नवौ सिल्भर रनिङ कपको च्याम्पियन गलकोट स्पोर्ट्स क्लव टोकियो बन्यो

-


     दिनेश थापा    
     वैशाख ११ गते २०८१


गल्कोट स्पोर्ट्स क्लव टोकियोद्वारा आयोजित नवौ सिल्भर रनिङ कपको च्याम्पियन गलकोट स्पोर्ट्स क्लव टोकियो नै बनेको छ।

सिन्जुकु स्पोर्ट्स सेण्टरमा सोमबार सम्पन्न भएको गलकोट स्पोर्ट्स क्लव टोकियो द्वारा आयोजित नवौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा सहभागि जनाएका १० टिमलाई पछि पार्दै फाईनल पुगेको गलकोट समाज जापानलाई २-० को सोझो सेटमा पराजित गर्दै गल्कोट स्पोर्टस क्लव टोकियो च्याम्पियन बन्न सफल भएको खेल संयोजक कुशल भण्डारीले बताए।

विजेता बन्न सफल भएको गल्कोट स्पोर्ट्स क्लव टोकियोले नगद ३ लाख ३३ हजार ३३३ येन, रनिङ कप, मेडल, ट्रफी र प्रमाणपत्र हात पार्दा उपबिजेता बनेको गलकोट समाज जापानले २ लाख २२ हजार २२२ येन नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको आर्थिक संयोजक गोम बुढाथोकीले जानकारी दिए।

यसै गरि प्रतियोगितामा घुम्टे युवा परिवार जापान र NYSC जापानले सान्त्वना स्थान प्राप्त गर्दै समान नगद जनहि ५५, हजार ५५५ येन प्राप्त गरेका छन् घुम्टे युवा परिवार जापानलाई गलकोट समाज जापानले पछि पार्दै र NYSC जापानलाई गल्कोट स्पोर्ट्स क्लव टोकियोले पछि पार्दै विजेता र उपविजेता टिम अगाडिको यात्रा तय गरेका थिए।

प्रतियोगितामा खेलाडीको हौसला स्वरुप उत्कृट ७ विधामा विजेता र उपविजेता टिमबाट विधागत पुरस्कार समेत राखिएको थियो जसमा सर्वोत्कृष्ट खेलाडी – घनश्याम चौधरी (गल्कोट स्पोर्ट्स क्लब) वेस्ट स्पाइकर – राजेश कुँवर (गल्कोट समाज जापान)वेस्ट सेटर – महेन्द्र सहानी (गल्कोट स्पोर्ट्स क्लब) वेस्ट सर्भर – पाण्डव खत्री (गल्कोट स्पोर्ट्स क्लब) वेस्ट ब्लकर – सन्दीप क्षेत्री (गल्कोट समाज जापान), वेस्ट लिवेरो – सन्जीव थापा (गल्कोट समाज जापान)
वेस्ट प्रशिक्षक – अम्मर भण्डारी (गल्कोट स्पोर्ट्स क्लब)ले उपाधि चुम्न सफल रहेको मुख्य रेफ्रीको भुमिकामा रहेका अमर पुनले बताए।

प्रत्येक खेलमा उत्कृष्ट खेल प्रस्तुत गर्ने खेलाडीलाई म्यान उफ़ द म्याचको उपाधि प्रदान गरिएको थियो।

नेपाली नया वर्ष २०८१ तथा संस्थाको नवौ वार्षिकोत्सवको सुखद अवसरमा आयोजित यस नवौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा कार्यक्रमको भव्य सफलता र शुभेच्छा सहित आर्थिक सहयोग गर्ने सहयोग दाता र खेल अवधि भरि खेल संचालन गर्नका सहयोग गर्ने प्रवाधिकलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।

जन्मभुमि र कर्मभूमिमा रहेर सामाजिक र खेलकुद क्षेत्रमा विशेष योगदान पुराएकोमा संस्थाले निरन्तर गर्दै आईरहेको विशेष सम्मान कार्यक्रममा यसपटक पुर्व भलिवल खेलाडी कृष्ण थापा, सांगीतिक प्रस्तुतिका लागि जापान भ्रमणमा रहेका लोकगायक, संगितकार बसन्त थापा र गलकोट समाज जापान संस्थापक मोहन खत्रीलाइ दोसल्ला ओडाएर साथै सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । साथमा गायीका समिक्षा अधिकारी र तारा थापालाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रमको सफलताको लागि आर्थिक सहयोग गर्दै MAIN SPONSOR को भुमिका निर्वाह गरेको गलकोट समाज जापान, HOSPITALITY PARTNER मा नाङ्लो घर सिनओकुबो, EDUCATION PARTNER मा SUSUMU INTERNATIONAL LUNGAGE TRAINING CENTER साथै TRAVEL PARTNER को भुमिका निर्वाह गरेको SUMEGH TOURS AND TRAVELS लाई समेत विशेष सम्मान गरिएको महासचिव दिनेश थापाले बताए।

जापानमा रहेका नेपाली खेलाडीलाई क्रियाशील बनाई राख्न र खेलकुदको विकासमा योगदान गर्ने उदेश्यले “राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल” भन्ने मुख्य श्लोगन सहित सन् २०१५ मा स्थापना भएको यस संस्थाले नेपाली नया वर्ष २०८१ तथा संस्थाको नवौ वार्षिकोत्सवको अवसरमा नवौ रनिङ कपको आयोजना पाउदा खुसी व्यक्त गर्दै नेपालको राष्ट्रिय खेलको रुपमा रहेको भलिबल खेलले लोकप्रियता नेपालमा दिन प्रतिदिन बढ्दो क्रममा रहेको र जापानमा पनि यसको उचाईलाई थप माथि लैजान प्रतियोगिता आयोजना गरिएको अध्यक्ष दुर्गा बहादुर खत्रीले बताए।
प्रतियोगितामा उद्घघाटन खेल प्रमुख अतिथि गलकोट समाज जापानका अध्यक्ष श्री कालीका थापा र समाजका सस्थापक अध्यक्ष खत्रीद्वारा संयुक्त रुपमा बललाई रेफ्रीलाई हस्तांतरण गरि सुरुवात गरिएको थियो भने फाईनल खेलमा भने खेलाडीको परिचयसगै सम्पूर्ण विशिष्ठ अतिथिबाट अग्रिम बधाई तथा शुभकामना प्रदान गर्नुका साथै प्रमुख अतिथि सस्थाका संरक्षक र अध्यक्षबाट संयुक्त रुपमा भलिबललाई मुख्य रेफ्री र सहायक रेफ्रीलाई हस्तान्तरण गरेर खेल संचालन गरिएको थियो।

प्रतियोगिताको औपचारिक कार्यक्रममा क्लवका अध्यक्ष दुर्गा बहादुर खत्रीको अध्यक्षता गलकोट समाज जापानका अध्यक्ष कालीका थापाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताको औपचारिक कार्यक्रमको सञ्चालन महासचिव दिनेश थापाको रहेको थियो भने स्वागत मन्तव्य सचिव नारायण थापाको रहेको कार्यक्रम संयोजक प्रकाश निउरेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?