वैदेशिक रोजगारमा गएर ज्यान गुमाएका र अङ्गभङ्ग भएकाको छोराछोरीलाई छात्रवृत्तिका लागि आवेदन खुला

-


     जनहित न्युज    
     श्रावण ९ गते २०७९


श्रम स्वीकृति लिइ वैदेशिक रोजगारमा गइ करार अवधिभित्र मृत्यु भएका, पूर्ण रुपमा असक्त वा गम्भीर बिरामी भएका कामदारका बालबालिकालाई  शैक्षिक सत्र २०७९ का लागि वैदेशिक रोजगार छात्रवृत्ति आवेदन खुला गरिएको छ। 

वैदेशिक रोजगार बोर्डको सचिवालयले सूचना जारी गर्दै बालबालिका अध्ययनरत शैक्षिक संस्थामा वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७१ को अनुसूची (१) बमोजिम ढाँचामा २०७९ साल असोज मसान्तभित्र निवेदन दिन उल्लेख गरेको छ। 

श्रम स्वीकृति लिइ वैदेशिक रोजगारमा गइ मृत्यु, अङ्गभङ्ग वा बिरामी भइ वैदेशिक रोजगार बोर्डमा शतप्रतिशत आर्थिक सहायता लिएका कामदारका छोराछोरी हुनुपर्ने सूचनामा उल्लेख गरेको छ। सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालय स्तर (पूर्वप्राथमिक कक्षा वा नर्सरी वा सो सरहदेखि कक्षा १२ सम्म)का १८ वर्ष मुनिका बालबालिकाहरूले मात्र निवेदन दिन पाउने उल्लेख गरिएको छ। 

त्यस्तै, वार्षिक रुपमा आधारभूत तहका लागि ८ हजार र माध्यमिक तहका लागि १२ हजार प्रदान गर्ने सूचनामा उल्लेख गरिएको छ। १ जना विद्यार्थीलाई एउटा कक्षामा १ पटकका लागि मात्र वार्षिक रूपमा एकमुस्ट वैदेशिक रोजगार छात्रवृत्ति उपलब्ध गराउने पनि बोर्डले उल्लेख गरेको छ।

Baideshik_Rojgaar_Schlorship1658751813.jpg
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?