मृगौला पिडित कमला खत्रीलाई घुम्टे युवा परिवार जापानको सहयोग

-


     दिनेश थापा    
     वैशाख २२ गते २०८१


दुवै मृगौलामाँ समस्या आइ आर्थिक अभावले थप उपचारमा समस्यामा परेकी गलकोट नगरपालिका वार्ड नम्बर ७ कि कमला खत्रीलाई घुम्टे युवा परिवार जापानद्वारा संकलित रकम १ लाख ६८ हजार २२४ रुपैया रक़म उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको छ ।

लामों समयसम्म अस्पतालमा भर्ना भै उपचार गराउदा आर्थिक अभाव भै घुम्टे युवा परिवारलाई पिडित परिवारले आग्रह गरेपछि संचालित आर्थिक संकलन अभियानबाट संकलित रकम पिडित खत्रीलाई आगाँखेत निजको निवासमा पुगेर गलकोट नगरपालिका–७ का वडा सदस्य, घुम्टे युवा परिवार मल्मका अध्यक्ष जीवन साहानी, समाजसेवी व्यक्तित्व बाबुराम केसी, टेकनाथ गौतम लगायतले संयुक्त रुपमा हस्तान्तरण गरिएको सचिव प्रकाश केसी जानकारी दिए ।

बिरामी खत्रीका श्रीमानको १ वर्ष अगाडी मृत्यु भएको र परिवारमा आम्दानीको स्रोत समेत नभएको अवस्थाको मध्यनजर गरि मानवीय सेवाका हिसाबले वडा सरकारसगको समन्वयमा संस्थाको तर्फबाट सो आर्थिक सहयोग गरिएको र संस्थाले विशेष परिस्थिति, आपत्तबिपत, दैवि प्रकोप जस्ता समयमा चलाएको अभियानमा स्वैच्छाले जोडिएर सहयोग गर्ने सहयोग दातालाई प्रार्थना गर्ने ओठहरु भन्दा सहयोग गर्ने हातहरु महान् हुन्छन् भन्दै अध्यक्ष नारायण थापाले धन्यवाद प्रकट गरे।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै घुम्टे युवा परिवार मल्मका अध्यक्ष जीवन साहानीले घुम्टे युवा परिवार स्थापनाकाल देखि नै सामाजिक क्षेत्रमा कृयाशिल रहँदै जापानमा समेत संस्था स्थापना गरेर उदाहरणिय काम गर्न पाऊँदा खुसी व्यक्त गर्नुभएको छ ।

विदेशमा रहेर पनि आफनो कमाईको केहि रकम समाजमा परोपकारी काममा सहयोग गरेर अतुलनिय योगदान पुराउनु भएकोमा कोषाध्यक्ष प्रकाश थापाले धन्यवाद प्रकट गर्दै यस आर्थिक संकलन अभियानमा ४४ जना सहयोगी मन जोडिएको समेत थापाले बताए।

सहयोग रकम ग्रहण गर्दै खत्रीले बिरामी पर्दा समाजका दाजुभाइ दिदीबहिनी छोराछोरी सबैको साथले अब स्वास्थ्य भएर बाँकी जीवन बाच्ने हौसला मिलेको बताउदै सम्पुर्ण सहयोगी र घुम्टे युवा परिवार जापानलाई धन्यवाद प्रकट गरिन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?