देशव्यापी कोरोनाभाइरस संक्रमणका संख्या बढ्दै गएपछि जापानले ४७ प्रान्तमध्य ३४ प्रान्तमा अर्ध आपतकाल विस्तार गर्दै

-


     जनहित न्युज    
     माघ ११ गते २०७८


देशव्यापी कोरोनाभाइरस संक्रमणका संख्या बढ्दै गइ रहेको अवस्थालाई मध्यनज़र गर्दै फैलावटलाई रोक्नको लागि सरकारले अन्य प्रान्तहरूमा अर्ध आपतकाल विस्तार गर्ने योजना गरिरहेको प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन ।
जापानले मंगलबार कोरोनाभाइरसको ओमिक्रोन संस्करणको द्रुत प्रसारलाई रोक्न थप १८ क्षेत्रहरू थपेर देशका ४७ प्रान्तहरू मध्ये ३४ मा कोभिड-१९ अर्ध-आपतकालीन अवस्था विस्तार गर्ने भएको छ।
देशका ४७ वटा प्रान्त मध्ये ३४ वटा प्रान्तहरूमा अर्ध आपतकाल विस्तार गर्ने योजनालाई सरोकारवाला निकायसँगको आवश्यक परामर्शपछि औपचारिक रूपमा घोषणा गर्न लागिएको प्रधानमन्त्री किशिदाको भनाइलाई उदृत गर्दै सरकारी अधिकारीहरूले बताएका छन ।
बिहीबार देखि फेब्रुअरी २० तारिकसम्म जारी रहने गरि स्वास्थ्य सेवा प्रणालीलाई प्रभावकारी बनाउन, स्वास्थ्य सेवामा जनशक्तिको अभाव कम गर्न र मुख्य संक्रमण फैलावटलाई रोकथाम गर्ने उद्देश्यले अर्ध-आपतकालिन विस्तार गर्न लागिएको बताईएको छ ।
पश्चिमी जापानको कान्साई क्षेत्रका ओसाका, क्योटो र ह्योगो लगायत १८ प्रान्तका गभर्नरहरूले रेस्टुरेन्ट र बारहरूलाई उनीहरूको व्यावसायिक समयावधि छोटो पार्न र रक्सीको सेवा बन्द गर्न अनुरोध गरि संक्रमण फैलावटमा कमी ल्याउन सक्षम हुने विश्वास लिइएको छ।

ओकिनावा, यामागुची र हिरोशिमा प्रान्तहरूमा जनवरी ९ देखि लागू भएको अर्ध-आपतकालीन अवस्थालाई जनवरी ३१ देखि फेब्रुअरी २० सम्म विस्तार गर्ने बारे प्रधानमन्त्री किशिदाले केहि दिनपछि अन्तिम निर्णय गर्ने अपेक्षा समेत गरिएको छ ।
जापानले हालैका हप्ताहरूमा कोभिड-१९ को उच्च ट्रान्समिसिबल ओमिक्रोन भेरियन्ट द्रुत गति फैलिएको तथ्यांकहरूले देखाएको छ ।
टोकियोसहित टोकियो, साइतामा, चिबा, कानागावा, गुन्मा, निगाता, आइची, गिफु, मिए, कागावा, नागासाकी, कुमामोटो र मियाजाकी प्रान्तहरू गत हप्ता अर्ध-आपतकालमा लगाईएको थियो।
विस्तार गर्न लागिएका १८ प्रान्तहरूमा होक्काईदो, आओमोरी, यामागाता, फुकुशिमा, इबाराकी, तोचिगी, इशिकावा, नागानो, शिजुओका, शिमाने, ओकायामा, शागा, ओइता, कगोशिमा र फुकुओका रहेका छन ।
मदिरापान तथा पार्टीजस्ता सामाजिक जमघटका कारण संक्रमणको जोखिम बढेको स्वास्थ्य विज्ञहरू बताउँछन्।किशिदाले मानिसको आवतजावतमा सिमितता सँगै खाना खानेको सङ्ख्यालाई कम गरेर कोरोना भाइरसविरुद्धको कदमको रूपमा आवश्यक हुनसक्ने बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?