बागलुङका दुई जना सांसदसहित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
नेपाली कांग्रेसका सांसद मणीभद्र कंडेललाई उद्योग पर्यटन, माओवादीका चन्द्रबहादुर बुढ़ालाई कृषि तथा सहकारी मन्त्रीमा मुख्यमन्त्री पोखरेलले नियुक्त गरि प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष सपथ गराएका छन ।
सपथ लिने अन्य मन्त्रीहरुमा माओवादी सांसद रामजी बराल आर्थिक मामिला तथा योजना माओवादीकै दीपक चर्तीमगर वन तथा वातावरण मन्त्री भएका छन् ।
कांग्रेस सांसद कास्कीका विन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री नियुक्त भएका छन् । स्याङ्जाका मेखलाल श्रेष्ठले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
नयाँ मन्त्रीको नियुक्तिसँगै गण्डकी प्रदेश सरकार ११ सदस्यीय भएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले २९ जेठमा मुख्यमन्त्रीको सपथ लिएका थिए । त्यसै दिन उनले अरु ४ जनालाई विना विभागीय मन्त्री बनाएका थिए । कांग्रेसबाट कुमार खड्का, जनता समाजवादीका हरिशरण आचार्य, माओवादीकी मधुमाया अधिकारी गुरुङ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) २९ जेठमै मन्त्री नियुक्त भएका थिए । पछि उनीहरुलाई मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
जसपाका आचार्य ऊर्जा तथा सिँचाइ मन्त्री छन् भने माओवादीकी अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भएकी छन् । स्वतन्त्र सांसद मनाङे युवा तथा खेलकुद मन्त्री छन् ।