गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान विवाद: बढ्यो अध्यक्ष मण्डल र निर्वाचन समितिका बिचमा तिक्तता

-


     जनहित न्युज    
     श्रावण २२ गते २०७८


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आगामी कार्यकाल २०२१–२०२३ का लागि जुलाई ३० मा सम्पन्न निर्वाचनलाई लिएर अध्यक्ष मण्डल र निर्वाचन समितिका बिचमा तिक्तता बढेको छ ।
निर्वाचन समितिले बिहिबार सूचना जारी गर्दै अध्यक्ष मण्डलको औचित्य नभएकोले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहणका लागि तयारी गर्न भनेको भोलिपल्ट अर्थात् आज अध्यक्ष मण्डलले एक विज्ञप्ति जारी गर्दै निर्वाचनका सन्दर्भमा उठेका विवादहरुको समाधानका लागि छानबिन समितिले द्रुतगतिमा काम गरि रहेकोले छानबिनलाई प्रभावित हुने गरि निर्वाचन समितिबाट अभिव्यक्ति आउनु गैर ज़िम्मेवारी र खेदजनक रहेको उल्लेख गरेको छ ।
निर्वाचन समितिले अध्यक्ष मण्डलको औचित्य सकिइसकेपछिको अवस्थामा निर्वाचन समितिले निर्वाचित घोषणा गरिइसकेका उम्मेदवार साथीहरूलाई शपथ लिन लगाउने निर्णय गरेको उल्लेख गरेकोमा अध्यक्ष मण्डलले निर्वाचन समितिको क्षेत्राधिकार निर्वाचन सम्पन्न गराउनु मात्र रहेकोले त्यसभन्दा बढ़ी कार्याधिकार नरहेको जिकिर गरिएको छ ।
निर्वाचन समितिले आगामी आइतबारका लागि सपथ ग्रहण कार्यक्रमको तयारी गरिरहेको छ भने अध्यक्ष मण्डलले संस्था अविच्छिन्न उत्तराधिकारीको मान्यतामा संचालन हुने हुनाले संस्था संचालनको आधारभूत मान्यता अनुरूप विघटित कार्यसमिति पश्चात नवनिर्वाचित कार्यसमितिलाई कार्यभार हस्तान्तरण नहुनजेलसम्मका लागि अन्तरिम कालको लागि विशेष व्यवस्था अनुसार अध्यक्ष मण्डलको गठन गरि कार्य सम्पादन गरि गरेको सदस्य सालिकराम भण्डारीले बताए ।उनले दीर्घकालीन असर पार्ने बाहेक दैनिक कार्यसंचालनको कार्य यहि मण्डलले गर्ने कुराको नजरअन्दाज़ गरि औचित्य माथि नै प्रश्न उठाइनु आपत्तिजनक छ सदस्य भण्डारीले भने निर्वाचन समिति निश्चित कार्य सम्पादन गर्ने गरि कार्यादेश अनुसार गठन गरि कार्यसमितिप्रति नै उत्तरदायी र जवाफदेही रहनु पर्नेमा आफ़नो मनोमानी ढंगले अभिव्यक्ति दिनु खेद जनक छ ।
एनआरएनए जापानको अध्यक्ष मण्डलले उठेका सवालको सम्बोधन गर्ने उदेश्यले अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी)सँग आवश्यक परामर्शमा गरी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानका संस्थापक अध्यक्ष प्रधानाङ्गको संयोजकत्वमा सुमन खड्का, सुकमान थिंङ, वेद काफ्ले र अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी)बाट एक विज्ञको सहभागी रहने गरी अध्ययन तथा छानबिन समिति गठन गरेको थियो । सो समितिले आफ़नो कार्य तदारूपताका साथ गरिरहेको जनाएको छ । साथै छनबिनको प्रतिवेदन सार्वजनिक नहुने समयसम्मका लागि एनसीसी जापानका कुनै गतिविधि नगर्न नगराउन आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?