राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने युवाहरु पुर्पक्षका लागि कारागार चलान

-


     जनहित न्युज    
     असार १६ गते २०७८


सुर्खेत — राउटे युवतीमाथि यौन दुर्व्यहार गर्ने तीन जना युवालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतले गुर्भाकोट नगरपालिकाका दोमन बहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलका अनुसार उनीहरुविरुद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो । गत जेठ २१ गते राति उनीहरुले १९ र २३ वर्षीया राउटे युवतीलाई यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि २३ गते प्रहरीले पक्राउ गरेको थियो ।

युवतीलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि तीनै जनालाई प्रहरीले प्रकाउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?