रिल २७ सनिबार खेल निकै प्रतिस्प्रद्धात्मक थियो । अब भने अबिरलले के बानको अन्तर्राष्ट्रिय खेलको तयारीमा लाग्ने छन्। आफ्नो कडा मिहेनत अनि सबैको आर्शिवादले आफु बिजयी भएको अबिरलले बताए। उनले हिट ५३ को उपाधि रक्षा गर्दै प्रतियोगितामा लगातार चौथो पटक उपाधी जितेर नयाँ किर्तिर्बान समेत बनाएका छन्।

अबिरलले हालसम्म जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्ड लगायत देशका बक्सरलाई पराजित गरिसकेका छन् । उनी अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा नेपालको पहिचान बनाउन सफल खेलाडी हुन्।अबिरलले नियमित रूपमा भने सिमुरा डोजोमा प्रशिक्षण लिँदै आएका छन् ।आफ्नो आमाबुबा सँग जापानको नागोया सहरमा बस्दै आएका अबिरललाई उनको मनपर्ने खेल बक्सिङमा अहिलेसम्म अधिकांश सफलता हात परिरहेको छ। उनका बुबा देब घिमिरे किक बक्सिङ्गका पूर्व राष्ट्रिय खेलाडी एवं अहिले अबिरलका प्रशिक्षक समेत हुन्। जापानमा रहेर किक बक्सिङको व्यवसायिक खेल खेल्दै आएका बक्सर घिमिरेले बक्सिङ्ग हिट प्रतियोगिताका १४ खेल जितिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?