गलकोट स्पोर्ट्स क्लब जापानद्वारा खेलाडीको प्रोत्साहनका लागि जुत्ता हस्तान्तरण 

-


     जनहित न्युज    
     वैशाख १६ गते २०७९


गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले शुक्रबार एक कार्यक्रमका बिच खेलाडीहरुलाई जुत्ता हस्तान्तरण गरेको छ । 

कार्यक्रममा बोल्दै गलकोट नगर खेलकुद विकास समितिका संयोजक योगेश भण्डारीले गलकोटलाई भलिबल खेलको हवको रुपमा विकास गर्ने बताए । उनले गलकोटबाट उत्पादन भएका खेलाडीहरुले भलिबल खेल मार्फत गलकोटलाई देश विदेशमा समेत चिनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै खेलाडीहरुलाई प्रोत्साहन गर्ने विभिन्न संघ संस्थाहरुलाई धन्यवाद समेत व्यक्त गरेका थिए । भण्डारीले खेल क्षेत्रमा अनुशासनको विशेष महत्व हुने भन्दै सम्पुर्ण खेलाडीहरुलाई अनुशासनपूर्वक आफ्नो खेल प्रर्दशन गर्न आग्रह गरेका थिए । 

कार्यक्रममा गलकोट स्पोर्ट्स क्लव टोकियो जापानका पूर्व खेल संयोजक तथा सल्लाहकार अम्मर भण्डारीले क्लवबाट एन भि ए कपमा सहभागी सम्पुर्ण खेलाडीहरुलाई शुभकामना व्यक्त गर्दै खेलाडीहरुलाई सम्मान र पोत्साहन स्वरुप जुत्ता हस्तान्तरण गरिएको बताए ।

कार्यक्रममा गलकोट स्र्पोट्स क्लव टोकियोका पूर्व खेलाडीहरु विजय भण्डारी, सुमित खत्री, विजय बुढाथोकी, महेन्द्र साहानी, अम्मर भण्डारी, रत्नसिँह बस्नेत र  गलकोट समाज जापानले प्रायोजन गरेको १ लाख बराबरको खेलकुद सामाग्री तथा १० जोर जुत्ता गलकोट स्र्पोट्स क्लव टोकियोका पर्व खेल संयोजक तथा सल्लाहकार अम्मर भण्डारीले गलकोट भलिबल टिमका खेल संयोजक सुरेन्द्र केसी र टिम क्याप्टेन राजु बि.कलाई हस्तान्तरण गर्नुभएको थियो ।  

यहि वैशाख १८ गते देखि २४ गते सम्म एन भि ए कप काठमाडौमा हुने खेलमा गलकोटका भलिबल खेलाडीहरु टिम क्याप्टेन राजु बि.क, दिपक मल्ल, बिमल दर्जी, प्रकाश बि.क, मिन बहादुर बि.क, इन्द्र बि.क, कुस्मन थापा, सन्तोष बि.क, रोजन थापा, रिजन राना, चन्द्र बहादुर बि.क, टिम कोच सुरेन्द्र केसी र टिम म्यानेजर अम्मर भण्डारी गलकोट स्र्पोट्स क्लव टोकियो जापानबाट सहभागी हुने टिम कोच सुरेन्द्र केसीले जानकारी दिए ।  

कार्यक्रम गलकोट नगर खेलकुद विकास समितिका संयोजक योगेश भण्डारी अध्यक्षता तथा पत्रकार सरिता खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?